सुनचादी व्यवसायीहरुको राज्यस“ग गुनासै गुनासो

धरान÷ मुलुकमा संघीयतासंगै स्थायित्व सरकार आए पनि व्यवसायीहरुले निर्धक्कसग व्यापार व्यवसाय गर्न नपाएको सुनचादी व्यवसायीहरुले सरकारसमक्ष गुनासो पोखेका छन् ।
नेपाल सुनचादी व्यवसायी संघ सुनसरीको चौथो बार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनमा आयोजित कार्यक्रममा अधिकांश व्यवसायीहरुले राज्यसंग यस्तो गुनासो पोखे ।
सुनचादी व्यवसायी नेपालको पहिचान, हस्ता कला एवम् आधारित पेशा भएको र यसले नेपालको धार्मिक, सांस्कृतिक एवम सामाजिक रितिरिवाजसंग जोडिएको भए पनि राज्यले व्यवसायीहरुलाई निर्धक्कसंग व्यवसाय चलाउने नीति निर्माण तयार नगरेको उनीहरुको आरोप छ । उनीहरुले एकातिर सरकारले कम सुन दिने र अर्कोतर्फ प्रशासनले अनावश्यक रुपमा दुख दिने गरेका कारण व्यवसायी दिनप्रतिदिन विस्थापित हुदै गएको बताए ।
नेपाल सुनचादी कला व्यवसायी संघ झापाका अध्यक्ष टंक विकले नेपालमा संघीयता कायम भएसंगै तीन तहको
सरकार निर्माण हुदा समेत व्यवसायीले सुरक्षितसँग व्यवसाय गर्न पाउने नीति नियम बनाउन नसकेको आरोप लगानुभयो ।
यस्तै संघका केन्द्रीय अध्यक्ष द्वारिका शंकरले सुनचादी व्यवसायी दुई धारमा उभिदा आफूहरुको माग बुलन्द बनाउन नसकेको बताउनुभयो । उहाले सुनचादी व्यवसायीहरुको नेपाल सुनचादी व्यवसायी संघ र नेपाल सुनचादी कला व्यवसायी संघ गरी दुई वटा संस्था भएको बताउदै चाडै यी दुई लाई संगठित गर्ने बताउदै दुई संस्थाबीच छलफल अन्तिम चरणमा पुगेको खुलासा गर्नुभयो ।
त्यसो त पछिल्लो समय राज्यले सुनचादी व्यवसायीहरुप्रति गरेको व्यवहारप्रति प्रदेश सांसद समेत सन्तुष्ट देखिदैनन् । सुनसरी क्षेत्र नं. १ की सभासद उमिता बराइलीले आफु पनि सुनचादी व्यवसायी नै भएको उल्लेख गर्दै पछिल्लो पटक सरकारले व्यवसायीलाई धितो राख्न नदिएको कुरा आफूलाई पनि चित्त नबुझेको बताउनुभयो । उहाले धितो राख्न नपाउने नियम बनाए पनि यसको वैकल्पिक व्यवस्थापनमा
राज्यले नसोचेको बताउनुभयो ।
सम्पूर्ण व्यवसायीहरुको गुनासो सुनिसकेपछि प्रदेश नंं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसियतले विगतमा दिगो सरकार नहुँदा व्यवसायीहरुले धेरै अफ्ठ्याराहरु भोग्नुपरेको बताउदै मुुलुकमा अब दीगो सरकार आएको र अब प्रदेश सरकारको नीति नियममा समेत सुनचादी व्यवसायीको संरक्षणका लागि कानुन निर्माण हुने आश्वासन दिनुभयो ।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ, नेपाल पत्रकार महासघ
सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, नेपाल सुनचादी कला व्यवसायी संघका निर्देशक हरि रसाइली लगायतले व्यवसायिक सुरक्षा, सहजताका विषयमा बोल्नु भएको थियो ।
नेपालमा २३ हजारको हाराहारीमा सुनचादी व्यवसायी रहेको र यो व्यवसायबाट राज्यलाई ८ अर्ब हाराहारीमा सरकारलाई राजस्व तिरेको कुरा समेत उनीहरुले उल्लेख गरेका थिए । उनीहरुले सरकारले प्रदान गरेको सुनको प्रसंग कोट्याउदै अहिले नेपाल अधिराज्यभर २० केजी सुनमात्रै दिदै आएको बताउदै एक जना व्यवसायीको भागमा प्रतिदिन ० दशमलव ८ सय ३९ मिलीग्राम पर्ने भन्दै माग अनुसार पूरा गर्न नसकिएको त्यसमा पनि उपत्यकामा ६५ प्रतिशत छुट्याएर बाकी ३५ प्रतिशत मात्र देशका अन्य क्षेत्रमा दिने गरेकाले व्यवसायी व्यवसाय गर्न नसकि विस्थापित हुने क्रम बढेको दुखेसो उनीहरुले पोखेका थिए । नेपाल सुनचादी कला व्यवसायी संघ सुनसरीका अध्यक्ष प्रेमबहादुर विकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम सहसचिव प्रेमराज गहतराजले सञ्चालन गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया