हङकङद्वारा नेपाल २ विकेटले पराजित

अन्तर्राष्ट्रिय मान्यता प्राप्त टी–२० क्रिकेट नेपाल हङकङसँग २ विकेटले पराजित भएको छ ।
नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले मात्र अन्तिम बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टाायो । उसका लागि मध्य क्रमका व्याट्सम्यान अनास खान र अहजाज खानले समान २१/२१ रन जोडे ।
नेपालका शक्ति गौचन र सागर पुनले समान २ र २ विकेट लिए भने सोमपालकामी, अमृत भट्टराई र पारस खड्काले १/१ विकेट लिए ।
यसअघि कोलम्बोको पी सारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । ओसिलो मैदानमा टस हार्नु नेपालका लागि निकै घातक बन्यो ।

तपाईको प्रतिक्रिया