असी लिटर स्वात्तै
प्रचण्डाउ वडा चतुर खेलाडी हुन भन्ने कुरा सबैलाई थाहा छ । जस्तो आागन त्यस्तै नााच्न सक्ने खुवी प्रचण्डाउमा छ । झण्डै दुईसाता अगाडि प्रचण्डाउ ऊर्जा बटुल्न भन्दै आफ्ना केही नन्दीभृंगीहरु लिएर
रोल्पातिर हान्निएका थिए । उन्ले
रोल्पामा ऊर्जा प्राप्त गरे गरेनन् उनै जानुन तर कोदो माइसिनको भन्ने उनले भरपुर उपयोग गरेछन् । काठमाण्डौमा रेडलेवल, ब्लाकलेवल तन्काउने प्रचण्डाउले रोल्पालीका अगाडि ठिक्क पार्दै कोदो साइसिन नै घुट्क्याइ दिएछन् । खसीका चोक्टा र एकै रातमा ८० लिटर कोदो माइसिन दन्काइदिएसी’ सागै गएका पासाङ्गले पनि एक वित्ताको जिब्रो निकालेछन् । उनकी श्रीमती Ïलााट । सागै गएका पुत्र प्रकाशले त झन चार दिनको बसाईमा पानी पिउनै बिर्सिएछन् । जतिबेला प्यास लाग्यो कोदो माइसिन घुट्क्याइ हाल्यो । जे होस् प्रकाशले बाबुको अर्थोक बिडो थाम्न नसके पनि कोदो माइसिनको सवालमा भने विडो थाम्ने पक्का छ रे ।
कालो बाबु
लालबाबु अस्तिका दिन
इटहरीमा झण्डै कालो बाबु भए । माने लालबाबु पण्डित । इटहरीको तालतलैमा भोज खान जिब्रो पड्काउदै इटहरीबाट मास्तिर हान्निएका पण्डित चढेको गाडीलाई अर्को गाडीले छिसिक्क छोइदियो । चल अब । सञ्चारकर्मीले भंगेरे अक्षरमा समाचार बनाइहाले । यिन्का शरीरमा कतै कही खोस्रिएको सम्म थिएन । तर यिन्को अनुहार हेर्न लायक थियो । डल्ली भैसीको गोबरले पोतेको जस्तो यिन्को अनुहार त्यसदिन अझ हेरिसक्नुको थिएन । प्रहरीले त्यस्त्रो स्कर्टिङ्ग गर्याथ्यो । सुरक्षे व्यवस्था कडा थियो, अघिपछि कार्जैकर्ता थिए, सरकारी कर्मचारीहरु हात माड्दै दौडिएका थिए । तै पनि उन्को गाडीलाई अर्को गाडीले छिसिक्क छोइदियो भने हल्का चुम्बन गरिसिदयो । धन्न सर्वसाधारणले कसरी यात्रा गरेका होलान् ? अब त मन्त्रीले भेउ पाए होलान् नि ।
तरुण र नेविसंघमा रोग
नेप्लीज लााग्रेसको भाते संगठत तरुण दल र नेविसंघमा यतिबेला अज्ञात रोग लाग्या छ । आफूमा लागेको रोगबाट उन्मुक्ति पाउन नेविसंघले सातपटक प्रयास गरिसकेको छ भने तरुण दलले चारपटक । माने नेविसंघको महाधिवेशन सात पटक स्थगित भैसकेको छ अनि तरुण दलको चारपटक महाधिवेशनको मिति तोक्यो, अब चाहिा पक्का हुने भयो भन्यो अन्तेमा स्थगित । विचरा विद्यार्थी र तरुणहरु आजित भएर अस्तिनैका दिन बाल्वाटार र सानेपातिर नारा जुलुस गर्दै पुगेछन् । सुशिल दा’ बूढो शरीर घसार्दै कहिले सम्मेलन स्थल निरीक्षण गर्न पुग्छन् भने कहिले आफ्नै कार्यककक्षमा बसेर निर्देशन दिन्छन् । उनलाई मंसिर १२ गते सम्म कम्ता भुर्न हत्ते छैन । छ्यास्स कही बिग्रियो भने दा’कै टाउकोमा आइलाग्छ । बरु भाते संगठनहरुको आफूमा लागेको रोग आफै केही दिन पालेरै राख्दा बेस । सार्क भन्दा ठूलो त महाधिवशन पक्कै होइन क्यारे । कि कसो हौ ?
