घण्टाघरबाट हेर्दा

बेकामे सांसदको बकबक
कम्बल ओढेर घ्यु खान माहिर मनिएका नेप्लिज कँग्रेस सुनसरीका पर्यटकीय, बेकामे बकबके सांसदको कुरा सुन्दा घण्टाघरलाई हिजो आज कुरी कुरी लाग्न थाल्या छ । पर्धान न्यायाधीशमा दिपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्विकृति गरेसी’ मालदार काँग्रेसीहरुलाई सानो छटपटाहट भा’छैन । अझ पर्यटकीय सांसद ज्ञानेन्द्र कार्कीलाई पर्नु पीर प¥या छ । फेद न टुप्पाको शैक्षिक पर्मानपत्र, जन्ममिति भएका जोशीलाई अस्विकृत गरेसी कार्कीले भनेछन् कम्युनिस्ट
सरकार संविधानवाद र न्यायिक स्वतन्त्रतामा विश्वास गर्दैन । कार्कीको कुरा सुन्दा काँँग्रेसीहरुकै कन्सिरी तातिएर आउँछ । आÏनो पक्षेमा निर्नय नगरेको भन्दै आपूm सत्तामा हुँदा सुशिला कार्कीमाथि महाअभियोग लगाउने मध्येका एक जना सुत्रकार कार्की पनि थिए । अघिको कुरा बिर्सिने अनि अहिले बकबक गर्ने ? हगिसक्यो दैलो देख्यो भन्या यही हो ।
अलिकति तंग्रेछन् रे
नेपालीहरुले पर्धानमन्तरी चाहिँ नपाउनुका पाएका छन् । काम नगरे पनि जनतालाई रुवाएका छैनन्, हसाएका छन् , हसाएका छन् । हिजोका पर्धानमन्तरीहरुले कम पनि गर्न सकेनन् अहिले हँसाउन पनि सकेनन् । कहिले रेल कुदाई दिन्छु भनेर हँसाउछने कहिले पानी जहाज दौडाइदिन्छु भनेर हँसाउँछन्े कहिले के भन्छन कहिले के भन्छने । जे होस् हँसाउनचाहिँ छाड्या छैनन् । दुईै तिहाई बहुमतको विस्तारामा पल्टिएका पर्धानमन्तरीले अस्तिका दिन काँग्रेस त अलिकति तंग्र्रिएछ भने । अब काँग्रेस माइतिघर वरिपरिमत्र सीमित भयो भनेर बोलेका खप्रओले काँग्रेसले १५ गते ७७ वटै जिल्लामा जुलुस आमसभा निकालेसी खपओले अलिकति तंग्रेसछ भन्देछन् । सबै जिल्लामा त्यस्त्रा त्यत्रा जुलुस निकाल्ने ल्याकत भएको कँग्रेस अलिकति मात्र तंग्रियो भन्या सुन्दा नहास्ने को होला ? अब काँग्रेस पूर्प रुपमा तंग्रिन सधै नाराजुलुस गर्नुपर्ला जस्तो पो छ ।
पेपरलेस मन्त्रिपरिषद्
गोडा चारेक महिनामा नेपालको मन्त्री परिषद्ले गतिलै फड्को मारेछ ।
राजधानीकै सडकमा हिडिसक्नु छैन जताततै भ्वाङ्ग प¥या छन्, सामुदायिक विद्यालयमा छाना नभएकोले पानी चुहेर विद्यार्थीहरुले पढ्न पा’छैन, भोकमरीले गरिब जनता छटपटाएका छन् । तर मन्त्री परिषद् बैठक पेपरलेस माने ल्यापटपमय भएछ । वाह † देशले फड्को मा¥या छैन भनेर अब कस्ले भन्न सक्छ ? बेलायत, अमेरिका, भारत लगायत संसारका शक्तिशाली देशको मन्त्री परिषद्का बैठक अहिले पनि पेपरमय नै छ । तर नेपालको मन्त्रिपरिषद् पेपरलेस अब कसैले मन्त्रीहरुलाई औठा छाप वाला छन भनेर भन्नै सक्दैन । उनीहरु फिटिटिटि कम्प्युटर चलाएर काम गर्छन् । पर्धानमन्तरीलाई कक्षा ८ मात्र पढेको भनेर व्यंग्य हान्नेहरुको त झन यतिबेला नौनारी गल्या छन् । जे होस् हाम्रा मन्तरीहरुको प्रगतिलाई मान्नैपर्छ ।
खोया विर्के
समान्ये पर्शासन मन्तरी लालबाबु पण्डितलाई सबैले सोझा, इमान्दार, छलकपट गर्न नजान्ने, धुत्र्याई बुद्धि त झन हुँदै नभएका भनेर प्रशंसा गर्थे साँच्चै हो रै’छ । चुनाउमा पोइसो छैन भनेर चन्दा संकलन गरेका लालबाबु पण्डितले सम्पत्ति विवरण सर्वाजनिक गर्दा सबै छाँगाबाट खसे । मान्छे कालबाबु माने काला भए पििन नाममात्र लाल बाबु
रैछन् भनेर अहिले आएर सबैले बुझे । तिनै कालबाबु अस्तिका दिन पोखरातिर पुगेर नेपालका सबै पत्रकारहरलाई अपानवायु बन्द हुने गरी सक्तो सरापेछन् । उन्ले भन्या नेपालका पत्रकारहरु भतुवा हुन् एक ट्वाक खोयाविर्के पाए भने नभएकोलाई नि भएको भनेर समाचार बनाएर छाप्दिन्छन् । लालबाबु आच्या कालबाबुले क्या काइदा गफ गरे । कागले आफ्नो नाम आफै काढ्छ भन्या यही हो । कि कसो हौ ?
