जनमुक्ति पार्टीको उच्च नेताद्वारा पार्टी परित्याग गर्दै संघीय लोकतान्त्रिकमा प्रवेश

धरान÷राष्ट्रिय जनमुक्ति पार्टीका उच्च नेतृत्व तहमा रहेका, जिल्ला नेतृत्व सम्हालेका दुई सय भन्दा बढी नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै कुमार लिंगदेनको नेतृत्वमा रहेको संघीय लोकान्त्रिक राष्ट्रिय पार्टीमा प्रवेश गरेका छन् ।
असार २ गते शुक्रबार राष्ट्रिय जनमुक्ति पार्टीका लिम्बुवान राज्य
परिष्द अध्यक्ष क्या. एवि पन्धाक, संघीय परिषद सदस्य रमेशकुमार गजमेर, केन्द्रीय उपाध्यक्ष (लिम्बुवान इन्चार्ज) चन्द्रबहादुर खापुङहाङ र राजनीतिक सल्लाहकार मे.श्रवणकुमार लिम्बुले संयुक्त रुपमा प्रेस विज्ञप्ती प्रकाशित गरी पार्टी परित्यागको घोषण गरेका थिए । त्यसको भोलिपल्ट अर्थात शनिवार उनीहरुसहित दुई सय भन्दा बढी नेता कार्यकर्ता संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीमा प्रवेश गरेका थिए ।
संघीय लोकतान्त्रिक पार्टीका केन्द्रीय अधयक्ष कुमार लिंगदेनको उपस्थितिमा होटल इजी राइर्डसमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका थिए । जनमुक्ति पार्टी परित्याग गर्नुको कारणबारे जारी विज्ञप्तीमा भनिएको छ २०४८ सालमा स्थापना भएको राष्ट्रिय जनमुक्ति पार्टीले जनतालाई ललीपप मात्र देखाउदै आएको,पार्टीले उठाउदै आएको मुद्दाहरु सघीय शासन प्रणाली, जातीय जनसंख्याको अधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षताका साथै अल्पसंख्यक र सीमान्तकृत जाति समुदायका लागि आरक्षण व्यवस्था हो । २०७२ असोज ३ गते घोषणा गरिएको संविधानमा पार्टीको एजेन्डालाई संसोधन
नगरिएको भनेर अस्विकार गर्दै जलाइयो । संघीय शासन प्रणाली भित्र देशलाई पुन संरचना गर्दा जाति, भाषा, ऐतिहासिकता, भौगोलिक आधारमा १२ वटा प्रदेशहरु निर्माण गरिनुपर्छ भनेर पार्टीले प्रस्ताव
गरेको हो । तर यतिबेला संविधान अनुसार १२ वटा राज्य समिति
खारेज गरेर ७ वटा समिति गठन गरियो । अधिकार सम्पन्न जिल्ला समितिहरुलाई पनि अधिकार विहीन बनाइयो । पार्टीको नीति सर्वसहमतिमा मात्र निर्णय हुने भनिए पनि पार्टीका केही नेताहरुको स्वेच्छाचारी कार्यशैली एकाधिकारवादका कारण मात्र नभएर पहिलो संविधान सभामा ६८ हजार मत ल्याएको, दोसो संविधानसभाको निर्वाचनमा ४० हजार मत ल्याएको र एक बर्ष अगाडिको स्थानीय, प्रदेश, संघको निर्वाचनमा ३३ हजार मतमा खुम्चिएकोले अर्को निर्वाचन सम्ममा जनमुक्ति पार्टी एकादेशको कथामा खुम्चिने देखिएकोले पार्टी परित्याग
गरेको जनाइएको छ ।
त्र

तपाईको प्रतिक्रिया