बीपीले स्वतन्त्रता सहितको समाजवादमा जोड दिएका थिए

दिनेश न्यौपने
नेपाली प्रजातान्त्रिक आन्दोलनका शीखर पुरुष विशेश्वर प्रसाद कोईरालाको १०५ औ जयन्ती राष्ट्रव्यापी रुपमा मनाइयो । मृत्युको लामो कालखण्ड पश्चात पनि जननायक बि.पि. कोईराला नेपाली जनताको मानसपटलमा छाइरहेका छन् । उनको जन्मजयन्तीले बि.पि. विचारको सान्दर्भिकतालाई अझ टडकारो बनाएको छ । यहि सान्दर्भिकताको उदाहरण वी.पी. चिन्तन प्रतिष्ठान धरानले जननायक वी.पी. को १०५ औं जन्मजयन्ती धुमधामका साथ मनाएको छ । वी.पी. चिन्तन प्रतिष्ठानका अध्यक्ष आनन्द प्रसाद आचार्यको सभापतित्वमा नेपाली काग्रेसका नेता दिपक प्रसाद बाँस्कोटाको प्रमु्ख आथित्यमा सम्पन्न भयो । विश्लेषक पुरन्जन आचार्य र नेता अजित नारायणसिंह थापा प्रमुख वक्त रहेको सो कार्यक्रममा शिव कुमार बस्नेत लगायत वक्ताहरुले बोलेका थिए । अधिकांश वक्ताहरुले बि.पि. को योगदानको चर्चा गर्दै वर्तमानमा नेपाली कांग्रेसको संकटबारे र त्यसबाट मुक्त हुने उपायका बारेमा बोलेका थिए । सन्दर्भ बि.पि. को यस कारणले पनि बढेको छ कि उनका अनुभव, कर्म र विचार नेपाली समाजको आधुनिकीकरण र प्रजातान्त्रिकरणको सार थियो । त्यहि सारबाट उत्पन्न नैतिकता, आदर्श र मुल्यबाट नेपाली काग्रेस विचलीत हुनु हुदैन । बि.पि. एक विशेष परिस्थितीका उपज थिए । २००७ सालको क्रान्तिको नेतृत्व गरेका बि.पि. आफ्नो युगका नायक यस कारण थिए कि २०१५ सालको आम निर्वाचनमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने अवसर उनलाई मिल्यो । करिब १८ महिनाको आफ्नो शासनकालमा उनले विर्ता उन्मुलन, वन जंगलको
राष्ट्रियकरण, भुमीसुधार र प्रगतीशिल कर प्रणाली ल्याएर आफुलाई जनताको नेताको रुपमा स्थापित गरे । २०१७ सालको राजा महेन्द्रले सैनिक बलको माध्यमबाट राजनीतिक कुपछि जेल परेका बि.पि. पछि भारतमै निर्वासीत भए । यस निर्वासनकालमा बि.पि. ले नेपालमा प्रजातन्त्रको पुनःस्थापनाको लागि शसस्त्र संघर्ष गरे । तत्कालिन निरंकुश राजतन्त्रसँग टक्कर लिने वी.पी. मात्र एक दुरदर्शी नेता थिए । ४० वर्षको आफ्नो राजनीतिक जीवनमा सँधैभरी नेपाली काँग्रेसलाई नेतृत्व प्रदान गरेका उनि २०३३ सालमा
