बादलका बादलु गफ
रामबहादुर थापा बादल आच्या हाम्रा घरेलु मन्त्री गफ दिने मामलमा हम किसिसे कम रै’नछन् । नाममै वादल भएसी’गफ पनि उस्तै उस्तै दिनु प¥यो नि † अब हेरम न अस्तिका दिन चितवनतिर पुगेर उन्ले तीनवटा गफ चुटेछन् । नेक्पाका प्रवक्ता प्रकाण्ड, बालक हत्या र सुन तस्करी प्रकरणमा दिएको गफ सुन्नेहरु वान्ता गरेरै फर्के रे । होला पनि नेकपाका फुकिडल प्रवक्ता प्रकाण्डले चन्दा असुलेर आतंकित बनाकाले प्रक्राउ ग¥या रे । बालक अपहरणमा संलग्नलाई प्रहरीले सुइँक्याई दिएको फेक इन्काउन्टर हैन रे । गोरे र सुनकाण्डमा सबैले ङ्याउ ङयाउ गरेको सुनेसी त्यसको पनि अनुसन्धान भैराख्य छ रे । जनयुद्ध लडेर घरेलु मन्तरी भा’का बादलले केही कुछ गर्लान् कि भन्ने घण्टाघरलाई लाइराथ्यो । तर उनीपनि कमल थाकै लाइनमा भर्ना भएछन् क्यारे । बोल्ने मामलामा आकाश पाताल जोड्ने तर काम भने सिन्को नभाँच्ने । अब त नेप्लिज जन्तालाई जुन जोगी आए नि कानै चिर्या जस्तो लाग्न थाल्या छ ।
छ्यास्स गर्दा सिंगापुर
अस्तिका दिन शेरबहादुर माने लाँग्रेसका सभापतिलाई छ्यास्स पेट दुखेछ । त्यसपछि उनी सिंगापुरको मार्चपासमा आÏना नन्दीभृंगीहरु च्यापेर निस्किए । केही दिन अगाडि झालेमालेका झल्लाभलुको खै त्यो केजातिमा पथरी भएछ ती चाइनातिर तन्किए । यसरी तन्किनेहरुको सूचि लामै छ । किन नतन्किउन त तिन्का बाजेको केही जाँदैन । सिटामोल खान नपाउने जन्ताले ति¥या कर छँदैछ । यिन्ले त बस दुख्यो, च्यास्स ग¥यो भनेर मुख बाइदिए पुग्छ । क्या हाइसञ्चो ? अब देखि दशैमा आÏना सन्तानलाई अर्शीवाद दिनु प¥यो भने पछि गएर देशको नेता बनेस भन्नु पर्ने भयो । नेता भएसी’ सबै कुरा फ्रि † स्वदेशमा बस्दा आवास फ्रि, गाडी फ्रि, इन्धन फ्रि, भत्ता ओइरिएको औइरियै, छ्यास्स गर्दा विदेशमा उपचार फ्रि । अनि नेता बनेस भनेर आर्शीवाद दिनु परेन त ?
बाउरामलाई चिन्ता
सर्पले सर्पको खुट्टी देख्छ भन्थे हो कि क्या हो ? यतिबेला सत्तामा बस्ने कम्युनिस्ट सरकारले सत्ता भन्दा बाहिर बसेका कम्युनिस्टहरुलाई धुलो बनाउन थाल्या
छन् । सडकमा हिड्ने कम्युनिस्टलाई जहाँ देख्यो त्यही झट्ट समात्नु भन्ने घरेलुु
मन्तरीले उर्दी नै जारी ग¥या छन् कि क्या हो ? एउटै थालाँ खाका, चुठेका मध्ये कोही सत्तामा पुगेर मन्तरी पल्टिया छन् भने कोही चाहिँ लखरक लखरक सडकमा झोला बोकेर हिड्या छन् । सडकमा हिड्नेहरुलाई सत्तामा बस्नेले देखि सहेका छैनन् । अस्तिका दिन खड्गबहाददुर विश्वकर्मालाई क¥याप्पै अँठ्याए, जिल्ला जिल्लातिर पनि त्यसैगरी अँठ्याउदै छन् । सबै कुरा टुलुटुलु हेरेका बाउरामलाई छट्टपट्टी शुरु भा’छ । एउटा कम्युनिस्टले अर्को कम्युनिस्टलाई हत्कडी लगाउन मिल्छ भनेर विचरा कुलिएका कुर्लियै छन् । बाउरामको कुरा मार्केटमा विक्री भए पो ?
टेरेनन् रे
प्रदेश सरकारको निर्नयलाई सरकारी कार्जालयहरुले घाँस हाल्देछन् । माने टेर्दै
टेरेनछन् । बेकामे परदेश सर्कारको निर्नयलाई सरकारी कार्यालयहरुले टेर्नु पर्नै कारनै थिएन ट्वाइलेट उद्घाटन गर्ने दौरा शुरुवाल भिरेर महँगो पजेरो चढेर हिड्या छ, धान रोपाइको उद्घाटन गर्न हिड्या छ, सुंगुरको खोर उद्घाटन गर्न हिड्या छ । एकातिर पजेरोको बेइज्जत अर्कातिर राज्यको सुरक्षेकर्मीको
दोहन । ए बाबा † गतिला काममा हिड्या भए पो तिन्ले ग¥या निर्नय सरकारी कार्यालयका कर्मचारीले मान्नु ? मान्दैनन् अनि प्रदेशको सरकार हाम्रो आदेश टेरेन भनेर ठुस्केर बस्या छ । किन ठुस्किनु ? काम लाग्नेको पो आदेश मान्छन् त बेकामेको किन मान्नु कि कसो
हौ ?
