घण्टाघरबाट हेर्दा

मार्सी भातेको दोहोलो
मार्सी भाते मेडिकल साहुजीको यतिबेला हरिविजोग भा’छ । बेलामा थुतुनो र त्यो के जाति नजोगाउँदा दुःख पाइन्छ भन्थे बुढापाकाहरु हो रै’छ । मार्सी भाते मेडिकल साहुजीको विश्वास पात्र बनेर हो मा हो मिलाउँदा कानुन मन्त्री शेरबहादुरबाट स्यालबहादुर
भए । अब स्यालबहादुर हुने पालो मार्सी साहु दुर्गा प्रसाईको हो जस्तो छ । यतिबेला प्रसाई बाजे मार्सी चामलको भातले सर्वाधिक चर्चामा छन् । जसले पनि मार्सी बाजे भन्नासाथ प्रसाईलाई नै सम्झन्छन् । मार्सीका त ब्राण्ड नै भै सके पसार्ई । अत उन्ले मेडिकल कलेज सलेज होइन मार्सी चामलको व्यापार गरे भने दिन दुगुना रात चौगुना आम्दानी गर्लान् जस्तो छ । यसका लागि उन्को योग्यताले नि भ्याउने रै’छ । आठ कक्षा पास गरेकाले कहाँ मेडिकल कलेज चलाउन खोज्या होला ? मामाके घोडी मेरे हिही भनेझै अर्काको दमडीमा त्यसरी जथाभावि बोल्नु त भएन नि । जे होस् मार्सी मेडिकल साहुजी यतिबेला सर्वाधिक चर्चामा छन् । भारुमा एउटा उखान छ नि गुमनाम से अच्छा बद्नाम ठीक । कि कसो हौ मार्सी साहुजी ?
गरिखाना नदिने भए
दुई तिहाई बहुमतको सरकार बनाएर गजक्क परेर बस्या पर्धानमन्तरी खप्रओलाई नेप्लिज लाँग्रेसका गुइँठेहरुले गरिखान खासै देलान जस्तो छैन । पहिला पहिला प्रा.डा. गोविन्द केसी अनसन बस्दा आफ्नै भाते संगठनका छाउराहरु पठाएर धम्क्याउने अहिले केसी अनसन बस्दा सडक तताउने । खप्रओको निर्देशनमा केसीका मागमा लिखित सम्झौता भएसी’ तत्काललाई लांग्रेसको सडकमा उफ्रने डम्फुमा भ्वाङ्ग परेसी संसदतिरै नयाँ नयाँ जुक्ति फुराउन थाल्या छन् रे । अब सभामुख र उपसभामुख मध्ये हाम्लाई एउटा चाहियो भन्दै छन् रे । एउटै पार्टीको सभामुख र उपसभामुख हुनुहुँदेन भनेर उफ्रन थाल्या छन् । हुन त पद र काँग्रेस एक अर्काका पर्यायवाची हुन् । सत्ता बिना काँग्रेस बस्नै सक्दैन । अब लांग्रेसले उफ्रेर उपसभामुख पाइहाले पनि खै पाँचबर्ष सम्म केही झर्ला जस्तो छैन । संगठनतिर यसो तनक्क तन्कनुपर्ने बेलामा फुइøयाँको राँडे रुवाइ गरेर पद खोजेको ?
