तालाबन्दी गर्नु अगावै वार्तामा बोलाइयो

धरान÷धरान उपमहानगरपालिकाले अस्वभाविक र अवैज्ञानिक ढंगले जनताको डढेल्नुु सेक्ने गरी बृद्धि गरिएको कर पूर्ण रुपमा फिर्ताको माग गर्दै भाद्र २ गतेदेखि आन्दोलित नेपाली काँग्रेस नेतृत्वको सर्वपक्षीय, सर्वदलीय संयुंक्त संघर्ष समितिले हिजो उपमहानरपालिकामा तालाबन्दी गर्नु अगावै वार्तामा बोलाइएको थियो ।
जनतामारा कर खारेज गर, अक्षम नेतृत्व राजीनामा दे, जनताको खुन चुस्न पाइँदैन, नरपालिकाभित्रको भ्रष्टाचार बन्द गर, जनताको हस्ताक्षरको सम्मान गर, नगरपालिकामा कार्यकर्ता भर्ति बन्द गर, धराने जनता एक हौ भन्दै काँग्रेस नेतृत्वमा संघीय लिम्बुवान मञ्च नेपाल खम्बुवान, लगायतका नेता तथा कार्यकर्ता अनिश्चितकालीन तालाबन्दी गर्न नगरपालिका पुगेका थिए ।
धरान उपमहानगरपालिकामा अनिश्चित तालाबन्दी गर्ने सूचना पाएपछि ठूलो संख्यामा प्रहरी बोलाइएको थियो । मुख्य द्वारमा तालाबन्दी गर्न प्रहरीले अवरोध पु¥याएपछि झण्डै ३ घण्टासम्म नेता तथा कार्यकर्ताले सडकमै नाराबाजी गरेका थिए । अन्तत ः धरान उपमहानगरपालिकाले आन्दोलनरत पक्षलाई चार बजे वार्ताका लागि बोलाएको थियो । आन्दोलनको नेतृत्व गर्नुभएका नेपाली काँग्रेस धरान उपमहानगर समितिका सभापति तिलक राईको नेतृत्वमा हुने वार्तामा वृद्धि गरिएको कर पूर्ण रुपमा खारेज हुनुपर्ने अन्यथा आन्दोलन जारी रहने एक सुत्रीय अडान रहेको संयुक्त संघर्ष समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया