धरान÷प्रदेश नं. १ लाई लिम्बुवान र किरात खम्बुवान नामांकन गराउन संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले आÏनो घोषित आन्दोलनका कार्यक्रम अनुसार सोमबार इटहरीदेखि विराटनगरसम्म मार्च पास गरेको छ ।
घोषित कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम र नगरहरुमा भाद्र १ गते कोणसभा सम्पन्न गरेको मञ्चले सोमबार पैदल मार्चपास गरेको छ ।

घोषित कार्यक्रम अन्तर्गत यसैगरी भाद्र ७ गते विराटनगर संसद भवन अगाडि दिनको १ बजे धर्ना दिने र १० गते दिउँसै राँके जुलुस प्रर्शन गर्ने जनाइएको छ । मार्चपासका लागि धरान, धनकुटा, विर्तामोड, दमक, पथरी लगायतका स्थानबाट मञ्चका हजारौ कार्यकर्ता इटहरीमा भेला भएर विराटनगर पुगेका थिए । प्रदेश नं. १ का हरेक जिल्लामा ४, ७ र १० गते घोषित आन्दोलनका कार्यक्रम सफल बनाउन वृहत छलफल भएको थियो । सुनसरीमा समेत मञ्चको जिल्ला अध्यक्ष अमर इजम लिम्बुको अध्यक्षतामा भाद्र २ गते वृहत छलफल भएको थियो । पार्टीका केन्द्रीय उपाध्यक्ष एवम्. बरिष्ठ नेता चन्द्रबहादुर खापुहाङ्गको प्रमुख आतिथ्यमा भएको छलफलमा संयोजक एवम महासचिव थाङसाङ्ग लावती, महासचिव अशोक चेम्जोङ्ग, सुनसरी जिल्ला इन्चार्ज तथा लिम्बुवान मञ्चका सचिव भुपेन्द्र सुन्दर लावती, लिम्बुवान मञ्चका सचिव राजेश श्रेष्ठ, केन्द्रीय सविचिवालय सदस्य, केन्द्रीय सदस्य र सुनसरी जिल्ला महिला मञ्चकी अध्यक्ष, लिम्बुवान भेलेन्टीयर लगायतको उपस्थितिमा घोषित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन व्यापक छलफलल भएको थियो ।
मार्च पासमा सहभागी झण्डै १५ सय मञ्चका नेता तथा कार्यकर्ताहरुले पार्टीको झण्डासहित प्रदेशको नामांकन लिम्बुवान किराँत प्रदेश र महंगी विरुद्धका व्यानरहरु बोकेका थिए । उनीहरुले अपरान्ह ४ बजे विराटनगर प्रदेश संसद भवन अगाडि पुगेर कोणसभामा गरेका थिए । सो अवसरमा मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिंगदेन, बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ग, सांसद विष्णु सम्वाहाम्फे लगायतले सम्बोधन गर्नुभएको थियो ।