देश निकाला गर्ने रे
यो देशमा गनतन्त्र आएसी’ सरकारमा बस्ने, सरकारमा नबस्ने त तिनका हुक्के, ढोके, बैठकेहरुको थुतनो अचाक्ली चल्न थाल्या छ । पर्धानमन्तरी खप्रओ वाको त पहिल्यैदेखि थुतुनो चल्थ्यो । अब त हुँदा हुँदा अरुका पनि तेजी रÏतारमा चल्न थाल्या छ । अब हेरम न स्वास्थ्य सेवा सुधारको माग गरेर गोविन्द केसी अनसन बसे । विचारालाई २७ दिन सम्म भोकभोकै राखेर झण्डै सिध्याए । केसी अनसन बसेसी त्यो नविना लामामो टाउको उत्पातै दुखेछ । यसो मार्सी चामलको भातको गन्ध स्वाँक्क सुँघेकी थिइन क्यारे बर्बराउन थालिछन् । उन्ले गोविन्द केसी अराजक हुन्, हत्यारा हुन तिन्लाई देश निकाला गर्नुपर्छ सम्म भनिछन् । त्यसपछि त के चाहन्छस कानो आँखो भनेजस्तै भैहाल्यो । देशैभरिका युवायुवतीले सामाजिक सञ्जालमा शब्दकोषै रित्तिने गरी गाली गर्न थालिहाले । कसैले तेरा बाउको देश हो र निकाल्छेस, कसैले देश निकाला तँलाइ गर्नुपर्छ, कसैले बुद्धि दिन नेता………कति हो कति । त्यसपछि त लामा एकाएक अलप । शायद मार्सी चामलको भातको गन्ध हरायो क्यारे ।
डाको छोडेछन्
कानुनमन्त्री शेरबहादुर तामाङ्ग गएको साता नमज्जाले रुहेछन् । लोग्ने मान्छे त्यसमाथि पनि बुढेसकालमा रुहेको पक्कै नसुहाउने । समयमा बोल्न भाँति नपु¥याउँदा त्यत्रो मन्त्री पद नै चिमिल भयो । हुन त तामाङ्गले ठीकै भन्या थे । बंगलादेशमा पढ्न जानेहरुले त्यहाँका डाक्टर प्रोफेसरहरलाई शरीर सुम्पेर सर्टिफिकेट ल्याउँछन् भन्ने कुरा शेरबहादुर तामाङलाई भलिभाँति ज्ञान रै’छ । त्यै भेर उहाँले नेपालका गल्ली गल्लीमा मेडिकल कलेज खोल्न दिएर नेपाली चेलीको अस्मिता जोगाउन खोज्नु भा’रैछ । तर उहाँको कुरा कस्ले बुझ्ने ? सबै एकोहोरो लागेर मन्त्रीबाट हँटाइ छाडे । यही कुरा शेरबहादुर तामाङ्गको सट्टा शेरबहादुर देउवाले बोल्या भए कसैले वाल मतलब हुने थिएन । कनिभने े शेरबहादुर देउवाको बोली नै कसैले बुझ्दैनन थिए । बोली नै नबुझेसी’ फुइøयाँको बबाल गर्नु ? त्यसैले हाम्रा पर्धानमन्तरी खप्रओले नि अब कसैपै्रति शाब्दिक वाण हान्न कम गर्नुपर्ला कि ? नत्र कुनै पनि बेला बबाल मच्चिन सक्छ ।
जिल्लाराम जादव
हाम्रा गामघरतिरका बुढापाकाहरु भन्थे लगौटीको जुम्रा टाउकोमा पुग्यने भने त्यो बढी रगरगाउँछ । बल्ल तल्ला नेक्पाको कपा पाएर मन्तरी भएका स्वास्थ्ये मन्तरी उपिन्द्र जादव यतिबेला अलि बढ्तै रगरगाउन थाल्या छन् । अब हेरम न अतिका दिन उन्ले मन्तरीको रवाफ देखाएर राहदनी बिनै थाइल्याण्डतिर जाने एयर पोर्ट पुगेछन । मन्तरी हुँ भन्दैमा राहदनी बिनै टाइलाइण्ड हिड्न लाग्या जादवलाई थाई एयरकी एक कर्मचारीले भक्कुमार झाडीछन् । त्यसैमाथिका काला जादव झपाराई खाएपछि हेराउनै भएछन् । जादवकै कारण पिलने ४५ मिनेट होल्डमा बस्न पुगेछ । ४५ मिनेटसम्म यात्रुले त्यसै बस्नु प¥यो । ४५ मिनेटमा राहदानी बनाएर जादवका हनुमानहरुल्े एयरपोटएमा पु¥याइइदिए । अरुले भए राहदनी बनाउन एक दुई महिनै पर्खनु पथ्र्याे । आखिरी श्री ६ स्वास्थ्ये मन्त्री जो ठहरिए ।
