ं धरान/ आज बालाचर्तुदर्शी । विशेष गरेर हिन्दु धर्ममा यस पर्वलाई महत्वको साथ मान्ने चलन छ । कृष्ण चर्तुदशी समेत परेकाले आज विशेष गरी मुलुकका विभिन्न शिवालयहरुमा शतवीज छर्नेहरुको भीड नै लागेको छ ।
यसै क्रममा धरानस्थित पिण्डेश्वरधाममा समेत सतविज छर्नेको भीड नै लागेको छ । बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ । सोही अनुरुप पिण्डेश्वर मन्दिरमा अघिल्लो दिनदेखि मुलुकका विभिन्न स्थानबाट आएर मन्दिर परिषरमा शतविज छर्नेहरुको जाग्राम बसेका थिए । जाग्रामबस्दा राती बत्ती समेत बालेका थिए यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने जनविश्वास समेत रहिआएको छ ।
पितृको आत्माले शान्ति पाओस् भनेर शतविज छरिएको पिण्डेश्वरमा आएका भक्तजनहरुले बताएका छन् । उनीहरुले आजको दिन पितृहरुलाई सम्झेर सतविज छर्दा पुण्य कमाउनुका साथै पितृहरुले समेत आफूहरुलाई आर्शिवाद दिने बताएका छन् ।
उनीहरुले हातमा सप्तबीज अर्थात धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो लगायतका अन्य छर्दै पिण्डेश्वरमा रहेको पिण्डेश्वरबाबा धाममा पूजाअर्चना समेत गरे । अत्यन्तै भीडभाड रहेको पिण्डेश्वर मन्दिरमा प्रत्येक बर्ष यस्तै भीडभाड हुने गरेको छ । त्यस्तै सुनसरीमा रहेको बराहक्षेत्र मन्दिरमा एक दिने मेला नै लाग्ने गरेको छ । बालाचर्तुदर्शीका दिन एक दिन प्रत्येक बर्ष मन्दिरमा मेला लाग्ने गरेको बराहक्षेत्र संरक्षण मञ्चका सदस्य धर्मराज तिम्सिनाले जानकारी दिनुभयो । भक्तजनहरु अघिल्लो दिन नै आएर मन्दिर प्रांगरणमा बस्ने गरेको उहाले जानकारी दिनुभयो ।
