नक्कली औषधिको कारोबारी अग्रवाल प्रक्राउ

धरान÷प्रहरीहरुसँगकै मिलेमतोमा लामो समयदेखि लागू औषधको ओसार पसार र विक्री वितरण मात्र नभई नक्कली औाषधिमा सक्कली औषधिको लेवलिङ्ग गरी सिल्लीगुढीबाट धन्दा सञ्चालन गदै आएका जीवन अग्रवाललाई मोरङ्ग प्रहरीले विराटनगर वडा नं. २० बाट आइतबार प्रक्राउ गरेको छ ।
लामो समयदेखि सुनसरीको धरानमा बसोबास गरेका अग्रवालले धरानको छाताचौकमा निकिता मेडिकल हल समेत सञ्चालन गरेका थिए । अर्काको लाइसेन्समा मेडिकल हल सञ्चालन गरेका अग्रवालले प्रहरीकै मिलेमतोमा लागू औषधको ओसार पसार, विक्री वितरण र नक्कली औषधीमा सक्कली औषधिको लेवलिङ्ग गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्र्र्रतिष्ठान, स्थानीय औषधि पसलहरु, विराटनगरको नोवेल मेडिकल कलेज, न्यूरो अस्पताल, दमक, विर्तामोडसम्मका औषधि पसलहरुमा औषधि सप्लाई गर्दै आएका थिए ।
मोरङ्गका डिएसपी घनश्याम श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रक्राउका समय निजका साथबाट विभिन्न औषधिका लेवलिङ्गहरु समेत बरामद गरिएको छ । ठूलो परिणाममा गुणस्तरहीन सिरिन्ज र अन्य औषधिहरु समेत बरामद गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । मानव शरीरमा गम्भीर प्रतिकूल असर पार्ने औषधिहरु, नेपालमा दर्र्तै नगरिएका औषधिहरु विक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले अग्रवाललाई प्रक्राउ गरेको र औाषधि व्यवस्था ऐन अनुसार निजमाथि कारबाही हुने डिएसपी श्रेष्ठले बताउनुभयो । धरानका व्यवसायीहरु भन्छन्, प्रक्राउ परेका जीवन अग्रवालमात्र हैन निजका बाबु चन्द्र अग्रवालले कहिल्यै सही काम गरेनन् । एक व्यवसायी भन्छन्, चन्द्र अग्रवाल धरानमा खानेपानी र विद्युतको फलामे पाइप चोर्ने धन्दामा कार्वाहीमा समेत परेका थिए । भारत सरकारले विरपुरमा विविध परियोजना सञ्चालन गर्न राखेका फलामे पाइप, छड रातारात गाडीमा लोड गरेर नेपालमा ल्याई बेच्ने गरेको धरानका व्यवसायी अझ पनि सम्झन्छन् ।
पाँच बर्ष अगाडि धरान छाडेर सिल्लीगुढी पुगेका अग्रवाल आफनो गोरस धन्दा सिल्लीगुढीबाटै सञ्चालन गर्दै आएका थिए । केही समय यता प्रहरीले अगवालको खोजीलाई तिब्र बनाएको थियो ।

तपाईको प्रतिक्रिया