बीपी जयन्तिमा विचार गोष्ठी र सम्मान कार्यक्रम

धरान÷बीपी चिन्तन प्रतिष्ठान सुनसरी धरानको आयोजनामा १०५ औं बीपी जयन्ति कार्यक्रम नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद विषयक विचार गोष्ठी र प्रजातन्त्रका सेनानी, श्रमिक प्रतिवद्ध समर्पित कायकर्ताको सम्मान
गरी सम्पन्न भएको छ ।
प्रतिष्ठान सुनसरीका अध्यक्ष डा. आनन्द आचार्यको सभापतित्व र पूर्व गृह राज्यमन्त्री दिपक प्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रजातन्त्रका सेनानी देवानगञ्ज र सुनसरीका बालकृष्ण मेहता, प्रतिबद्ध राजनीति कार्यकर्ता सम्मान कर्णबहादुर कार्की, श्रीमति सरिता सुब्बा, श्रमिक सम्मान अन्तर्गत ग्रिल व्यवसायी भक्त रोक्का र २५ बर्षदेखि धरान ठेम्पो व्यवसायी संघका अध्यक्ष रहनु भएका यातायात श्रमिक राम योन्जनलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले दोसल्ला, टोपी , माला र अभिनन्दन पत्र, कदर पत्र पैदान गरेर सम्मान गर्नुभएको थियो ।
बीपीको तस्विरमा मल्याणर्पर्ण गरी कार्यक्रम प्रारम्भ गरिएको थियो । १५ औ बीपी जयन्तिका अवासरमा आयोजित नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद विषयक विचार गोष्ठीमा प्रमुख अतिथि दिपक प्रकाश वास्कोटाले नेपालको आर्थिक, सामाजिक र परिवेशमा सहकारीताबाट समाजवाद प्राप्त गर्न प्रभावकारी हुने विचार व्यक्त गर्नुभयो । विशिष्ट अतिथि पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेतले नेपाली काँग्रस सत्तामा हुँदा बीपीको समाजवाी विचार र दर्शन विपरीत गएकोले आर्थिक क्षेत्रमा अपेक्षित उपलब्धी हासिल हहुन सकेन भन्ने विचार राख्नु भयो । नेकाका युवा नेता, बुद्धिजीव पुरञ्जन आचार्यले नेपाली काँग्रेसभित्र लोकतान्त्रिक समाजवादी विचार धारालाई घनिभूत रुपमा प्रवाह गर्न बीपी चिन्तन प्रतिष्ठानलाई सुझाव दिनुभयो । अर्का विशेष अतिथि नेकाका धनकुटा जिल्ला उपाध्यक्ष अजित नारायण सिंहले वर्तमान परिवेशमा नेका संगठन कमजोर हुदै गएकोले दलभित्र आमूल
संरचनात्मक र वैचारिक परिवर्तनको आवश्यकता छ भन्नु भएको थियो । नेका जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, नेका नगर सभापति तिलक राई, संघीय सांसद श्रीमति मीना सुब्बा समेतले बीपी जयन्तिका सन्दर्भमा आ आफ्नो मन्तव्य दिनु भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष श्रीमति श्यामा रेग्मी र प्रतिष्ठान सदस्य विनोद नेपालले स्वागत तथा धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया