धरान÷विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले धरान फुटबल फ्यान कलबले आयोजना गरेको समर फुटबल प्रशिक्षण क्याम्प उपलब्धी मुलक भएको दाबी आयोजकको छ ।
क्लबले आज प्रशिक्षण कार्यक्रममा भएको हिसाव किताब सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । गर्मी विदाको सदुपयोग गर्दै ाआयोजना गरिएको १० दिने क्याम्पमा धरानका विभिन्न विद्यालयका २ सय ३९ विद्यार्थीले सहभागिता जनाएको बताउदै यसले खेलप्रति रुची राख्ने विद्यार्थीलाई ठूलो सहयोग पुगेको क्लबका सचिव रामकृष्ण खड्का बताउनुभयो ।
गत साउन ६ देखि १५ गतेसम्म सञ्चालन भएको सो प्रशिक्षण कार्यक्रममा फुटबल सिक्ने धेरै विद्यार्थीहरु भविष्यमा गएर राष्ट्रिय खेलाडी हने क्षमता भएको प्रशिक्षणका संयोजक हेम गुरुङले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा ७ बर्षदेखि १८ बर्ष सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई फुटवलका पूर्व राष्टिूय खेलाडी, एफसी लाइसेन्स भएका प्रशिक्षकहरुले प्रशिक्षण दिएका कारण यो प्रशिक्षण लाभदाय भएको बताउदै भविष्यमा पनि विदाको समय पारेर विद्यालय स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिने संयोजक गुरुङले बताउनुभयो ।
सो क्रममा उनीहरुले प्रशिक्षणका क्रममा आयव्यय समेत प्रस्तुत
गरेका थिए । आयतर्फ १ लाख ९९ हजार ७ सय र व्ययतर्फ १ लाख ८१ हजार ७ रुपैया भएको र कुल बचत क्लबलाई १८ हजार रहेको क्लबका सचिव खड्काले जानकारी दिनु भएको थियो । सोही कार्यक्रममा क्लबका सदस्यहरुले मृगौला खराब भएका
धरानका अग्रज पत्रकार प्रवीण
राईको सहयोगमा ५ हजार ५ सय ५५ रुपैया सहयोग समेत गरेका थिए ।

