कला र पर्यटनको फ्युजनको माध्यमबाट पर्यटन प्रबद्र्धन

धरान÷ पूर्वको पर्यटन प्रवद्र्धनका लागि सेछा टूाभलिङ्गले कलाकारलाई जमघट गराई कला कार्यशालाको आयोजना गरेको छ ।
३९ औ विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटनको क्षेत्रमा काम गर्दै आएको सेच्छा ट्राभलिङ्गले सुनसरी, मोरङ्ग र झापाका कालाकारहरुलाई समावेश गरेर प्रदेश नं. १ मा रहेका पर्यटकीय क्षेत्रको चित्र जस्तातस्तै उतारेका हुन् ।
धरान १ सेछा ट्राभलिङ्गकै कार्यालमा आयोजना गरिको कला कार्यशालामा धरानका प्रनोद दत्त, महेन्द्र राई, जीवन पौडेल, पथरी मोरङ्गका सरोज खत्री, बेलबारीका शिव हाङ्छा, गणेश लामा लगायतका कलाकारहरुले चित्र कोरेका थिए ।
कलाकारको सोचमा पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा चित्र केन्द्रित हुने कला कार्यशालामा सहभागी कलाकार महेन्द्र राईले बताउनुभयो ।
पर्यटनलाई व्यवसायिक गर्दै पर्यटन प्रवद्र्धन गर्नकै लागि कला र पर्यटनको फ्युजन गराई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेच्छाले कला कार्यशालाको आयोजना गरिएको सेछा टूाभलिङ्गकी अध्यक्ष एलिना मगरले बताउनुभयो ।
त्यसो त प्रदेश सरकारले समेत एक नं प्रदेशको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै बजेट छुट्याएको  छ । भाषणमा सीमित पर्यटनको विकास अब सबै पक्ष जुटेर साकार बनाउनुपर्ने प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले बताउनुभयो । प्रदेशको नीति तथा कार्यक्रमलाई साकार बनाउन स्थानीय सरकारको उत्तिकै हात रहने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताउनुभयो । उहाले अब स्थानीय स्तरमा भएका पर्यटकीय स्थलको चित्र बनाएर प्रचार प्रसार गर्न सके पर्यटन व्यवसाय फस्टाउने उहाले बताउनुभयो ।
प्रदेश नं. १ पर्यटकीय क्षेत्र उद्गम स्थल भएको पर्यटन व्यवसायीहरुले समेत बताएका थिए । विश्वकै सवोच्च शिखर सगरमाथादेखि सबै भन्दा होचो केचना यही प्रदेशमा पर्ने भएकोले पनि सबै क्षेत्रबाट पर्यटनको विकासमा लागे पर्यटन व्यवसाय यो क्षेत्रको दीगो आम्दानीको स्रोत हुने बताइएको  थियो ।

तपाईको प्रतिक्रिया