प्रदेश नं. १ का १४ जिल्लाका स्थानीय तह प्रमुखको नेतृत्व शक्ति (नायकत्व) सम्मेलन सम्पन्न

धराज आचार्य
विराटनगर÷प्रदेश नं. १ का १४ जिल्लाका स्थानीय सरकार प्रमुख, उपप्रमुखहरुको विराटनगरमा एकदिने नेतृत्व शक्ति (नायकत्व) सम्मेलन सम्पन्न भएको छ ।
युपिएस नेपाल (Universal Peace Federation Nepal ) र अन्तर्राष्ट्रिय शान्ति संसद (International Association of parliamentarians for peace ) को संयुक्त आयोजनामा प्रदेश नं. १ का ८८ वटा गाउँ पालिका, ४६ वटा नगरपालिका, दुइवटा उपमहानरपालिका र १ महानरपालिकासँगै केही संघ सस्थाका प्रतिनिधिहकरुको समेत सम्मेलनमा सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगर तथा महानगरपालिकाका मेयर तथा उपमेयर तथा सीमित संघ संस्थाका प्रतिनिधि सहभागी सम्मेलनको समुद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको थियो । नेतृत्व शक्ति विकासलाई प्राथमिकतामा राखेर गरिएको सम्मेलनको अर्को मुख्य उद्देश्य शान्ति, समृद्धि, विकास नै रहेको थियो । सम्मेलनलाई एसिया शान्ति शिक्षा निर्देशक डा. रोवर्ट एस. कट्टेल, कानुनविद टिकाराम शर्मा, अर्थविद् डा. चन्द्रमणि अधिकारी लगायतले सहभगीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया