धनकुटा ÷स्थानीय तहले जथाभावि कर वृद्धि गरेसंगै अहिले मुलुकका हरेक स्थानका स्थानीय तहमा करको विरोध हुन थालेको छ । धरानमा कर वृद्धिको विरोधमा नेपाली कांग्रेस धरान नगर समितिले विरोध जनाइरहदा धनकुटाको पाख्रीबास नगरपालिकाले पनि करबृद्धिको विरोध गर्दै नगरपालिका घेराउ गरेका छन् ।
तिर्नै नसक्नेगरी वृद्धी गरिएको कर घटाउन माग गर्दै उनीहरुले ज्ञापन पत्र समेत बुझाएका छन ।
नाराजुलुस सहित जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर तत्काल घटाउन चर्को नाराबाजी गर्दै पाख्रिवास नगरपालिका कार्यालयमा पुगी घेराउ गरी ज्ञापन पत्र बुझाएका हुन ।
नेपाली कांग्रेस लगायत लोकतान्त्रिक गठनबन्धन लगायतले घेराउ गर्दै नगरपालिका परिषदमा आयोजना गरिएको कार्यक्रममा जनताले तिर्नै नसक्ने गरी अत्यधिक वृद्धि गरिएको कर तत्काल नघटाएमा सशक्त आन्दोलन गर्ने वताए ।