चा“दीको खड्कुलोमा गोडधुवा
यतिबेला चाँदीको खड्कुलोमा गोडधुवा भन्ने शब्द खुब चलनचल्तिमा आ’छ । किन नआओस् त ? यसका पछाडि महान
गौरवशाली पार्टीका पूर्व अध्येक्षे हाल नेकपाका दोस्रा अध्येक्षे प्रचण्डाउको समेत नाम जोडिएको छ । लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा मुद्दा जिताइदिन पर्धान न्यायाधीशलाई १० करोड चाँदीको खड्कुलोमा गोडधुवा दिन लाग्या रै’छन । शुशिला र तिन्का पतिले ठाडै अस्विकार गरेछन् । ग्रायन्ड डिजाइन त प्रचण्डाउ नै रै’छन् । त्यत्रो दश करोड दिँदा किन नलिएको भनेर सोधेछन् । सिुशिलाले नि भन्दिछन् घुस खाइँदैन । उन्ले १, २ ठाममा १० करोडको प्रसंग पनि कोट्याइदिइछन् । त्यसपछि प्रचण्डाउ सुशिलासँग दुरै बस्न थालेछन् । १० करोड प्रचण्डाउले भेट्या भे त्यसै बेला हाम्म पार्थे । क्या गजब छ वा †
जुन थालमा खायो…..
हाम्रा गामघरतिर एउटा उखान छ जुन थालमा खायो त्यसैमा आची गर्ने । अब हाम्रा एक जना मन्तरीलाई हेरौ । यतिबेला उनी केपी ओलीको मन्त्री मण्डिलमा अनेकौ तिकडम गरेर पुग्या छन् । सत्तामा पुगेसी’ बाहुनहरुले गर्दा यो देशको विकास नभा’ भनेर एउटा भाषन ठोकेछन् । यसैलाई भन्छन् जुन थालमा खायो त्यही थालमा विस्ट्याउने । बाहुनै नेतृत्मा भएको
सरकारमा जान राँडे रुवाई गर्ने । मन्तरी भैसकेसी’ त्यतैतिर फर्केर ढ्याउ गरेर
डकार्ने । वाह † यस्तै पारा हो भने कुन दिन वाहुन सरकारलाई कन्सिरी तात्तिएसी जोर लात्ती बजाउँछन अनि तिनका गाँड गधन दोब्रिन्छन् । नमक खाएसी नमकको सोझो त गर्नु प¥यो नि । नमक हललाल त हुनु भएन नि ।
राजीनामा माग
रावणले मर्ने बेलामा रामलाइ भन्या थे म तिमी भन्दा विद्वान छु, तिमी भन्दा बलवान पनि छु, तिमी भन्दा ठूलो र्पावल मसँग छ, तिमो अयोध्यामा नभएको सुनको लंका मसँग छ तिमो भन्दा धनी राज्य
मेरै छ, तिम्रा सेना भन्दा ठूलो र बलवान सेना मसँग छ तर पनि मैले तिमीसँग
हारे । किन हारे थाहा छ ? तिमीसँग तिम्रो भाई छ मसँग छैन । यतिबेला नकेपाका सांसदहरु आफ्नै अर्थमन्त्रीको राजीनामा माग्दैछन् । विकास काले विपरीत बुद्धि भन्या यही हो । पार्टीैमा कुनै योगदान नै नभएका खतिवडालाई अर्थमन्त्री बनाएसी’ उनेरलाई औडाहा भा’छ । बल्ल तल्ल पार्टीले वहुमत ल्या छ । मन्तरी बनमला भन्ने कत्रो धोको थ्यो । खतौडाकै कारण बृद्ध भत्ता नि काटियो । गाम घरमा वृद्धहरुले गाली गरेर उधुम छ । अनि तिन्का
पारो तात्दैन त ?
अन्तेमा
प्रदेश नं. १ का कानुनमन्तरी हिक्मत कार्कीले नेकक्पाका दोस्रा अध्यक्ष प्रचण्डाउलाई अस्तिका दिन दह«ै दनक
देछन् । नामै हिक्मत कामै हिक्मत, बोली नै हिक्मत, आटै हिक्मत । यति भएसी सिद्धि गयो नि । प्रचण्डाउले केही दिन अगाडि खै त्यो केजाति ठाउँमा गएर भन्देछन् प्रदेश नं. १ को नाम किराँत
राख्नुपर्छ । प्रचण्डाउले यसो भनेसी कार्की आगो भएछन् । उन्ले अस्ति आफ्नै घरेलुु बजार गौरादहमा पुगेर प्रचण्डाउले प्रदेशको नाम यो राख त्यो राख भन्ने अधिकार छैन । ९३ जना प्रदेश सदस्य आफै समक्षम छन् । के नाम राख्दा हुन्छ त्यसमा कसैले सिकाउनु पर्दैन भनेर झटारो हानेछन् ।

