इटहरी÷आपराधिक गतिविधि, चोरी नियन्त्रण, लागू औषध ओसार पसार तथा दुव्र्यसनी नियन्त्रण लगायतका कार्यमा पछिल्लो दिन सुनसरीमा प्रहरीको सक्रियता बढेसँगै त्यस्ता गतिविधिमा न्यूनता आएको छ ।
प्रहरीको सक्रियताले इनरुवा नगरपालिका वडा नं. ६ का नितेश कार्कीको आफ्नै घरमा राखेको अवस्थामा चोरी भएको मोटर साइकल प्रहरीले सातदिन पछि फेला पारी सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार आषाढ १६ गते इनरुवा नगरपालिक वडा नं. ६ का कार्कीको आफ्नै घरमा पार्र्किङ्ग गरेर राखिएको को ३१ प ६९९७ नम्बरको कालो होण्डा साइन मोटर साइकल हराएको थियो । मोटर साइकल हराएको जानकारी पाउनासाथ प्रहरीले खोजी कार्यालाई तिब्रता दियो । आषाढ २३ गते बेलुका चार बजे प्रहरी चेक प्वाइन्टहरु छल्न नसकी मोटरसाइकलको नम्बर समेत को ३३ प ९५६३ परिवर्तन गरी राखेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा न. १४ स्थित सुनसरी मोरङ्ग सिँचाई आयोजनाको नहर डिलमा बेबारिसे अवस्थामा फेला पारी सोही दिन मोटर साइकल धनी कार्कीलाई बुझाइएको थियो ।

