विरामीका चापका कारण प्रतिष्ठान प्रसुति गृह अस्तव्यस्त

धरान÷ पछिल्लो समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चाप अत्याधिक बढेको छ । प्रतिष्ठानमा अहिले विरामीको चापका
कारण आकष्मिक कक्ष, प्रसुति कक्षमात्र हैन मेडिकल वार्ड, हाडजोर्नी विभाग लगायतका स्थानमा समेत वेड अभाव हुन थालेको छ ।
यसको प्रमुख कारण प्रतिष्ठानले सिट क्षमता र आवश्यक जनशक्ति नथप्दा यस्तो अवस्था आएको हो ।
यस्तै अवस्था धरानस्थित बीपी
कोइराला स्वास्थ्य विज्ञानको प्रस्तुति विभागमा समेत रहेको छ । बेड क्षमता कम भएकै कारण एउटै बेडमा दुईदेखि तीन जनासम्म राखेर उपचार गराउन बाध्य छन् चिकित्सिकहरु भने विरामीले हदै सम्मको हैरानी खेप्न बाध्य छन् । तर यसको समाधानमा प्रतिष्ठानमा कसैले ध्यान दिन सकेको छैन ।
प्रतिष्ठान अहिले भ्रष्टाचारको दलदलमा फसेको छ भने आन्तरिक द्वन्द्व पनि त्यतिकै छ । प्रतिष्ठानका पदाधिकारीहरु पनि गुट उपगुटमा विभाजन भएका छन् । एकले अर्कोलाई सहयोग नगरेको भन्दै प्रतिष्ठानका कर्मचारीमाथि आक्रमणको प्रयास र गाली गलौजको अवस्थासम्म हुने गरेको छ ।
यसैको कारण होे प्रसुती विभागमा प्रसुती गराउन आउने विरामीको चापले ठुलो समस्या सिर्जना भएको छ । रेफरल अस्पताल भएकोले पनि विरामीको चाप वढनु स्वभाविक हो तर पछिल्लो समय प्रसुती विभागमा विरामीको चाप अत्याधिक बढेकैले विरामीलाई बेड अभाव भएको छ । बेड अभावकै कारण एउटा वेडमा बेडमा दुई जनासम्म राखेर उपचार गराउने
गरेको मात्र हैन अत्याधिक चापका कारण भुईमा अनि करिडोरमा राखेर उपचार गर्न चिकित्सक बाध्य छन् । बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुती विभागको छुट्टै आकस्मिक कक्ष छ । प्रसुती विभागको आकस्मिक कक्षमा ७ वटा मात्रै बेड संख्या छ । यही बेडमा अहिले दुई दुई जना रखेर उपचार गर्नुपर्नै बाध्यता सृर्जना भएको छ ।
आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर जसरी पनि चिकित्सकले भुईमै राखेर पनि विरामीको उपचार भने गरिरहेका छन् । प्रतिष्ठानलाई यस विषयमा पटक पटक ध्यानाकर्षण गराउदा समेत वेवास्ता गरेको स्वयम् चिकित्सकहरुको भनाई छ । एसियाकै प्रतिष्ठित बीपीमा भएको अस्तव्यस्त बीपीकै लागि लाजमर्दो विषय रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रतिष्ठान सिनेट सदस्य एवम् प्रसुती विभाग प्रमुख प्राध्यापक डाक्टर मोहन चन्द्र रेग्मी बताउनुहुन्छ ।
उहाले जतिनै भीडभाड र
विरामी संख्या बढेको भए पनि भुईमै राखेर पनि आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गरेर उपचार
गरिरहेको उहाको भनाई छ ।
प्रतिष्ठानस्थित प्रसुती विभागको दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौविसै घण्टामा ६० देखि ८० जना प्रसुतीकालागि आइपुग्ने गरेका छन् । उनीहरुलाई व्यबस्थापन गर्न जहिले पनि हम्मे हम्मे पर्ने गरेको
छ ।
प्रतिष्ठानकै ओपिडी र बाहिर जिल्लाबाट रिफर भएर इमर्जेन्सी प्रसुती गराउनै पर्ने नया गर्भवतिहरुको संख्या दैनिक ७५ देखि ८० जना बढी हुने गरेको छ । यो अवस्थामा विरामीको चापलाई धान्नै मुस्किल भएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. पशुपति चौधरी बताउनुहुन्छ । उहाले २५ बर्षकोे अवधारणामा बनेको प्रसुति विभाग अहिले त्यो समयमा समय सान्दर्भिक भएपनि अहिले त्यसले नधान्ने उहाको भनाई छ ।
अत्याधिक चाप बढेपछि दुइ बर्षअघिदेखि चार सय बेडका अलग्गै मातृशीशु स्याहार केन्द्र (एमसिएच) भवन निर्माण प्रतिष्ठानले ०७३ असार २८ गते देखि सुरु गरेको थियो । तर केज कन्सल्ट्यान्ट रहेको शर्मा–रसुवा जेभी काठमाण्डुलाई ७२ करोडमा बनाउन दिएपनि सिनेटमा पास नगरी अघिल्ला उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले दुइ अर्व ४८ करोड रुपैयाको टेण्डर गरेको भनेर विवाद भएपछि भवन निर्माण कार्य एक बर्षदेखि रोकिएको छ ।
प्रसुती विभागमा भनेको बेलामा उपचार नपाउने समस्या त छदैछ, चिकित्सकको व्यवहार पनि रुखो हुने
गरेको खोटाङबाट प्रसुति विभागमा आफन्त लिएर उपचारका लागि आउनु भएका मिलन राई बताउनुहुन्छ ।
सरकारले अनिवार्य स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने भनीरहेको बेलामा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने विरामीको चापको कारण बेड अभावले गर्भवती महिलाहरुको उपचार राम्रो संग हुन सकेको विरामीको समेत भनाई छ ।
प्रतिष्ठानको प्रसुती विभागमा जम्मा १ सय ४७ बेड संख्या छ । यहा प्रसुती मात्रै हेरिदैन । महिला तथा स्त्री रोग पनि हेरिने र यही गाईनो वार्डमा राखेर उपचार गर्नुपर्ने भएकोले पनि यो विभागमा अलि बढी नै विरामीको चाप बढेको हो । अस्तव्यस्त भएकै कारण कतिपय प्रसुति गराउन आएका विरामीहरु वेड अभावका कारण अन्यत्रै लगिनेसमेत गरिएको छ । व्यवस्थित नभएकै कारण यहा चिकित्सक, विरामी र विरामीका आफन्तले अत्यन्तै कष्ट व्यहोर्नु परेको छ । यसतर्फ प्रतिष्ठान प्रशासनले यथाशिघ्र सोच्न जरुरी छ ।
त्र

 

तपाईको प्रतिक्रिया