धरान÷चरम भष्टाचारका कारण लथालिंग भएको यहाँस्थित नेपाल भारतको संयुक्त लगानीमा निर्मित नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको भ्रष्टाचार छानविन गरी कारबाही गर्र्ने उद्देश्यका साथ धरान आएको प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वको शक्तिशाली समितिले दुई दिनसम्म छानविन गरेर काठमाण्डौ फर्किएको छ ।
सात सदस्यीय टोलीले अनियमितताको आशंका भएका र सम्बन्धित ठाउँमा उजुरी परेका विवरणका आधारमा कागजातहरु नियन्त्रणमा लिएर विहीबार र शुक्रबार दुई दिन छानविन गरेको थियो । प्रतिष्ठानका उपलकुपति प्रा.डा. राजकुमार रौनियारको करिब १८ महिने कायकालमा भौतिक पूर्वाधार, मेडिकल उपकरण खरिद, सवारी साधन खरिद, करारमा कर्मचारी नियुक्ति, विद्यार्थी भर्ना लगायतमा भएका भ्रष्टचार र सेटिङ्गमा भएको लेनदेनमा छानविन भएको समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो ।
प्राारम्भिक छानविनमा उपकुलपति रौनियारले उपकरण खरिद, अंकोलोजी–कार्डियोलोजी भवन निर्माणको टेन्टर खारेज तथा कन्ल्टेन्सी नियुक्तिमा करोडौ भ्रष्टाचार भएको पाइएको टोलीका सदस्य एवम स्वास्थ्य मन्त्रालयका वायो मेडिकल इन्जिनियर मुकुन्द खतिवडाले जानकारी दिनुभयो । छानविन समितिले प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, पि.जी इन्ट्रान्स परीक्षा समितिका सदस्य शंकर साह र केही फेकेल्टी प्रमुखहरुको मिलीभगतमा भ्रष्टाचार भएको हुनसक्ने छानविन समितिका एक सदस्यले जनाउ दिएका छन् । यो प्रारम्भिक चरणको छानविन हो, यसले पहिलो प्रतिवेदन तयार गरेर कुलपति तथा प्रधानमन्त्रीलाई बुझाउने र समितिलाई चित्त नबुझे फेरि पनि आउने समितिका अर्का सदस्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो अनियमिततामा संलग्न माथि पदमुक्त सम्मको कारबाही हुन्छ ।
छानविन समितिमा प्रधानमन्त्री र्काालयका सचिव केदारबहादुर अधिकारी संयोजक सहित स्वास्थ्य मन्त्रालयका सहसचिव तारानाथ पौड्याल, उपसचिव भवनाथ खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव प्रमिलादेवी बज्राचार्य लगायतका रहनु भएको छ । छानविन टोलीले आफनो दुई दिने छानविनको समयमा प्रतिष्ठनमा रहेको सुविधा सम्पन्न गेष्ठ हाउसको प्रयोग गरेनन् भने खाना, नास्ता र चिया समेत बाहिरै खाएका थिए । सरकारले छानविन अवधिभरि प्रतिष्ठानमा अनियमिततामा मुछिएका पदाधिारीले प्रभावमा पार्न सक्ने भन्दै अन्यत्रै बस्न र खान निर्देशन दिएको थियो । हाल प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभाग क्षेत्रीय कार्यालय इटहरीको बा २ झ १७५८ र केन्द्रबाटै ल्याइएको बा १ झ ८२५१ नम्बरको गाडी छानविन समितिले प्रयोग गरेको थियो ।
के के मा छानविन भयो ?
प्रतिष्ठानमा भ्रष्टाचार सम्बन्धी छानविन गर्न आएको टोली आक्रमण रुपले प्रस्तुत भएको प्रतिष्ठानका एक पदाधिकारीले बताए । छानबिन टोलीले अख्तियार, प्रधानमन्त्री कार्यालय, सम्पत्ति सुद्धिकरण आयोग, अदालतमा दायर मुद्दाको प्रकृति सहित विवरण तयार पारी सोही अनुरुप छानविन गरेको थियो, उनले भने । ERCP मेसिन खरिद, Colour Doppler ultrasound machine खरिद C-Arm मेसिन खरिद, Cautary Machine खरिद, Endobroncho alteasound (EBUS) खरिद, हेमोडालिसिस मेसिन खरिद, फार्मेशीको औषधि सम्बन्धी, MRI मेसिन मेसिन खरिद प्रकरण, कार्डियोलोजी र अंकोलोजीको अनियमिततामा छानविन टोली बढी केन्द्रित रहेको थियो ती पदाधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयबाट विगतमा अनुदान दिएको ERCP मेसिन सामान्य मर्मत गर्दा चल्न सक्ने भएपनि नबनाई दोब्बर दाममा नयाँ मेसिन खरिद गरेको, Close specification बनाई एउटै व्यक्तिले टेन्डर पर्ने गरी मिलेमतामो दोब्बर दाममा Colour Doppler Ultrasound बनाई एउटै व्यक्तिले टेन्डर पर्ने गरी मिलेमतामो दोब्बर