धरान÷ धरान लागू औषध
कारोबारका लागि ट्रान्जिस्ष्ट पोइन्ट बन्दै गएपछि यसको नियन्त्रणमा धरान प्रहरीमात्र हैन अहिले धरानेहरु समेत लागू औषध नियन्त्रणमा गम्भिर भएर लागी परेका छन् ।
धरानमा लागू औषध प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जानु र धरानलाई प्रयोग गरी पहाडी क्षेत्रसम्म लागू औषधको व्यापारको सञ्जाल विस्तार भएपछि अहिले धरानका सबैलाई अहिले टाउको दुखाइ बनेको छ । यतिमात्र हैन विद्यालय तथा कलेज जाने विद्यार्थीहरु समेत पछिल्लो समयमा लागू औषधको कुलतमा फसेको पाइएपछि नियन्त्रणका लागि प्रहरी प्रशासन, स्थानीय बासिन्दा, युवा वर्ग मिलेर सचेतना कार्यक्रमसंगै निगरानी बढाउन थालेका छन् ।
लागू औषधको प्रयोग तथा
कारोबार हुने जंगली क्षेत्रका बासिन्दाहरु यसको नियन्त्रणका लागि बढी सक्रिय भएर लागेका छन् । शनिवार सगरमाथा पथ गैरी गाउ टोल समिटी धरान १९ ले धरान १९ हरियाली सामुदायिक वन क्षेत्रमा लागू औषध न्यूनिकरणका लागि सचेतनात्मक कार्यक्रमको आयोजना ग¥यो । समाजमा विकराल बन्दै गएको लागू औषधले परिवार, समाज र राष्ट्रलाई नै ठूलो क्षति पुगेको महसुस गरी कमिटीका बृद्धबृद्धा, युवापुस्ता, बालबालिकाले जंगल प्रांगरणमै सचेतनात्मक नाटक समेत प्रदर्शन
गरे ।
धरान १९ मा लागू औषध नियन्त्रणमा ज्टेको यो मात्र एउटा संस्था भने होइन । यो वडामा अहिले ६ वटा टोल समिति गठन गरिएको छ । प्रत्येक समितिले आफ्नो पायक पर्ने चौक, टोललाई प्राथमिकता दिएर कार्यक्रम गर्ने गर्दछ । गत माघमा गठन गरिएको यो समितिले वडाको तीन देखि चारवटा टोलमा निगरानीसंगै सचेतनात्मक कार्यक्रम गर्ने गरेको छ ।
जगलको क्षेत्र परेकाले लागू औषध कारोबारी तथा प्रयोगकर्ताले हरियाली सामुदायिक वनलाई बढी प्रयोग गर्ने
गरेकाले धरान १९ मा ६ वटा टोलले निगरानीसंगै सचेतनात्मक कार्यक्रम गर्दै आएको कमिटका सल्लाहकार टेकबहादुर तामाङले बताउनुभयो ।
त्यस्तो यहा गठन भएका कमिटीले लागू औषधमात्र हैन टोलमा हुने हरेक गतिविधिलाइ पनि नियाल्ने गरेको उनीहरु बताउछन् । विकासमा नाममा बजेट सक्ने प्रवृधि बढेसंगै भौतिक पूर्वाधार निर्माणमा यसले निगरानी समेत राख्ने गरेको
सगरमाथा पथ गैरी गाउ टोल कमिटीका अध्यक्ष विन्द्रकुमार राईले बताउनुभयो ।
लागू औषधको नियन्त्रणमा प्रहरी प्रशासन जति खटेपनि स्थानीयहरुको सक्रियता नहुन्जेलसम्म यसको नियन्त्रण हुन नसक्ने प्रहरीको समेत भनाई छ । धरानमा लागू औषध प्रयोगकर्ता तथा कारोबार गर्ने गिरोहको संख्या अत्याधिक भएको बताउदै इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले यसको नियन्त्रणमा प्रहरी एक्लैले केही गर्न नसक्ने यसमा स्थानीयको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
धरानको १९ नं. वडामात्र हैन सम्पूर्ण वडालाई अहिले धरानमा बढ्दै गएको लागू औषध दुव्र्यसनी तथा कारोबारीको संख्याप्रति चिन्तित बन्दैगएका छन् । यसको नियन्त्रणका लागि बेला बेलामा सचेतनात्मक कार्यक्रम गर्ने, लागू औषध नियन्त्रणको कार्यमा काम गर्ने विभिन्न संघ संस्था तथा प्रहरी मिलेर विभिन्न कार्यक्रम गर्ने, विद्यालय स्तरमै गएर जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने लगायतका काम गर्दासमेत प्रहरीले धरानमा लागू औषध कारोबारी तथा प्रयोग कर्तालाई प्रक्राउ नगरेकोे दिन सायदै नहोला । यस्तो अवस्थामा धरानका सम्पूर्ण वर्ग, समुदाय लाग्नु सकारात्मक पक्ष हो । यसले पक्कै पनि भविष्यमा लागू औषध कारोबार तथा प्रयोगकर्ताको संख्या न्यूनिकरणमा सहयोग पुग्ने विश्वास धराने सर्वसाधारणले लिएका छन् ।