पर्साई लापत्ता
हाम्रा गामघरतिर थुनुतो र त्यो के जाति जोगाउनु नत्र दुःख पाइन्छ बाबै भन्थे हो रै’छ । अब हेरम न खप्रओ र प्रचण्डाउलाई मार्सी चामलको भात खुवाएर दंगदाश बनाएका विएण्डसीका ८ कक्षा पास गरेका दुर्गा प्रसाई यतिबेला लापत्ता भा’छन् । बंगलादेशमा पढ्ने विद्यार्थीहरुले प्राध्यापकहरुसँग रासलीला नमच्चाए सर्टिफिकेट नै पाउँैनन् भनेर बोलेसी प्रसाईलाइ साढे सतिले अँठ्याई हाल्यो । बोल्दा कम्ती मज्जाले उफ्री उफी बोल्या थे’नन् तर देश विदेशबाट विरोध, कारबाही र तिनका विरुद्ध उजुरी पर्न थालेसी’ उनी एकाएक गायव भा’छन् । उनकै लोलीमा बोली मिलाउँदा कानुनमन्त्री चिलिम च्वाट भए । अब मेरो खैरियत छैन भनेर प्रसाई लापत्ता भा’ हुन रे । सरकारमा बस्ने र नबस्ने दुवै अधयेक्षेलई हल्लाउन सक्ने खुशी भा’ प्रसाईलाई पुलिसले के अँठ्याउन सक्ला र ? जे होस् थुतुनो नसम्हाल्दा हाललाई प्रसाई भने लापत्ता भा’छन् ।
भिजेको विरालो
समय असाध्यै बलवान हुन्छ भन्थे हो रै’छ । समयले कस्ता कस्ता मै हुँ भन्नेलाई सडकमा ल्याइ द्ेया छ भने सडकमा भएकाहरुलाई माथि पु¥याइद्या छ । अब नेक्पाका दोस्रा नेता प्रचण्डाउलाई नै हेरम न । हिजोका सिंह जस्ता प्रचण्डाउ आज भिजेको विरालो जस्तै भ’छन् । कुम हल्लाई हल्लाई भाषन गर्ने प्रचण्डाउ आज जुँगा नि हल्लाउन नसक्ने चिम्सारे भा’छन् । अस्तिका दिन वाल्वटाराँ प्रथम अध्येक्षे खप्रओले सरकारको विरोधमा अनसनमा बस्या गोविन्द केसी, आन्दोलनमा गाका सुशिला कार्की, कृष्ण पहाडी, रविन्द्र मिश्र लगायतकालाई किन भेट्या भनेर खम्ला झै गरेर स्पटकीकरन सोधेछन् । लारायन काजी नि के कम उनेरु सबै ठीक छने् त्यसैले भेट्या भन्देछन् । तित्राको थुतुनो जस्ता खप्रओले फेरि नि सातै लिने गरी भपारेछन् । नजिकै दोस्रा अध्येक्षे प्रचण्डाउ चुई सम्म बोलेनछन् । त्यसपछि लारायन काजीले ड्याम्म राजीनामा ठोक्दे छन् ।
कामै गर्न देनन्
हाम्रा पर्धानमन्तरी खपओे अस्तिका दिन साह«ै ुगुनासो गरे । मलाइ काँग्रेसले कामै गर्न दिएनन् भनेर आाफ्ना हुक्के ढोके बैठककेलाई सुनाएछन् । घण्टाघरले नबुझ्या चाहिँ के हो भने खप्रओलाई काम गर्न कँग्रसले कहिले बाधा ग¥यो कुन्नि ? देशभरिका सडकका खाल्डामा मान्छे चीर लिएर टुइँके भाँज्या भाँच्यै छ, मूल्यबृद्धि भाको भई छ, भ्रष्टाचार बढ्या बढ्यै छ सडक बनाउनु प¥यो मूल्यबृद्धि रोक्नु प¥यो, भ्रष्टलाई कारबाही हुनुप¥यो भनेर काँग्रेसका छाउरा उपै्रmदा त सहयागै गरेको मान्ने पर्ने हैन र ? उल्टै सडकका खिल्ला मैले बना हो र पुर्ने भनेर जवाफ देसी’ बातै खलास भएन र ? पर्धानमन्तरीको बुद्धि मार्सी चामलले भुट्या हो कि क्या हो ? नत्र खप्रओ विकास गरम भन्ने मान्छे नै हुन । हुन त सगत गुणाको फल भन्छन् मार्सीको भात बजाएदेखि हाम्रा पर्धानमन्ती उल्टा उल्टा गफ जोत्न थाल्या छन ।
अन्तेमा
रोगी नेताका कारण समृद्ध नेपाल भन्ने कुरामा अब सबैलाई आशंका लाग्न थाल्या छ । हुन त आफना हात जगन्नाथ भन्ने एउटा उखान छ ।
राज्यको ढुकुटी नै रोगी नेताहरुको हातमा छ छिसिक्क अण्डकोष दुख्यो, सुन्नियो, चटक्क टाउको दुख्यो हाच्छिउ आयो, दुई चार पटक ख्वांक खोजी लाग्यो, मार्सी चामलको भात र विदेशीको झोल नपचेर वायु आएन गिलो आची भयो, बट्कौलाले आची भयो राज्यको ढुकुटी खेतल्यो । भुक्के चप्पल लगाएर राजधानी छिरेका नै यस्ता भिआइपी रोगीले ढुकुटी दोहन गर्न छाड्या छैनन । त्यस्ता रोगी भिआइपीहरुमा काँग्रेस र कम्युनिस्टले रेकड नै बनाएका छन् । अनि फुइøया आउँछ सम्बृद्धि ।

तपाईको प्रतिक्रिया