दुई बर्षदेखि बन्द रहेको एन्फा टेक्निकल सेन्टर सञ्चालन

धरान/विगत दुई बर्षदेखि बन्द रहेको गोल्ड प्रोजेक्ट अन्तर्गतको पूर्वाञ्चल एन्फा टेक्निकल सेन्टर पुन: सञ्चालनमा आएको छ ।
बन्द रहेको सेन्टर सञ्चालनका लागि एन्फाको केन्दं्रीय अध्यक्ष गणेश थापाले सन्तोष वानियाको अध्यक्षमतामा एक १६ सदस्यीय कमिटी गठन गरिदिनुभएको थियो । कमिटीले शनिवार एक पत्रकार सम्मेलन गरी आफ्नो आगामी कार्ययोजना सार्वजनिक गरेको छ ।
झण्डै ४ करोड रुपैयााको लागतमा निर्माण भएको सेन्टर दुई बर्षदेखि बन्द हुादा अण्डर १८ खेलाडी प्राय: रहादै आएको थियो । सेन्टरमा चारबर्षको अवधिमा दक्ष १८ जना खेलाडी उत्पादन हुने गर्छन् । सेन्टरलाई एन्फाको महत्वकांक्षी योजना अन्तर्गत लिइन्छ । पत्रकार सम्मेलनमा सेन्टरका सचिव तथा संयोजक तिलक राईले भन्नुभयो, जिल्ला स्तरीय छनौटको प्रक्रिया शुरु भइसकेको छ । संयोजक राईका अनुसार साउन १० र ११ गते प्रारम्भिक छनौटपछि अन्तिम चरणको छनौट साउनको दोस्रो साता हुने छ । छनौटमा परेका २५जना खेलाडीले चारबर्ष सम्म सेन्टरमा आवासीय सुविधा पाउने र १४ बर्ष मुनिका खेलाडीहरुमात्र छनौटमा पर्ने राईले प्रष्ट पार्नुभयो । चारवर्षको अवधिमा खेलाडीहरुलाई प्रशिक्षणका विविध तरिका सिकाइने छ भने प्रशिक्षित भएका खेलाडीहरले अण्डर १६ र अण्डर १७ मा खेल्नेछन् ।
यसैगरी समितिका सह संयोजक सुभाष राईले प्रशिक्षणमा सहभागी वा सेन्टरमा बसेका खेलाडीहरुलाई राष्ट्रिय खेलाडीका रुपमा प्रशिक्षित गराइने छ । उत्कृष्ट खेलाडीलाई थप सेवा सुविधा दिइने छ । उनका अनुसार सेन्टर पूरै व्यवस्थित रुपमा नयाा व्यावस्थापनमा चल्ने छ । प्रशिक्षक को को छन् त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने सहायक प्रशिक्षकमा भगवती राना मगर र सागर घिमिरे रहने छन् भने मुख्य प्रशिक्षकको भने चााडै नै टुागो लाग्ने छ । सम्भवत : धरानमा चिनिएका इन्दु
रसाइली पनि हुनसक्छन् । तर टुंगो भने लागि सकेको छैन । माथि कुरा हुादैछ । उनका अनुसार आवासीय सुविधासहित बस्ने खेलाडीलाई डिपो उच्च माविमा अध्ययन गराइनेछ । विगतमा पनि डिपोट उच्च माविमै खेलाडीहरुलाई आवासको व्यवस्था गराइएको थियो ।
यहाा स्मरणीय कुरा के छ भने विगत लामो समयदेखि सेन्टरको संयोजक रहेका किशोर राईले केन्द्रबाटै उनलाई हाटाइ केन्द्रीय अध्यक्ष थापाले १६ सदस्यीय समिति बनाएपछि त्यसको विरोध गर्दै आएका छन् । उनले त्यस सम्ब्न्धमा पत्रकार सम्मेलन नै गरेर नयाा कार्य समितिको आलोचना गर्दै आधिकारिक संयोजक आफू नै
रहेको दबाी गरेका थिए । यस सम्बन्धमा वर्तमान समितिका संयोजक तथा सचिव तिलक राईले केन्द्रले जसलाई पत्र दिन्छ त्यो नै आधिकारिक हो भन्दै कसैले विवाद गर्दैमा सेन्टर सञ्चालन गर्न अब अरुलाई दिन नसकिने प्रष्ट पारे । आफूलाई कसैले विवाद गर्छ भने त्यसप्रति सरोकार नभएको र त्यस्ताको पछि पनि नलाग्ने संयोजक राईले बताए । आफूहरु सौहाद्र्धपूर्ण वातावरणमा खेलाडी उत्पादन गर्ने पनि उनले प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया