तिहार नजिकिदै जादा भारतीय नाकाबाट नेपाल पट्का भित्रन शुरु ः तीन जना भारतीय नागरिकलाई पटकासहित धरान प्रहरीले प्रक्राउ ग¥यो ।

धरान, ८ कार्तिक ः नेपालीहरुको महान चाड दशै सकिएलगत्तै दोस्रो ठूलो चाड तिहारको चहलपहल बढेसंगै विस्फोटक पदार्थ भित्रिने क्रम शुरु भएको पाएको छ ।
विशेष गरी तिहारका समयमा बढी प्रयोग गरिने विस्फोटक पदार्थ भारतका विभिन्न नाकाबाट नेपाल भित्रिने गरेको हो । यसै क्रममा ठूलो परिणामको विभिन्न प्रकारका विस्फोटक पदार्थ सहित तीन जना भारतीयहरुलाई धरान प्रहरीले भारीमात्रामा प्रक्राउ गरेको हो ।
केरा बोकेर ल्याएको ट्रकका बीचमा लुकाएर धरान भित्र्याएको २१ बोरा विभिन्न प्रकारका विस्फोटक पदार्थ (पटका) सहित धरान १० धर्मपथ पुरानो एम्स कलेज अगाडिबाट तीन जना भारतीय नागरिक प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिसपी सुमन तिम्सिनाले जानकारी दिनुभयो ।


प्रक्राउ पर्नेमा भारत पूूर्णिया घर भएका हाल धरान १० धर्मपथमा रहेको कुमारी सुनुवारको घरमा डेरी गरी बस्ने बर्ष २५ का पाण्डव दास भनिने राजकुमार दाश, भारत अररियाका ३५ बर्षीय अरविन देव र भारत मदिपुरा घर भएका ३५ बर्षीय दिलिप दाशलाई आज विहीबार विहान साढे १० बजे प्रक्राउ गरिएको उहाले जानकारी दिनुभयो ।
५० केजीको बोरामा प्याक गरी खोर्साने बम, रकेट बम, झिरझिरे लगायतका २१ बोरा विस्फोटक पदार्थको १० लाख भन्दा बढी मूल्य पर्ने बताइएको छ । प्रक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिताको परिच्छेद ७ को दफा १३९ ३ को ग अनुरुप सामन्य विस्फोटक पदार्थ उत्पादन तथा कारोबार अन्तर्गत कारबाही गरिने डिसपी तिम्सिनाले बताउनुभयो ।
कानुनमा उत्पादन तथा ओसारपसारमा तीन बर्ष जेल र तीस हजार जरिवानासम्म गर्न सकिने प्रावधान रहेको छ । पटका भित्रिन थालेसंगै एक नं.. प्रहरी प्रदेशले पटका भित्रिन नदिन सुरक्षा संयन्त्र नै बनाएर भित्रिने नाकाहरुमा कडाइ गर्न थालिएको डिएसपी तिम्सिनाले बताउनुभयो ।
प्रहरीले विस्फोटक पदार्थ भित्र्याउने काममा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई थप अनुसन्धान गर्ने समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया