जन्ताका घरमा कम्युनिस्ट
उहिल्यै उहिल्यै कसैलाई चोटिलो ढंगले सराप्नु प¥यो भने तेरा घरमा काँग्रेस पसीजाओस् भन्थे । तर आज यो नारा परिवर्तन भा’छ । हिजो आज रिस उठेको मान्छेलाई सराप्नु पर्दा तेरा घरमा कम्युनिस्ट पनि जाओस् भन्न थालेका छन । हुन त समय अनुसार हरेक कुरामा परिवर्तन आउनै पर्छ । अहिले देशाँ ठूलै परिवर्तन आ’छ चुुरोट, गाँजाको धुप, कोदाको सुप पिएपछि बलात्कार, हत्या लुटपात, भ्रष्टाचारले राम्रैसँग झाँगिने मौका पाएको छ । यो सबै देन कम्युनिस्ट सरकारै त हो । यस्तो असुनौलो अवसर न हिजो थियो न भोलि रहला । तर कम्युनिस्टका एकजना सांसदलाई के सनक चल्या हो कुन्नि अब जन्ताको घरघरमा कम्युनिस्ट पसोस भनेर साराप्न थालिसके भनेर चिच्याएछन् । रामविर मानन्धर भन्ने ती सांसदलाई विचरा के थाहा अहिले केपी ओलीको राज स्वर्णकाल हो भनेर । चिताउनु मात्र पर्छ सबै कुरा पुग्छ । सुन तस्करीले छुट्न पाउँ भने लुतुलुतु छुटे, सिण्डिकेटवालाहरुले खप्रओलाई धुक्र्याए सबै कुरा फुक्का, काम नगर्ने ठेकेदाहरु त झन चितवनको धुवे्र हात्ती भैहाले कस्ले छुने ?
घरेलु मन्तरी र बलात्कार
घरेलु मन्तरी र देशभरि बढिरहेको बलात्कारको एक आपसमा गहिरै सम्बन्ध छ कि क्या हो ? दिनैपिच्छे बालिकाहरु बलात्कृत भइरहेका छन्, हत्या भइरहेको छ । हत्यारा, बलात्कारी अँठ्गाउनु पर्ने पुलिस उल्टै जोगाउन लाग्छ अनि दोषचाहिँ घरेलु मन्तरीलाई दिन्छन । अँठ्याएर कारबाही गर भनेर विचरा घरेलु मन्तरीले भन्या भन्यै छन् तर अँठ्याउने छाँटकाट नै गर्दैनन् । ठाम ठाममा जुलुस प्रदर्शन हुन्छ घरेलु मन्तरीको राजीनामा मागिन्छ । घरेलु मन्तरीले बलात्कारीलाई बलात्कार गर भनेर पठाएका त हैन होला । तर राजीनामा चाहिँ घरेलु मन्तरीकै मागिन्छ । अस्तिका दिन त घरेलु मन्तरीका कन्सिरीका रौँ ठाडाठाडा भएछन । उन्ले बलात्कारी र हत्याराका बारेमा प्वक्कै बोलिदिए । अनियन्त्रित मदिरा, अस्लिल साइटको प्रयोग, सामान्ति सोचका कारण बलात्कारी र हत्यारा बढ्या हुन् रे । हाम्रा घरेलु मन्तरी कम्ता ज्ञाता छैनन् ।
बाउदेउले ओली छोडे
पिँध बिनाको लोटाको उपमा पाएका बाउदेउले अन्तत ः उखनालाई चरितार्थ गरेर देखाइ द्या छन् । कथनीमा मात्र नभएर करनीमा समेत बाउदेउ अब्बल मानिन्छन् । अब हेरम यत्तिका दिनसम्म खप्रओको गुणगान, बयान गर्दै हिड्या गौतम बाजेलाई के सनक चल्यो कुन्नि अस्तिका दिन देखि चटक्कै साथ छोडिदिएछन् । अब खप्रओबाट केही झर्ला जस्तो नदेखेपछि छाड्या होलान नि † माकुन्याउले बोलाएको बैठकमा गएका गौतमले अब उप्रान्त मेरो नेता माकुन्याउ भनेर बोलेछन् । यो कुरा अम्रिकामा भएका खप्रओको काना पुगिहालेछ ।
विचरा यसो गोडा दशेक दिन विदेश नि डुलुम मुख पनि फेरुम भनेर गाथे टेन्सिनले पिरोलिए । आफ्नो सरकार ढाल्ने जस्तो छनक बुझेसी उतैबाट आफ्ना हनुमानहरुलाई माकुन्याउ र बाउदेउसँग डटेर समान गर्न निर्देशन दे छन् । विचारलाई गरिखान नदिने भए । आफ्नै वैरी भएसी के लाग्छ र ?
बाल्दै बोल्दिन
सधै हिन्दीमा भाषन गरेर चर्चामा आउने राजपाका नेता राजिन्दर महतोले भन्या म ज्यान गए नि नेपाली बोल्दिन । नेपाली बोल्न आउछ तर बोल्दिन । आफनो भाषा नेपाली नभएकोले नबोल्या रे । वाहा † यो देशका नेताहरुको बुद्धिचाहिँ मान्नैपर्छ । सांसद नेपालको बोलीचाहिँ हिन्दी । पहिला पहिला घण्टाघरलाई लाग्या यो राजिन्दरलाइ नेपाली पटक्कै आउँदैन होला । तर वातचाहिँ अर्कै रै’छ । तिन्ले त जानेर नि नबोल्या रै’छन् । आखिरी नेता न परे । नेपालाँ नेतालाई जे बोल्न नि जे गर्न नि छुटै छ क्यारे । किसो हौ ?
भित्र भाषन बाहिर नारा
नेपालमा विरोधीहरुले बसी खान दिएनन् । सधैँका नाराबाजी,राजीनामा माग । हैन हौ टेन्सिन पनि कति द्या होलान् । माने खपओलाई । राष्ट्र संघीय महासभामा भाग नि पत्नी सहित अम्रिमा पुग्या ओली वाको विरोधीहरुले त्यहाँ पनि छाड्ेनन् । भित्र रेडिमेट भाषन कनीकुथी गर्दै थे बाहिर चर्का नाराबाजी भैराथ्यो । काला झण्डा त कति हो कति । केपी ओली राजीनाम दे, निर्मलाका हत्यारालई कारबाही गर भनेर नाराबाजी गर्दा अम्रिकन खैरेहरुलाई रमाइलो लागेछ । पोज मिलाई मिलाई खैरेहरु फोटो खिच्न व्यस्त । आखिरी खप्रओ नेपालका पर्धानमन्तरी पो हुन त गाँठे । अर्काको देशमा आफना पर्धान मन्तरीको त्यसरी राजीनामा मागेर हुर्मत त लिनु हुन्थेन । फेरि ओलीले अम्रिकामा आफ्नो राजीनामा कस्लाई दिने ? रोनाल्ड ट्रम्पलाई ? कमसेकम नेपाल फर्किएर राजीनामा गर भन्या भे नि त हुन्थ्यो ।
महेन्द्रीय राष्ट्रवाद
नेप्लिज काँग्रेसका एकजना हावा न नावाका नेताले अस्तिका दिन के बोल्या होला ? ती नेता सठ्याएछन क्यारे । सत्तरी बर्र्षको हाराहारीमा पुगेका ती नेता सठ्याएरै त्यस्तो बोल्या होलान । जनकपुरतिरका आनन्द ढुंगाना नाम गरेका ती नेताले खपओको राष्ट्रवादलाइ महेन्द्रीय राष्ट्रवाद भन्दिएछन् । कहाँ महेन्द्रको राष्ट्रवाद, कहाँ खप्रओको राष्ट्रवाद, कहाँ राजा राम कहाँ गंगुतेली भनेझै । राजा महेन्द्र काम गरेर देखाउथे खप्रओ जस्तो हावाको गफ जोत्दैन थे । काम गर्ने र हावाको गफ जोत्ने लाई उस्तै उस्तै हो भन्न मिल्छ र के भाका आनन्द ढुंगाना हँ ? कस्लाइ कोसँग दाँज्नुपर्छ भन्ने बाह«खरी ज्ञानसम्म नभए नबोल्नु नि ।
ओलीका अरिंगाल
आफ्नो विरोध गर्नेहरुलाइ
अरिंगाल भएर डस्न आदेश दिने ओलीका रिंगालहरुको यतिबेला अत्तापत्तो केही छैन । भुंग्रामा परेर पँखेटा पिल्सिएछन् कि क्या हो ? कि ओलीसँगै अम्रिका पुगे ? पर्तिपक्षीहरुबाट मात्र नभएर सत्ता पक्षेत्राटै ओली बाको चर्को विरोध हुन थालेसी ओलीका अरिंगालले आफनो कमाल त देखिाउनु पर्ने थियो । तर कतै कसैलाई डसेका सुन्नमा आ’छैन । पक्कै पनि अरिंगालहरु शक्ति क्षिण भएको हुनुपर्छ । नत्र आफ्नो स्वामीले भन्या त मान्नु पर्ने हो ।
अन्तेमा
झिँगाको पछि लागे फोहोरको डुंगुरमा पुगिन्छ मौरीको पछि लागे मनमोहक फूलबारीमा पुगिन्छ भन्थे साँच्चै नै रै’छ । शान्ति सुरक्षेको जिम्मा लिएर बस्या प्रहरीहरु देखि अब आशा गर्नु बेकार भा’छ । विचरी निर्मलाका हत्यारालाई अँठ्याउन नसक्नेले फुइøयाँको शान्ति सुरक्षेको ठेक्का लिनु ? अब प्रहरीलाई दिएको शान्ति सुरक्षेको ठेक्का र पप्प्ु कस्ट्रकस्नलाई पुल बाटो बनाउन द्या ठेक्का दुवै क्यान्सिल गर्नुपर्छ । कामै नलाग्ने, कामै नगर्नेलाई तन्नेरी कोरलीलाई बुढो बहरले ओगटेर बसेझै बस्न दिनु त भएन नि । कि कसो हौ ?

