धरान÷सरकारले भदौ १ गतेदेखि लागू गरेको मुलुकी ऐन, मुलुकी अपराध (संहिता) २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ ले नेपालका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई अपराधी सरह व्यवहार गर्ने भएको भन्दै सोको खारेजी वा संसोधनको माग राखी यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल चिकित्सक सघको आवहानमा आन्दोलनमा उत्रिएका यहाँका चिकित्सकहरुले आइतबार प्रतिष्ठानको आकष्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका थिए । चिकित्सक आन्दोलनमा उत्रिएपछि उपचारार्थ प्रतिष्ठानमा पुगेका सर्वसाधारण त्यसै फर्किएका थिए । चिकित्सकहरुले सूचना टाँस गरेरै प्रतिष्ठानको आकस्मिक बाहेक सबै सेवा ठप्प हुने जनाएका थिए । नेपाल चिकित्सक संघ केन्द्रीय समितिको विज्ञप्तीलाई नेपाल चिकित्सक संघ धरान शाखाका अध्यक्ष मोहनचन्द्र रेग्मीले विज्ञप्तीमा पुनः हस्ताक्षर गर्नुभएको थियो ।
नेपाल चिकित्सक संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट २०७५ भाद्र १ गतेको पत्रमार्फत जारी गरिएको विज्ञप्तीमा विवादित दफा, उपदफा ससोधन गर्ने प्रतिबद्धता जारी गरेको हुनाले संघको तर्फबाट भदौ १५ गते संसोधन प्रक्रियाका लागि आन्दोलन तत्कालका लागि स्थगित गरिएको थियो । देशभरका चिकित्क तथा स्वास्थ्यकर्मीहरुले विद्यमान अवस्थामा काम गर्न नसक्ने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हस्ताक्षर संकलनका साथै नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संघमा बुझाउने व्यहोरा समेत जनकारी गराइएको थियो । यस्तो गम्भीर अवस्थामा व्यापक छलफल, निचोड निकाल्न भाद्र १२ गते संघको केन्द्रीय कार्यालयमा सम्पूर्ण चिकित्सकहरुको भेला गरेर संसोधनको म्यान्डेट दिएको थियो । तर उक्त ऐन ससोधनको प्रक्रिया अगाडि नबढाएपछि स्वस्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षा सम्बन्धी ऐन २०६६ एवम्े नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घट्ना दिन प्रतिदिन बढिरहेको, घट्नामा संलग्न दोषीमाथि कारबाही गर्नका लागि बिना धरौटी जेल चलान प्रावधान थप नगरिएको विद्यमान अवस्थामा स्वस्थ्य सेवा सञ्चालन गर्न नसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आफूहरुले उठएका माग पूर नभएमा भाद्र १८ गतेदेखि स्वास्थ्य सस्थाका प्रशासनिक कामहरु बन्द गर्ने, १९ गते मैंगलबार आकस्मिक सेवाबाहेकका अन्तरंग सेवामा विरामी भर्ना नगने बताएका थिए । तर १८ गते सरकारले नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएर तीन वुँदे सहमति गरेपछि आन्दोलन सोमबारसम्मका लागि स्थगित गरिएको जनाएको छ । सोमबार सम्म पनि संसोधन प्रस्ताव टेवल नगरिए मंगलबारदेखि आन्दोलनका कार्यक्रमहरु पूर्ववत सेडुल अनुसार गरिने संघले जनाएको छ ।

