धरान÷नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी व्युरो इन्चार्ज किरण राई सहित चारजना नेता रिहा भएका छन् ।
गत चैत्र ५ गते धनकुटाको हिलेबाट गिराÏतार गरिएका केन्द्रीय सदस्य राई, कोशी व्युरो सदस्य दिपसन लिम्बु, धनकुटा इन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई चार महिनापछि इलाम जिल्ला प्रशासनले
धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला अदालत उदयपुर, उच्च अदालत विराटनगरले यस अघि नै धरौटीमा
रिहा गर्न आदेश दिए तापनि प्रहरीले उनीहरुलाई प्रशासन कार्यालय र अदालत परिषरबाटै प्रक्राउ गर्दै आएको थियो । सरकारले अदालतको आदेशको उल्लंघन गरेर कानुनी राज्यलाई चुनौति दिएको भन्दै अकिारवादीहरुले रिहाइको माग गर्दै आएका थिए ।
उनीहरुलाई केही दिनसम्म बेपत्ता पारेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ती निकालेर रिहा गर्न माग गरेको थियो ।

