धरान÷नेपाल कम्युनिस्ट पार्टीले आÏना उच्च तहका नेता तथा कार्यकर्तालाई विना आधार प्रक्राउ गरेको भन्दै उनीहरुको
रिहाइको माग गर्दै हिजो मंगलबार आवहान गरेको नेपाल बन्दका कारण पूर्वको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।
पूर्वका मुख्य बजार धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड, काँकडभिट्टासँगै पहाडी जनजीवन समेत प्रभावित भएको छ । पूर्वमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधनहरु चलेनन् भने विद्यालय, उद्योग, बजार पसल समेत बन्द भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमौरियाका अनुसार सुनसरी जिल्ला बन्दका समयमा शान्तपूर्ण रहयो । कुनै प्रकारको अप्रिय घट्ना घटेका छैनन् । प्रदेश नं. १ को संघीय प्रहरी कार्यालय विराटनगरका डिआइजी केदार रिजालले दिनु भएको जानकारी अनुसार प्रदेश न. १ मा कुनै प्रकारको अप्रिय घटनाहरु भएको छैन । यद्यपि बन्दका कारण यातायात देखि उद्योग धन्दा कलकारखाना भने बन्द रहेका छन् । बन्दका क्रममा हुन सक्ने सम्भावित घट्नालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको उहाँले बताउनुभयो ।
यहाँ स्मरणीय कुरा के छ भने नेकपा (विप्लव) नेतृत्वका कुनै पनि कार्यकर्ता बन्द अवधिभर कही सडकमा देखा
परेनन् । विगतमा बन्दकर्ताहरु सडकमा अवरोध गरेर यातायातदेखि स्कुल, कलेज, उद्योग धन्दा, कलकारखाना बन्द गराउदै हिड्थे । तर यसपटक त्यस्तो नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमौरियाले बताउनुभयो ।

