धरान ÷ धरान प्रहरीले सामाजिक अपराधका घटनालाई निस्तेज गर्न कडा नियमन गर्ने भएको छ ।
एक नंम्बर प्रहरी कार्यालयले तयार पारेको कार्यबीधि अनुसार धरानमा हुने गरेका सामाजिक अपराधलाई निस्तेज पार्न सुरक्षा व्यवस्थालाई कडा गरिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले बताउनुभयो ।
एक साता अगाडिबाट इलाका प्रहरी कार्यालय धरानको प्रमुखको कार्यभार सम्हाल्नु भएका डिएसपी तिम्सिनाले
पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाले धरानमा हुने सामाजिक अपराधका घटनाहरुलाई बर्गिकरण गरेर काम थालिएको बताउनु भयो । बिभिन्न अपराधमा संलग्न धरान प्रहरीको लिष्टमा परेका ७४ जना मध्ये क श्रेणीमा ८, ख २३ जना ग श्रेणीमा ४३ जना रहेको डिएसपी तिम्सिनाले बताउनुभयो ।
यसैगरि लागू औषध नियन्त्रणका लागि विद्यालय, सार्वजनिक स्थलमा सचेतनामुलक कार्यक्रमका साथै धरानमा लागू औषधि भित्रिने मुख्य नाकामा प्रहरीले बढी निगरानी बढाएको उहाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रहरीले दुई दिनको अवधिमा विभिन्न स्थानबाट लागू औषधसहित प्रक्राउ परेकाहरु ७ जनालार्ई सार्वजनिक समेत गरेको छ ।
प्रहरीको टास्क फोर्स अभियानअन्तर्गत परिचासिलत प्रहरीले साउन २५ र २६ गते धरानका विभिन्न स्थानबाट लागू सहित पक्राउ गरिएका कारोबारी तथा सेवनकर्तालाई सार्वजनिक गरेको हो ।