दाममा Close Specification बनाई एउटै व्यक्तिबाट दोब्बर भन्दा बढी मूल्यमा खरिद गरिएको, छानविनको समयमा पाइएको थियो । यसैगरी फार्मेसीको औषधि समेतमा अनियमितता भएको छ । प्रयोग हुने औषधिहरु केही मात्रामा मात्र उपलब्ध रहेको, चिकित्सकले प्रयोगै नगर्ने औषधिहरु भरमार रहेको जसका कारण प्रतिष्ठानलाई डेढ करोड क्षति हुने अत्याधिक सम्भावना, आफनो फार्मेसी राम्रोसँग सञ्चालन नगरी प्रतिष्ठान बाहिरको औषधि पसलेहरुसँग समेत औषधिमा सेटिङ्ग गरेको छानविनका क्रममा देखिएको छानविन समितिका एक सदस्यले बताए ।
यस्तै एमआरई मेसिन खरिद प्रकरणमा एक्सरले विभागमा रहेको पहिलाको एमआरआई मेसिन सामान्य मर्मतले चालु हन सक्ने भएपनि मर्मत नगराएको, ०७३÷०७४ मा भगन निर्माण (कार्डियोलोजी र अंकोलोजी) कार्य नगराई रु १७ करोड मेसिन उपकरणमा रकमान्तर गराएको, एउटै कम्पनीलाई मिल्ने क्लोज स्पेसिफिकेसन बनाई नयाँ एमआरआई मेसिनमा ठूलो रकम कमिशन असुल्ने दाउमा खरिद कार्य गरेको, भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान आयोगले अनुसन्धान तिब्र पारेपश्चात सार्वजनिक खरिद नियमावली विपरीत टेन्डर रद्ध गरेको, भवन निर्माणको रकम अनियमित तवरले रकमान्तर गरी एमआरआइ मेसिन खरिद गरी भ्रष्टाचार गर्ने योजना बनाएको समेत पाइएको छानविन समितिको कथन छ ।
हतार हतार झालाई रेक्टरको जिम्मेवारी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष (रेक्टर) हुँदा हुँदै उपकुलपति प्रा.डा. रौनियारले पोष्ट ग्रायजुएटका इन्ट्रान्सका विद्यार्थीहरुबाटै सेटिङ्गमा रकम असुल्न डा. चन्द्रभुषण झालाई लिखित रुपमै शिक्षाध्यक्षको जिम्मेवारी दिएको भन्दै चिकित्सक कर्मचारीहरुले आपत्ति जनाएका छन् ।
प्रतिष्ठानको ४१ औं सिनेट बैठक सकेर स्वर्गीय आमाको कामका लागि दुई दिन काठमाण्डौ बस्नुपर्ने भयो भनेर उपकुलपति प्रा.डा. रौनियारलाई जानकारी गराउँदा गराउँदै पनि गलत नियतले नियमम कानुनको धज्जी उडाउँदै अधिकार क्षेत्रभन्दा बाहिर गएर आफ्ना विश्वासपत्र डा. चन्द्रभुषण झालाई शिक्षाध्यक्षको जिम्मेवारी दिएको थियो । उपकुलपति रौनियारले आषाढ २६ गते शैक्षिक डिनसमेत रहेका झालाई पत्रसंख्या ६२०२÷०७४÷०७५ को पत्र मार्फत प्रतिष्ठानमा हाल शिक्षाध्यक्ष नभएको हुँदा अर्को व्यवस्था नहुन्जेल सम्मको लागि तपाईले आफूले हेर्दै आएको कार्यको अतिरिक्त शिक्षाध्यक्षले गर्नुपर्ने कार्यको जिम्मेवारी र प्रवेश परीक्षासम्बन्धी कार्यहरु समेत तपाईले आफप्नो अध्यक्षतामा नियमित रुपले सञ्चालन गर्नुपर्ने गरी जिम्मेवारी वहन गनुर्हुनेछ । सो का ेबोधार्थ रजिष्ट्रार, अस्पताल निर्देशक, डेपुटी रजिष्टार, डेपुटी अस्पताल निर्देशक लगायतलाई दिएका थिए ।
यसै सम्बन्धमा बुझ्न उपकुलपति
रौनियारसँग बारम्बार सम्पर्क राख्दा सम्पर्क हुन सकेन भने शिक्षाध्यक्ष प्रा.डा. गुरु खानालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो, मेरो अनुपस्थितिम त्यस प्रकारको बदमासी गरिएको रहेछ । मैले चिठ्ठी हेरको छुइन र हेर्नै आवश्यक पनि ठानिन् । मलाई मन्त्रालयले नियुक्ति गरेको हो । रौनियारले होइन । यो सबै गलत नियतले काम गरेको देखियो । मैले पोष्ट ग्राजुयटको परीक्षामा कडाई गरेको थिएँ । त्यसको पूर्वाग्रह राखेर त्यस प्रकारको कार्य गरेको होला, शिक्षाध्यक्ष प्रा.डा. बरालले भन्नुभयो । केही दिन अगाडि मलाई
परीक्षामा सेटिङ्ग मिलाएर रकम असुल्न असफल भएपछि उपकुलपति तल्लो हदसम्म उत्रिएको चिकित्सकहरु बताउँछन् । शिक्षाध्यक्ष प्रा.डा. खनालले परीक्षामा कडाई गरेपछि भारतीय विद्यार्थीको २८ जनाको कोटामा १० जनामात्र उत्तीर्ण भएको र हालसम्म ४ जनाले मात्र भर्ना लिएका छन् । २४ जना विद्यार्थीका लागि परीक्षा गर्नुपर्ने भएपछि शिक्षाध्यक्षको अनुपस्थितिमा मौका छोपेर रौनियारले झालाई शिक्षाध्यक्षको जिम्मेवार दिएका थिए ।