राष्ट्रिय मेलमीलापको नीति लिई नेपाल आए । यो मेलमिलाप राष्ट्रियताको सवालमा राजासँग सम्झौता तर प्रजातन्त्रको स्थापना हुनुपर्ने माग सहितको रणनीति थियो । त्यो बेला विश्व र क्षेत्रीय राजनीति अत्यन्त जटिल मोडमा थियो । शीतयुद्ध चर्किएको थियो । भारत सोभियत गठबन्धनले क्षेत्रिय राजनीतिमा परिवर्तन ल्याएको थियो । पाकिस्तानबाट वंगलादेश अलग भयो । सिक्किमलाई भारतले विलय गरायो । र, अफगानीस्तानमा सोभीयत हस्तक्षेप भयो । यस्तो परिस्थितीमा नेपालको सार्वभौमिकतामाथीको संकट देखेर बि.पि.स्वदेश आउनु भयो । त्यसको केही समयपछि २०३६ सालमा जनमत संग्रह भयो । यो जनमत संग्रह हुनुमा बि.पि. को उपस्थितिले भूमिका खेलेको थियो । बि.पि.सीद्धान्तत प्रजातान्त्रिक समाजवादी थिए । स्वतन्त्रता सहितको समाजवादमा उनको जोड थियो । गरीब, भुमीहीन, किसान र सर्वसाधारणको आर्थिक जीवन स्तर उठाउन बि.पि. ले २००३ साल देखि नै चिन्तन मनन गरेका थिए । २०१६ सालमा आफु प्रधानमन्त्री हुँदा बिरता उन्मुलन उनले गर,े जस्को विरोध राणा, शाह र सामन्तहरुबाट भयो । बि.पि. राज्यको आर्थिक उत्पादनको वितरण समतामूलक ढंङ्गबाट जनतामा पुग्नु पर्छ भन्ने चाहना राख्थे । कोही नेपाली भोकै, नाङ्गै नहुन, निरक्षर नहुन, बाटा घाटा, सडक, स्कुल, कलेज, अस्पताल र मानिसलाई सुन्दर र खुशी बनाउने कुनै पनि कुराहरुको अभाव न होस भन्ने चाहन्थे । त्यो अनुसारको सोच र कार्यक्रम उनमा थियो । तर २०१७ सालको ‘कु’ ले त्यो लागु हुन पाएन । विश्व समाजवादी आन्दोलनको प्रमुख हस्ती बि.पि. ले अष्ट्रेलियामा भएको एसीयाली समाजवादीहरुको वैठकमा समाजवादी क्रान्तिका विषयमा विमर्श दिएका थिए । भारतका प्रमुख समाजवादीहरु जय प्रकाश नारायण र राम मनोहर लोहियोको संगत गरेका बि.पि. कतिपय अर्थमा गानधीवादी पनि थिए । उनले माकर््सभन्दा गान्धीलाई मौलिक पाए । साम्यवादी आन्दोलनको दवदवा रहेको त्यो कालमा बि.पि. ले साम्यवादको स्वतन्त्रता विरोधी चरित्रसँग जहिलेपनि असहमत रहे । साहित्यमा फ्रायडको मनोविज्ञानलाई नेपालका सफल प्रयोगकर्ताको श्रेय उनलाई नै जान्छ । बि.पि. आज हामीसँग भौतिकरुपमा छैन्न तर उनका विचारहरुले नेपाली समाजलाई मार्ग निर्देश गरिरहेको छ । बौद्धिकता सीर्जनशीलता र राजनीतिमा अण्वेषण गर्ने बि.पि. आजको संघिय गणतान्त्रिक नेपालमा त्यतिकै लोकप्रिय र सामयिक छन् । आज नेपालको संविधानले राष्ट्रलाई समाजवाद उन्मुख भनेको छ । तर के वर्तमान सरकार बि.पि. ले भनेका समाजवादी मान्यताहरुबारे सचेत छ ? यदि नेपालको उन्नति गर्नु छ भने विपन्न वर्गको उत्थानबाट नै सम्भव छ जस्का लागि बि.पि. ले राजनीति गरेका थिए । यसर्थ धरानले यस कार्यक्रमको आयोजना गरी बि.पि. को सम्मान
गरेको छ । त्यसको लागी वि.पि. चिन्तन प्रतिष्ठानलाई मुरी मुरी धन्यवाद छ ।
त्र

तपाईको प्रतिक्रिया