बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानविन गरेर फर्कियो सचिव स्तरीय टोली प्राध्यापक, चिकित्सकहरुस“ग एक्लाएक्लै बयान ः प्रतिष्ठान जोगाउन भिसीको बहिर्गमनमा जोड

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको चरम भ्रष्टाचार, अनियमितता छानबिनका लागि मन्त्री परिषदको निर्णयबाट गठन भएको प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारीको संयोजकत्वमा गठित उच्च स्तरीय शक्तिशाली छानविन समितिले अन्तिम पटक छानविन गरेर आवश्यक कागजातसहित लिएर सोमबार काठमाण्डौ फर्किएको छ ।
यस भन्दा अगाडि छानविन टोलीले साउन १२ गते शनिवार प्रतिष्ठानमा आएर खरिद, निर्माण कार्यमा भएका अनियमितता सम्बन्धमा सम्बन्धित निकायमा परेका उजुरीका आधारमा छानविन गरेर फर्किएको थियो । झण्डै डेढ बर्ष अगाडि करोडौ रुपैयाँ नजराना बुझाएर प्रतिष्ठानको उपकुलपतिको नियुक्ति लिएर आएका प्रा.डा. राजकुमार रौनियारले प्रतिष्ठानलाई धराशायी बनाएको भन्दै सप्रमाण सम्बन्धित निकायहरुमा उजुरी परेको छ ।
विभिन्न शीर्षकमा उपकुलपति रौनियारले गरेको भ्रष्टाचारको फेहरिस्त सहित सरोकारवाला निकायमा उजुरी परेपछि सचिव अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भएको थियो । समितिलाई छानविनका लागि एक महिनाको समय सीमा तोकिएको छ । समितिको समय सीमा श्रावणभित्रै सिद्धिने भएकोले एक दुई दिन भित्रैमा प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइने समितिका सदस्य एवम् स्वास्थ्य मन्त्रालयका सचिव भवनाथ खतिवडाले बताउनुभयो । शनिवार आएको समितिले आइतबार प्रतिष्ठानका फ्याकल्टी प्रमुख, कार्यरत चिकित्सक, पदाधिकारी र कर्मचारीहरुसँग एक्लाएक्लै बयान लिएको थियो । समितिका अर्का सदस्यले यस प्रतिनिधिसँगको संक्षिप्त भेटमा दिएको जानकारी अनुसार प्रतिष्ठानका पदाधिकारीहरुले मात्र होइन अक्सर सबै फ्याकल्टी प्रमुख, चिकित्सक र कर्मचारीहरुले भ्रष्टाचार र कमिशनका कारण प्रतिष्ठान धराशायी भइसकेको छ । उपकुलपति रौनियार खुलेआम कमिशन माग्छन् । एक लाखको चेक भुक्तानी गर्दा १० हजार कमिशन लिन्छन् । ती कर्मचारीको बयान उद्यृत गर्दै उनले भने, प्रतिष्ठानबाट रौनियारलाई ननिकाल्ने हो भने अब हामी छोडेर हिड्छौं । केही प्राध्यापकहरुले यत्रो भ्रष्टाचार भएको प्रमाण सहितका उजुरी सम्बन्धित निकायमा परेको छ अझ पनि तपाईहरुले केही गर्न सक्नु भएन भने तपाईहरु विक्नु भएको बुझिन्छ सम्म भनेको उनले सुनाए । उनीहरुले ०७४÷०७५ को खरिद फाइल हेर्न अनुरोध गर्र्दै उपकुलपति रौनियार एक मिनेटमात्र पनि प्रतिष्ठानमा बस्दा एक बर्ष प्रतिष्ठान पछाडि धकेलिने समेत बताए । समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारीले आफनो संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो ढुक्क हुनुहोस्, हामी उचित निकास निकाल्छौ र चाँडै निकास दिन्छौं ।
उपकुलपति प्रा.डा रौनियारले बद्नियतपूर्ण ढंगले कमिशनकै चक्करमा स्वास्थ्य मन्त्रालयबाट विगतमा अनुदानमा दिएको इआरसपी मेशिन सामान्य मर्मत गर्दा चल्ने भए पनि नबनाई दोब्बर दाममा नयाँ मेशिन खरिद गरेको, क्लोज स्पेशिफिकेशन बनाई एउटै व्यक्तिलाई टेन्डर पर्ने गरी मिलेमतोमा कलार डोप्लर अल्ट्रासाउन्ड मेसिन दोब्बर दाममा खरिद गरेको, क्लोज स्पेशिफिकेशन बनाई एउटै व्यक्तिलाई टेन्डर पर्ने गरी मिलेमतोमा दोब्बर दाममा सि.आर्म मेसिन दोब्बर दाममा खरिद गरेको, क्लोज स्पेशिफिकेशन बनाई एउटै व्यक्तिलाई टेन्डर पर्ने गरी मिलमतोमा कौटरी मेशिन खरिद गरेको, क्लोज स्पेशिफिकेशन बनाई एउटैं व्यक्तिलाई टेन्डर पनैै गरी मिलेमतोमा इन्डोब्रान्को अल्ट्रासाउन्ड (इवियुएस) मेसिन दोब्बर दाममा खरिद गरेको, क्लोज स्पेफिकेशन बनाई एउटै व्यक्तिलाई टेन्डर पर्ने गरी मिलेमतोमा दोब्बर दाममा हेमो डाइडाइलासिस मेसिन गरिद गरेको, उजुरी परेको छ । यसैगरी फार्मेसीको औषधि सम्बन्धमा प्रयोग हुने औषधिहरु केही मात्रामा मात्र उपलब्ध रहेको, चिकित्सकले प्रयागि नगर्ने औषधिहरुको भरमार जुन छिट्टिै उपलब्ध हुने भएकोले प्रतिष्ठानलाई डेढ करोड क्षति हुने, आÏनो फार्मेसी राम्रोसँग सञ्चालन नगरी प्रतिष्ठान बाहिरको औषधि पलसलेहरुसँग औषधिमा सेटिङ्ग गर्ने गरेको, एक्सरे विभागमा रहेको पहिलाको एमआरआई मेसिन प्रकणमा समेत सामान्य मर्मतले चालु हुनसक्ने भएपनि मर्मत नगराएको, २०७३÷०७४ मा भवन निर्माण (कार्डियोलोजी र अंकोलोजी) कार्य नगराई रु १७ करोड मेसिन उपकरणमा रकामान्तर गराएको, एउटै कम्पनीलाई मिल्ने क्लोज स्पेशिफिकेशन बनाई नयाँ एमआरआई मेसिन ठूलो रकम कमिशन असुल्ने दाउमा खरिद कार्य गरेको भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अुनसन्धान तिब्र पारेपश्चात सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर रद्ध गरेको, भवन निर्माणको रकम अनियमित तवरले रकामान्तर गरी यही एमआरआई मेसिन खरिद गरी भ्रष्टाचार गनेै योजना बनाएको देखिएको उजुरीमा भनिएको छ ।
प्रतिष्ठानमा खानेपानी अभाव
स्थापना कालदेखि नै खानेपानी अभाव व्यहोर्नु नपरेको प्रतिष्ठानले हाल आएर बर्षाको समयमा पनि चरम अभाव व्यहोर्नु परेको चिकित्सक, कर्मचारीहरुले बताएका छन् ।
प्रतिष्ठानले बार्षिक ८२ लाख रुपैयाँमा खानेपानी सस्थानसँग पानी आपूर्तिको सम्झौता गरेको थियो । प्रतिष्ठानको आफ्नै दुई वटा खानेपानी पम्प रहेको छ । संस्थानसँग भएको सम्झौता अनुसार कर्मचारी, प्राविधिक, मेन्टिीनेन्स, विद्युत र ११ किमी रेन्जपार गरी प्रतिष्ष्ठानको ट्यांकीमा पानी दिने सहमति भएको थियो । पम्प विग्रिएमा पम्प उपलब्ध गराइदिने समेत सम्झौतामा उल्लेख छ । तर पछिल्लो समय २० बर्ष अगाडिका प्रतिष्ठानका दुवै पम्प विग्रिएको, नयाँ उपलब्ध गराइदिन बाम्बार सस्थानले ताकेता गर्दा पनि उपलब्ध नगराएको संस्थानका लेखा अधिकृत दिनेश चिमौरियाले बताउनुभयो ।
चिमौरिया भन्नुहुन्छ प्रतिष्ठानका भिसी राजकुमार रौनियारमा निर्णय क्षमता नै देखिएन ।, एक हप्ता अगाडि दुई वटा पम्प विग्रदा हामीले नै पुरानो पम्प लगेर पानी सप्लाई दिइरहेका छौं । यस भन्दा अगाडि पम्प खरिद गर्न प्रतिष्ठानले टेन्डर पनि ग¥यो तर पछि त्यसलाई रद्ध गरे । टेन्डर रद्ध गर्नुको पछाडि पनि ठेकेदारसँग कमिशनका कुरा नमिलेर नै हुनसक्छ प्रतिष्ठानका एक कर्मचारीले बताए । सरकारले कर्मचारीको तलब बृद्धि गरेकोले सोही अनुरुप संस्थानका कर्मचारीको तलब बृद्धि सेवा सुविधा उपलबध गराउनुपर्छ, विद्युत महसुलमा समेत बृद्धि भएकोले संस्थानले बार्षिक ९६ देखि १ करोड खर्च उपलबध गराउन माग ग¥यो । प्रतिष्ठानका प्राविधिक र संस्थानका प्राविधिकको ज्वाइन्ट कार्यदलले एउटा रिपोर्ट समेत तयार ग¥यो । जुन रिर्पोका आधारमा ९४ लाख दिने सहमति भएपनि हालसम्म रकम उपलब्ध
नगराएको चिमौरियाले बताउनुभयो । कहिले कासको मिटिङ्ग भएको छैन भनेर टल्ने गरेका छन्, कहिले के भनेर टाल्ने गरेका छन् । यद्यपि पैसा नतिरकै आधारमा हामीले प्रतिष्ठानको पानी सप्लाईमा कुनै प्रकारको अबरोध गरेका छैनौं । सुख्खा याममा दैनिक १५ देखि २० लाख र बर्षामा २५ लाख लिटर सम्म पानी सप्लाई गर्दै आएका छौं , चिमरौरियाले भन्नुभयो ।

तपाईको प्रतिक्रिया