धरान÷ गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको दुई दिने नेपाली लोक सास्कृतिक नृत्य कार्यशाला आईतबार सम्पन्न भएको छ ।
नेपाली लोक साँस्कृतिक नृत्यको जगेर्ना गर्ने उद्देश्यले धरानमै पहिलो पटक गरिमाले आयोजना गरेकोे सो कार्यशालामा नेपाली लोक सँस्कृतिक नृत्य अनुसन्धानकर्ता रोचक थापाले प्रशिक्षण दिएका थिए ।
धुलिखेल समाज धरान २ को सभाहलमा भएको सो कार्यशालामा सुनसरी, मोरङ र झापाका ३५ जना नृत्य निर्देशकहरु सहभागि रहेको गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुले बताए । शनिबार र आईतबार गरि दुई दिनसम्म भएको सो कार्यशालामा सहभागिहरुले नेपालका विभिन्न जात जातिको नृत्यबारे सैदान्तिक र प्रयोगात्मक ज्ञान लिनुको साथ साथै भेषभुषा, गरगहना, पहिरन आदि बारे समेत ज्ञान लिएको गरिमाका नृत्य निर्देशक एवं छमछमी सिजन ३ की फस्ट रनरअप मनिता राईले बताईन्््् । कार्यशालाको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमुख अतिथी टंकप्रसाद न्यौपाने तथा प्रशिक्षक रोचक थापाले प्रमाण पत्र बितरण गरे । गरिमाका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा भएको सो कार्यक्रममा नृत्य निर्देशक देब खड्का, सरस्वती योगी, वुद्धआदर्श बोडिङ स्कुलका प्रिन्सिपल दिलिप योगी, महिला शक्ति समाज नेपालकी अध्यक्ष अन्जना राई साथै
धरानका विभिन्न डान्स सेन्टरका नृत्य प्रशिक्षक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्जु राईले गरेकी थिइन् ।

