देउसी खेलेर अपांग तथा अहासयलाई सहयोग

धरान/ धेरैजसोले देउ्सी खेलेर उठाएको रकम प्राय : रमाइलो गर्ने, मापक पदार्थ खाएर सिध्याउने  र वनभोज जाने गर्ने गरिए तापनि धरानको एक मण्टेश्वरी स्कुलले भने देउसी खेलेर उठाएको रकम अपाङ्ग तथा असहायहरुलाई वितरण गरेको छ ।
धरान मण्टेश्वरीले यस बर्षको तिहारमा देउसी खेलेर उठाएको रकम धरान ४ स्थित रहेको अपांग तथा असहाय गृहलाई आज सहयोग गरेको छ ।
धरान ४ स्थित केन्द्रमै गएर मण्टेश्वरीका निर्देशक दिपक अग्रवालले गृहका प्रमुख भीम राईलाई ११ हजार रुपैया हस्तान्तरण गरेको हो ।
थोरै भएपनि यहा बस्ने अपांग तथा असहायहरुले सहयोग पाउन भन्ने उद्देश्यले देउसी खेलेर उठाएको रकम गृहलाई हस्तान्तरण गरेको धरान मण्टेश्वरीका निर्देशक अग्रवालले बताउनुभयो ।
प्रत्येक बर्ष देउसी खेल्ने र यस्ता असहाय तथा अपांगहरुलाई सहयोग गर्ने गरेका मण्टेश्वरीका निर्देशक अग्रवालले जानकारी दिनुभयो । उहाले विगतको बर्षमा समेत धरान ३ मा रहेको सरस्वती बाल अनाथ आश्रममा समेत देउसी खेलेर संकलन गरेको ११ हजार रुपैया सहयोग गरेको बताउनुहुदै यस पटक यस गृहलाई सहयोग गरेको बताउनुभयो ।
यता गृहप्रमुख भीम राईले यस गृहमा मर्मत सम्भार हुन नपाउदा यहा आस्रित अपांग तथा असाहायहरुले दु:ख झेल्दै आइरहेको बताउनु हुदै उनीहरुका लागि थप आवास बनाउने गृहको योजना रहेको र मन्टेश्वरीले दिएको रकम त्यसैको प्रयोजनका लागि प्रयोग गरिने बताउनुभयो ।
उहाले गृहले विभिन्न सहयोगदाताहरुसाग सहयोग जुटाउदै यहाा रहेका अपांग तथा असहाय बालबालिकाको लालनपोषणमात्र हैन शिक्षा दिक्षा समेत दिादै आएको बताउनु हुदै अन्य सहयोगदाताहरुसाग समेत सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
समाजसेवी भीम राईको एकल प्रयासमा १० बर्ष अगाडिदेखि गृह सञ्चालनमा आएको हो । हाल गृहमा २३ जना अपांगत तथा अहासाय बालबालिका रहेका छन् । आश्रित बालबालिकाहरु गृहप्रमुख राईकै आग्रहमा धरानका सामुदायिक तथा निजी विद्यालयमा शिक्षा लिइरहेका छन् । यस गृहलाई सरकारी सहयोग भने अहिलेसम्म नभएको गृहप्रमुख राइको भनाई छ ।

तपाईको प्रतिक्रिया