नेपाली जनताका जननायक विश्वेश्वर प्रसाद कोइरालाको बारेमा लेख्न सजिलो र सहज छैन । बीपी स्वयम् अनुसन्धानको विषयभित्र पर्ने व्यक्तित्व हुन् । एउटा अुसन्धानको घेराभित्र पर्ने व्यक्तित्वप्रति लेख लेख्न साह्रै गाह्रो हुन्छ । तर पनि उहााको जन्म शताब्दी यही श्रावण महिनाको ६ गते मंगलबार पर्ने भएकोले उहााको सम्झनामा केही सुमन श्रद्धाका साथ कलम चलाउने जमर्को गरेको मात्र हुा ।
बीपीले आफ्नो संघर्षमय जीवनकालभरि नेपाल र नेपाली जनताको लागि अदम्य शाहसको साथ राजनैतिक साहित्यिक गुण लगाउनु भएको छ । सधै नेपाली जनताको जीवनस्तर उकास्ने र विकासको पथलाई तिब्र गति दिन २०१६ सालको जन निर्वाचित सरकारको प्रमुख भएदेखि २०१७ साल पौष १ गते अगाडिसम्म नेपाल र गरीब नेपाली जनताको चाउरी परेको मुहारमा हाासो कसरी ल्याउन सकिन्छ भन्ने विषयतिर मात्र ध्यान केन्द्रित गरेको विभिन्न आलेखबाट जान्न र बुझ्न सकिन्छ । त्यस सम्बन्धमा नेपालका विद्वान लेखकहरुले वीपीका योगदानहरुको चर्चा गरिरहनु भएको छ । यो पछि पनि विभिन्न विद्वान र
राजनैतिक व्यत्तित्वहरुको र साहित्यिक कवि महाकवि, समालोचकहरुले लेखि नै रहने क्रम रहिहन्छ भन्ने मलाई लाग्दछ ।
बीपी मूलत : राष्ट्र, राष्ट्रियता, प्रजातान्त्रिक समाजवादका मेरुदण्डको रुपमा उभिएको एउटा राजनैतिक द्रव्य राजनेताको रुपमा हामीले लिन सकिन्छ । उहााले अवलम्बन गर्नुभएको आदर्श योगदानको विषयमा धेरैले धेरै लेखिसको तर त्यसको अक्षरस पालना स्वयम् नेपाली कााग्रेसका नेताहरुल गर्न सक्नु भएको छैन । २०४७ सालको जन आन्दोलन पछि बनेको नेपाली कााग्रेसको सरकार प्रमुख स्व. गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्नुभएको नेतृत्वले २०५१ सालसम्म नेपालको विकास र अन्य
राष्ट्रिय, अन्तर्राष्ट्रिय मामिलामा नेपाली जनताले आभाष गरेका थिए । तर २०५१ को मध्यवाधिको घोषणा स्व. गिरिजाप्रसाद कोइरालाबाट भएपछि त्यस पछिका
सरकारमा आउने नेपाली कााग्रेसका नेताहरुले बीपीले प्रतिपादन गर्नुभएको विचार, नीतिप्रति धज्जी उडाउने काम देखि बाहेक अरु केही भएन । बीपीका भाइ गिरिजाका पालादेखि नै वीपीको विचारको मूलोच्छेदन गर्न थालियो । र बीपीप्रति वर्षमा एकपल्ट वीपी जयन्तिका दिन ओठे भक्ति मात्र गरेर वीपीलाई सााघुरो दायरामा राख्न थालिएको छ । यसरी जसले नेपाली जनता र राष्ट्र, अन्तराष्ट्रमा नेपालप्रतिको धारणामा सारा संसारलाई नै सोच्न बाध्य पोर्न नेता भनौ या आस्थाका प्रतीक जननायक वीपी कोइरालाप्रति नेपाली कााग्रेसको नेतृत्वले सदैव होच्याउने र कुंठित पार्ने काम जवसम्म गर्छ तवसम्म नेपाली कााग्रेस वैचारिक पार्टीबाट वञ्चित भई हालसालै पार्टीमा देखिएका क्रियाकलापले कालान्तरमा नेपाली कााग्रेस विश्वेश्वरको पार्टी नभएर अराजक गतिविधिलाई अघि बढाउने मनसायका भीडले पार्टीलाई ताण्डवकारी पार्टीमा लैजादैनन् भन्न सकिन्न । त्यसलाई छेक्न भन्दा बढी उच्छृंखला गतिविधिमा लैजानेको भीड बढ्दै गएको आंकलाई पन्छाउन सकिदैन ।
