धरान÷सुनसरी जिल्लामा रहेको नेपाल भारत सीमा ६५ किमीमा अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने भएका छन् ।
सीमाबाट हुने मानव तस्करी, लागू औषध ओसार पसार, अपराध पश्चात दुवै देशमा लुकेर वा सेल्टर लिएर बस्ने प्रवृत्ति, साना हात हतियारको ओसार पसार, नेपाल हुँदै भारतमा पाकिस्तानी आतंककारीहरुको आवतजावत, मदिरा ओसार पसारमा नियन्त्रण गर्ने उद्देश्यका साथ सुनसरीको भण्डाबारीमा सोमबार दुवै देशको सुरक्षाकर्मीहरुको बैठक बसेको थियो ।
बैठकमा सहभागी सुनसरीका सशस्त्र प्रहरीका एसपी सुरेशकुमार श्रेष्ठ, प्रहरी प्रमुख राजन अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख टिका पोख्रेल, भारतीय सुरक्षा बल
(एसएसवी) को बीरपुर स्थित ४५ औ बटालियनका प्रमुख मजोज सुनौल, सुपौल जिल्लाका प्रमुख रामानन्द कुमार, वीरपुर प्रहरीका प्रमुख लगायतको उपस्थिति
रहेको सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिनुभयो ।

