लेखक, साहित्यकार एवम् कवि. प्रा.डा. गोपाल भण्डारी शुक्रबार बडो चिन्तित मुद्रामा हुनुहुन्थ्यो । त्यस दिन उहाँ कुनै विशेष कार्यक्रममा सहभागी हुन हेटौडाका लागि प्रस्थान गर्ने तयारीमा हुनुहुन्थ्यो । उहाँले आÏना झोला भ्याम्टा, केही लेख
रचना तयार गरेर बस्नु भएको थियो ।
अचानक खबर आयो उहाँका साइला काकाको असमायिक निधन भयो । हठात उहाँका नौनारी गले र आफन्त गुमाउनुको पीडा उहाँमा प्रष्ट देखिन्थ्यो । एकातिर आफ्ना काकाको निधनले उहाँलाई मर्माहत बनाएको थियो भने अर्कातिर घरानबाट सहभागी हुन विशेष अनुरोधका साथ वीरगञ्जमा हुने नेपाल भारत साहित्य महोत्सव २०१८ मा निम्त्याए पनि सहभागी हुन नपाएको
पीडा ।

नेपाल र भारतका बीचमा साहित्यिक वातावरण प्रवद्र्धन गर्न, संसारलाई नै हरित क्रान्तिमा सहभागी गराउने उद्देश्यका साथ सन् २०१७ देखि शुरु भएको नेपाल भारत साहित्य महोत्सवको दोस्रो संस्करण नेपालको विरगञ्जस्थित जैन भवनमा सम्पन्न भएको छ । Nepal-Bhatar literary Festival 2016 यस भन्दा अगाडि उत्तर प्रदेशको मरेठमा सम्पन्न भएको थियो । त्यसबेला धरानबाट प्रा.डा. गोपाल भण्डारी, विराटनगरबाट दधिराज सुवेदी, गंगा सुवेदी, गोकुल अधिकारी, राधिका गुरागाइ,राजेन्द्र गुरागाई, ऋषिदेव घिमिरे सहितको पूर्वेली साहित्कार तथा कविहरुको टिम सहभागी
रहेको थियो । पछि डा. भीम खतिवडा समेत पुग्नु भएको थियो ।

नेपाल भारत साहित्य महोत्सवको शुभारम्भ डा. विजय पण्डित र पुनम पण्डितले गर्नु भएको हो । उहाँहरु दुवै श्रीमान श्रीमति हुनुहुन्छ । मरेठ ठूलो सहर नभए पनि त्यहाँ रहेको मरेठ विश्वविद्यालय र भारत स्वतन्त्रताका लागि हजारौ मरेठीहरुले हाक्काहाक्की सहादत प्राप्त गरेको स्थान भएकोले भारतमा मरेठको आफ्नै उच्च पहिचान छ । पण्डित दम्पतिले मरेठमा क्रान्ति धरा मरेठ साहित्य समूह समेत गठन गर्नुभएको छ । उहाँहरुको नेपालका लेखक साहित्यकार, कविहरुसँग राम्रो सम्पर्क रहेको र सम्पर्कको सुत्रधार कवियित्री अनिता अर्याल भएकोले त्यसबेला नेपालबाट ५० जना भन्दा बढी लेखक, साहित्यकार, कविहरु
मरेठ पुग्नु भएको थियो । मरेठ विश्वविद्यालयमा दुई दिनसम्म साहित्यिक महोत्सव चलेको थियो । हाल वीरगञ्जमा सम्पन्न भएको दुई दिने महोत्सवमा नेपाल र भारतका विभिन्न प्रान्तबाट गरी झण्डै दुई सय भन्दा बढी कवि तथा कवयित्रीहरुको सहभागिता रहेको थियो । ग्रिन सोसाइटीका संयोजक डा. विजय पण्डितको अध्यक्षतामा सम्पन्न उक्त महोत्सवमा पूर्वबाट विवश पोख्रेल, गोकुल अधिकारी, देवी पन्थी, झापाबाट शिव प्रणत, नेपालगञ्जबाट सनत रेग्मी, चितवनबाट गोर्खे साइला र काठमण्डौबाट समेत ठूलो संख्यामा कवि तथा साहित्यकारहरुको सहभागिता रहेको थियो । अधिकांश लेखक तथा कविहरुले आफ्ना प्रकाशित कृतिहरु समेत साथमा लिएर गएका थिए ।