तसर्थ–बीपीले अवलम्बन गर्नुभएको आदर्श योगदानको रक्षार्थ नेपाली कााग्रेसका नेता, विद्यार्थी, तरुण, महिला र आम कार्यकर्ताले संयुक्त आवाज उठाउने बेला आएको छ । बेलैमा घर नछाए बर्षादमा भिज्नुपर्ने मात्र विकल्प हाम्रो सामु आइपर्दछ । हामी सबैले बीपी सुवर्ण गणेशमान कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला,लगायतका मूर्धन्य नीधिहरुलाई जोगाएर लैजान नितान्त आवश्यक भएको महसुस गर्न सकेमामात्र नेपाली कााग्रेस पार्टीको गौरवशाली इतिहास सुरक्षित हुन्छ । यदि हामीहरुले गर्न नसकेमा माथि उल्ेलखित नीतिहरुको कोही न कोही क तै न कतैबाट उहााहरुको चर्चा परिचर्चा त भइ नै रहन्छ तर कााग्रेसीजन हामीहरुको नास चाहिा कसैले जोगाउन सक्ने छैन । बीपीले अवलम्बन गर्नुभएको राजनैतिक निष्ठा र नेपाल नेपालीको सम्बन्धमा सम्बोधन गर्नुभएको राजनैतिक निष्ठा र नेपाल नेपालीको सम्बन्धमा संवोधन गर्नुभएको कृषि प्रणाली, उद्योग, व्यापार, बाटो घाटो र जनताका आवश्यक पर्ने शिक्षा, स्वास्थ्यका विषयलाई समय सापेक्ष तौरतरिकाले रुपान्तरण गर्दै लैजानु आजको आवश्यकता हो । हिजो आज त समावेशी शब्दको खुव चर्चा परिचर्चा चल्दै आएको छ । नेपालमा समावेशी प्रादुभाव त जननायक विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डल र विभिन्न जिल्लाका वडा हाकिमहरुको नियुक्तिहरुले समावेशीको जग २०१६ सालदेखि नै बीपीले बसाल्नु भएको नेपालको इतिहास पल्टाएर हेर्दा सबैलाई छर्लङ्ग हुन्छ । वीपीले अवलम्बन गर्नुभएको सिद्धान्तलाई समयानुकूल परिमार्जन गर्द लैजन ढिलो भइसकेको छ ।
त्यस विषयलाई तमाम नेपाली काग्रेस जनले अनुसन्धानको रुपमा लिएर जान आतुर हुनुपर्छ । २०१७ र २०७१ परिवेश एउटै हुादैन तर जग एउटै हो, समय परिवर्तनशील छ, भन्दैमा आदर्शलाई नयाा ढंगले व्याख गर्दै झुण्डतिर आकर्षण गरानुको सट्टा राष्ट्रमा बसोबास गर्ने राष्ट्रवासीतफ आकर्षण बढाउादै लैजाने मुख्य कुरा हो ।
नेपाली राजनीतिमा बीपी
कोइरलाला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको एउटा सिक्काको दुईवटा पाटा विभिन्न आकृतिहरु भए पनि बीपी कोइराला एउटै हुन् । उहााले नेपाली साहित्यको भण्डार विविध प्रकारका साहित्यिक रचनाको भण्डार थपेर नेपाली साहित्यको आकाशमा एउटा चम्किलो नक्षत्रको रुपमा पाउन सक्छौं । उहााका कृतिहरुमा सबैलाई मनपर्ने कृतिमध्ये एक हो सुम्निमा अरुपनि कृतिहरु महत्वका साथ नेपालका लेखकहरुले उच्च खालको र अविस्मरणीय नेपाली वाङमयको इतिहासमा सदैव छाइरहने कृतिहरु नेपाली जनतालाई दिएर जानु भएको छ भन्ने समालोचकहरुले आफ्नो मन्तव्यमा दिएका छन् ।
धेरै विद्यार्थीहरुले वीपीका किर्तिहरुमा अनुसन्धान गरी विद्यावारिधी पनि
गरेका छन् । त्यसकारण वीपी साहित्यको अनुसनधान गर्ने एउटा अलग्गै किसिमको निकाय खडा गरी वीपीका साहित्यहरुको व्यापक प्रचारप्रसार गर्ने निकािय भए उहााप्रति न्याय हुन्थ्यो कि ? यसतर्फ नेपाली कााग्रेस सजग भए, आउने पीडिले बीपीका किर्तिहरु पठन पाठनमा सहजता ग्रहण गर्न सक्थे होला । सबैले उनका किर्तिहरुको जानकारी पाउथे र नेपाली साहित्यलाई पनि एउटा टेवा पुग्ने थियो । यिनै सुमन श्रद्धाका साथ जननायक वीपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
जय नेपाल ।
