धरान÷ अनुगमनको अधिकार प्राप्त नेपाल सरकारका नियमक संस्थाहरु अन्य बेला सुस्ताए पनि चाडपर्वको समयमा भने मौसमी अनुगमनमा निस्किने गरेका छन् । तर यसरी गरिएको अनुगमन प्रभावकारी नभई खाली व्यवसायीलाई दुःख दिने नियतले मात्र गरिएका पाइएको छ ।
पछिल्लो पटक धरान उपमहानगरपालिकाले धरान क्षेत्रमा रहेका व्यवसायीहरुको व्यवसायिक सुद्धता कार्यम गर्न कार्यवाहक प्रमुख मञ्जु भण्डारीको अध्यक्षतामा एउटा अनुगमन समितिले विश्वकर्मा पूर्जाको पूर्व सन्ध्यामा मिठाइ पसलहरुमा अनुगमन ग¥यो ।
अनुगमन टोलीमा समितिका पदाधिकारी, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, प्रहरी प्रशासनको सहभागिता रहेको थियो । चाडपर्वको मुखैमा गरिएको अनुगमनमा अनुगमन गरिएका अधिकांश मिठाइ पसलले मापदण्ड विपरीत पसल चलाएको बताएका थिए ।
तर यसरी वेमौसमी अनुगमनमा भने कुरामा व्यवसायीहरु भने रुष्ट भए । अरु बेला कानमा तेल हालेर बस्ने अनुगमन व्यवसाय गरेर दुई पैसा कमाउने समयमा अनुगमनको नाटक गरेको भन्दै व्यवसायीहरु रुष्ट बने । विश्वकर्मा पूजाका समयमा अखाद्य वस्तु प्रयोग गरेर मिठाइ विक्री वितरण गर्र्ने भएकोले मिठाई पसलहरुलाई मात्र लक्षित गरेर अनुगमन गरेको बताउदैं अनुगमनका क्रममा २ वटा मिठाइ पसलसले अनुमति नलिई सडकमा मिठाई पसल चलाएकोले एक एक हजार जरिवाना लिएको अधिकृत अधिकारीले बताउनुभयो । विश्वकर्मा पूजाका दिन फलामको पूजा हुने भएकोेले सावरी व्यवसायी, फलाम सम्बन्धी काम गर्ने उद्योग, ग्यारेज लगायतले यो पर्व बर्षमा एक पटक पूजा आजा गर्ने गर्छन् ।
एक दिनको व्यवसायलाई लक्षित गरी बनाइएका यस्ता मिठाइ पसलमा गएर उत्पादन भएको म्याद, लेवलिङ्ग तथा अखाद्य बस्तु छैन भनेर केन्द्रित हुनुभन्दा पनि समितिले साप्ताहिक रुपमा विज्ञ टोलीसंग समन्वय गरेर अनुगमन गर्दा प्रभावकारी हुने सर्वसाधारणले सुझाव दिएका छन् ।