सिद्धिन्छ रे
दुई तिहइएको सरकार बनाएर फिटिक्क सिन्काेि नभाँची गमक्क फुलेर स्या नेक्पा यतिबेला काँग्रसप्रति आक्रमण भा’छ । नेकापाको आकक्रमण काँग्रेसलाई थेग्न हम्मे हम्मे प¥या छ । हम्मे हम्मे किन नपरोसछ नेक्पामा दुई वटा अध्येक्षे छन् । दुईवटै अध्येक्षे अब काँगेस सिद्धियो भनेर फलाक्या फलाक्यै छन् । दुई वटै अध्येक्षेको पतिवाद गर्न कँग्रेसका एउटा अध्येक्षेलाई हम्मे त पर्ने नै भयो । तर सिद्धिनेचाहिँ कसरी हो त्यो घण्टाघरले नि बुझ्या छैन । कि माउवादी झै काँग्रेस नेक्पासँग एकीरण हुनुप¥यो । आफ्नै दललाई झोलमोँग मिलाएर सिध्याए झै त काँग्रेस पक्कै हुँदैन । कुन दल कसरी सिद्धिन्छ भन्ने कुरा नेक्पाका दुवै अध्येक्षेलाई भलिभाँति थाहा छ । प्रचण्डाउले ठाम ठाममा डम्फू बजाएर जे भन्नु हुन्छ त्यो उहाँको परिपक्व अनुभवको आधारमा भन्या हो । कि कसो हौ ?
मेडिकल माफयाको चिन्ता
नेपालका मेडिकल माफियाहरु यतिबेला बहुत चिन्तित छन् । उनीहरु प्रा.डा. गोविन्द केसीका कारण भन्दा पनि बंगलादेशमा पढ्न जाने नेपाली छत्राहरुप्रति बढी ििचन्न्तित रा’न । अझ सम्बन्धन पनपाएका मेडिकल कलेजका सञ्चालकहरु कतिसम्म चिन्तित छन् भन्ने करा त केही दिन अगाडि विएण्डसीका सञ्चालन दुर्गा प्रसाईको भनाइले नि पुष्टि गरिसकेकोक छ । प साईले पत्तालगाएका राझ्न बंगलादेशमा जो छात्रा जान्छन् उनीहरु यौन शिकार हुन्छन् । प्रसाईको चिन्ता रै’छ नेपाली छात्राहरु वंगलादेशसम्म पुगेर यैन आक्रमणको सिकारकिन हुनुप¥यो ? त्यस्तो यौन आत्रमणकै लागि अपाmूहरुले मेडिकल कलेज खोल्न लागेको, त्यो सुविधा यही उपलब्ध गराउन, वंगलदेश पुग्नै पर्दैन । वाह † क्या वात प्रसाई जी ?
अन्तेमा
केही पाइनस बुहारी कनिका बुक्या भनेझै अब नेप्लिस लाँग्रेसले आन्दोलनको आँधीबेहरी ल्याउने रे । हुटिट्याउले सगर थाम्या छु भन्ना तेरा खुट्टी हेरेरै चला पाएँ भनेझै काँग्रेसले आन्दोलको आँधिबेहरी कसरी ल्याउला ? फेरि काँग्रेसका सभापति स्यालबहादुरले भन्दैमा कुनचाहिँ काँग्रेसका कार्जेकर्ता सडकमा आउलान् ? के कुरामा जिन्दावाद मूर्दावाद भन्ने ? हाम्लाई सभामुख, उपसभामुखमध्ये एउटा चाहियो भनेर आन्दोलन गर्ने ? संसीय समितिमा भागबण्डा चाहियो भनेर आन्दोलन गर्ने ? खप्रओले अभिनायकवाद ल्याए भनेर आन्दोलन गर्ने ? खै घण्टाघर त बडो अलमल्लमा प¥या छ ।

तपाईको प्रतिक्रिया