ओलीको बोली
अस्तिका दिन ओलीले पश्चिमतिर गएर गर्जदा आफूलाई क्रान्तिकारी हुा भन्ने मुरख विद्वान बाउराम भट्टराई कहालिदै सुचने माने सुभाष चन्द्र नेम्बाङ्गको शरणमा पुगेछन् । ओलीको बोली र गर्जनका सम्बन्धमा सबैलाई थाहै छ ।
राजनैतिक विवाद समाधान समितिको अध्येक्षे भएर वरको सिन्को पर सार्न नसकेपछि ओलीलाई भट्टराईसाग पारो चढेको रै’छ । त्यस्ता पाादुरे अध्येक्षे छान्न नै गल्ति भएको र भट्टराई विनै संसदमा प्रस्ताव लगेर माघ ८ मै संविधान जारी गर्छुम भनेर ओली कड्किएपछि भट्टराईको सातो उड्या रै’छ । धन्न सुचनेले थामथुम पारेर सातो बोलाइवरि पठाइदिएछन् ।
ढाडिनसम्म ढाडिए
खाने मुखलाई जुागाले छेक्दैन भन्ने उखान यतिबेला नेपालका नम्मरी भ्रष्टहरुमा लागू भएको छ । काठमाण्डौमा सार्केश्वरको दुईदिने मेलाका लागि राज्येकोषबाट खर्लप–र्खलप रकम निकालेर बजाउन पाएसी सबै गमक्क फुलेका छन् । कुनै योजना छैन, नाप नक्सा छैन, प्राविधिक डिजाइन छैन रकम माग्यो बजायो । हाम्रा अर्थमन्त्री पनि स्वााठै रै’छन् । जस्ले जति माग्यो त्यति दिने हो त ? मेलामा आउने सात देशका प्रमुखहरुलाई देखाउनैमात्र झण्डै ३ अर्ब खर्च गरेपछि सिद्धिएन ? यतिबेला काठमाण्डौका मानिसले पानी खान पाएका छैनन्, सरकार भने ट्याकरमा किनेर सडक धोइरहेको छ । बाटा घाटाहरु दुईदिनको रामछाया भनेझै चिरिच्याट्ट बनाइएका छन्, जंगलका विरुवा उखेलेर ल्याएर सडकमा दायाबााया रोपिएका छन् । सार्क सिद्धिएपछि उही हो । ज होस् सार्केश्वरको नाममा कमाउ धन्दाले राम्रै गति लिएको छ ।
माकुने पनि सनक्क
पुंग न पुच्छरको गफ गर्ने झालेमालेका नेता माकुन्याउलाई कहिलेकाहीा के को छााटा खनिन्छ कुन्नि ? अस्तिका दिन हस्याङ्गफस्याङ्ग गर्दै आफ्नो गृह जिल्ला रौतहट आएका माकुन्याउले भने राजनीतिक जटिलताका मुख्य दोषी प्रचण्डाउ हुन् रे । प्रचण्डाउले केही दिन अगाडि हिजोसम्म सडकमा विराला र मुसाका शव देखिन्थे अब कााग्रेस र एमालेको शव देखिन्छ भनेर भाषन ठोकेका थिए । प्रचण्डाउको त्यो भषनले माकुने थर्कमान भएछन् कि क्या हो ? उन्ले त्यस्तो भाषनबाट एमाले डराउादैन भनेर किन फलाकी रहनु पथ्र्यौ ? नडराउने भए फलाकी रहनै पर्दैनथ्यो । आखिरी डर भन्ने कुरा न हो । न देखाउन मिल्छ, न लुकाउन मिल्छ । खै माकुन्याउ सन्किएका हुन् कि थर्किएका हुन् ? भगवान जानेस् ।
फुट्ने भए
नेपालका कम्युनिस्टहरु टुक्रिएरै सिद्धिने भए । प्रचण्डाउ अध्येक्षे भएसी फुटेर जानेहरुको लर्कै लागेको थ्यो । पहिला मणि थापा, त्यसपछि मात्रिका, त्यसपछि वैधाउ फुटेर गए । अब फुटमाथि उपफुटको क्रम शुरु भएको छ । अब वैधाउबाट नेत्रविक्रम चन्द फुटेर जाादैछन् । नेत्रविक्रम चन्द लगायतलाई जंगलको धंगधंगीले अहिलेसम्म छोडेकै रै’नछ । वैधाउ र अरु माउवादीलाई उहिले सहरले लोभ्याइ सक्या रै’छ । अब सहरको उठबसबाट बिग्रिएका वैधाउहरु जंगल पस्नै नसक्ने देखेसी चन्दहले पार्टी फोडेर जंगल छिर्न लाग्या
रै’छन् । यता बूढो एमाउवादीमा भट्टराई बटारिएका बटारियै छन् । कुन बेला प्रचण्डाउलाई छोडेर बाउराम पनि चल्दिने हुन टुंगो छैन ।
पहाड नजोड
मधेशको मात्र मुद्धा उठाउदै आएका मधेशी नेताहरु यतिबेला आ–आफ्नै गााड कोराकोर गर्दैछन् । कोही सिागो मधेश एक प्रदेश हुनुपर्छ भन्छन्, कोही ३ वटा सम्म प्रदेशमा नभए आन्दोलन गर्ने धम्की दिन्छन् । मधेशी मधेशीबीचमै प्रदेशको सवालमा गााड कोराकोर भइरहेको बेला काााग्रेस एमालेले उत्तर दक्षिण प्रदेश बनाउनुपर्छ मात्र के भनेका थिए केही मधेशी नेता झसंग हुन पुगे । यतिबेला उनीहरु पहाड नजाने बरु तराई फोड भन्दै कोकोहोलो मच्चाउन थाल्या छन् । पहाडदेखि मधेशीलाई कत्रो डर ? पहाड पनि त नेपालकै हो । पहाड भन्यो कि यिन्का शरीमा कााडा उम्रन्छन् । अब मधेशीलाई तर्साउनु पर्यो भने पहाड भन्नुपर्छ बातै खलास ।
