धरान/धरानका दुई तेक्वान्दो खेलाडी लण्डनमा हुन लागेको दशौ अन्तर्राष्ट्रिय खुल्ला आमन्त्रण प्रतियोगितामा भाग लिन जाने भएका छन् ।
साउनको अन्तिम साता उहााहरु त्यतसर्फ जानु भएको हो । प्रतियोगितामा सहभागी हुन लाग्नु भएका खेलाडीमा ४८ केजी तौल समूहकी अमिता राई र ५८ केजी तौल समूहबाट अर्जुन सुनुवार हुनुहुन्छ । पूर्वाचलबाट राई र सुनुवारको प्रतियोगितामा सहभागिता जनाउादै हुनुहुन्छ भने देशभरिबाट ६ जनाले सहभागिता जनाउने बताइएको छ । धरानका अमिता राई र अर्जुन सुनुवार प्रथम लुम्बिनी तेक्वान्दो प्रतियोगिताबाट राष्ट्रिय स्तरमा छनौट भएका खेलाडी हुन् । उहााहरु दुवैलाई धरान तेक्वान्दो डोजाङ्गले शनिवार विदाई गरेको थियो । उहााहरुलाई राष्ट्रिय खेलकुद परिषद् सुनसरीका अध्यक्ष नरेन्द्र चोङवाङ, बक्सिङ्ग प्रशिक्षक अनुप लामा, सुनसरी जिल्ला वक्सिङ्ग संघका उपाध्यक्ष विकास गुभाजु, तेक्वान्दो प्रशिक्षक नविन मादेन, बक्सिङ्ग प्रशिक्षक दिपक राई र धरान तेकवान्दो डोजाङका अध्यक्ष गोपाल राईले विदाई गर्नुभएको थियो ।
