गोरखामा सुविधा सम्पन्न आकर्षक वार
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा धरानमा यतिबेला ग्राहकको चहलपहल ह्वात्तै बढेको छ । धरानको मुख्य बजार भन्दा केही पर धरान धनकुटे रोडमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना पारखी ग्राहकहरुको चाहनालाई ध्यानमा राखेर अन्त्यन्तै सुविधा सम्पन्न आकर्षक वार समेत सञ्चालनमा ल्याएको छ ।
गोरखा किचनको चौथो तलामा स्टोरले छुट्टै वार सञ्चालनमा ल्याएको हो । फागुन २५ गतेदेखि सञ्चालनमा आएको गोरखा किचनसँगै विगतमा बारको व्यवस्था भएपनि पारखीहरुका लागि खुल्ला ठाउँ भएकोले पुनः छुट्टै वारको व्यवस्था गर्नु परेको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
मदिराका पारखीहरु सम्भवत ः एकान्त ठाउँकै खोजीमा रहने र खुल्ला ठाउँमा असहज महसुस गरेकोले छुट्टै वारको व्यवस्था गर्नुपरेको आचार्यको कथन छ । वारको छुट्टै व्यवस्था भएपछि यतिबेला वारमा पुग्ने पारखीहरुको संख्यामा उल्लेख्य बद्धि भएको गोरखा वारका इन्चार्ज रविन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो एक पटकमा ५२ जना वारमा बसेर मद्यपान गर्न सक्छन् । हाल सरदर ३०÷३५ जना आउने गरेको सुनाउँदै इन्चार्ज बस्नेतले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरमा वार समेत छ भन्ने कुरा कतिपय ग्राहकहरुलाई थाहै छैन । वारको सम्बन्धमा अलिकति प्रचार प्रसारको कमी पनि भएको छ ।
एक्कासी सञ्चालनमा ल्याउँदा र औपचारिक रुपमा वारको शुभारम्भ नभएको कारणले पनि पारखीहरु गोरखा वारका सम्बन्धमा अनविज्ञ रहनु स्वभाविक हो । एकपटक गोरखा
वारमा आइसकेका पारखी पटक पटक आउने गरेको अनुभव सुनाउदै इन्चार्ज बस्नेत भन्नुहुन्छ एसीसँगै आरामदायी सोफा, टेवल र चाहेको हरेक परिकार नै पारखीहरुको पुन आगमनको प्रमुख कारण हो गोरखा वारमा इम्पोर्ट
गरिएका संसारका जुनसुकै वाइन, ह्विस्कीदेखि लिएर नेपालमा उत्पादन भएका सबै प्रकारको ब्राण्ड पाइन्छ । यसका अलावा स्नाक्सका भेराइटी ग्राहकको रुची अनुसार उपलब्ध हुन्छन्, इन्चार्ज बस्नेत भन्नुहुन्छ । कोशीका माछा, चिकेन, मटन, आइटमको भेराइटीहरु, सिफुड्स अष्ट्रिजको स्वादिष्ट मासुका परिकार, नान सबै उपलब्ध रहेको बस्नेत बताउनुहुन्छ ।
गोरखा किचनमा पारिवारिक भीड
गोरखा डिपार्टमेन्ट स्टोरको चौथो तलामा रहेको गोरखा किचनमा पछिल्ला केही महिना यता पारिवारिक भीड बढेको छ । किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ किचनमा ग्राहकको भीड बढेको हो ।
हुन त गोरखा डिपार्टमेन्ट स्टोर
धरान शाखामा किचनमा मात्र नभएर ग्रोसरी, इलेक्ट्रोनिक्स, लत्ता कपडा, जुत्ता चप्पल, अर्गानिक साग सब्जी, बेकरी आइटम, गिÏट आइटम सबैतिर ग्राहकको भीड उस्तै देखिने गरे तापनि पारिवारिक वातावरणमै किचेनमा बसेर धरानसँगै
वरपरका रमणीय दृश्यको अवलोकन गर्दै इच्छा अनुसारको भेराइटीको स्वाद लिन अधिकांश ग्राहकहरु पहिला किचनमै पुग्ने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोर धरान शाखाका किचन इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ अहिले ग्राहकहरुको संख्या ह्वात्तै बढेको छ । ग्राहकहरुको संख्या ह्वातै बढ्नुमा प्रमुख दुई कारण रहेको इन्चार्ज खड्काको ठम्याई छ । पहिलो त एसीसँगै विभिन्न भेराइटीको स्वादिष्ट परिकार र दोस्रो चाहिँ हालै सञ्चालनमा आएको गोरखा सिनेप्लेक्स । गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्समा सिनेमा हेर्न आएका ग्राहकहरु गोरखा किचेनमा भेराइटीको स्वाद लिएर मात्र हलमा प्रवेश गर्ने गरेका छन् । किचन इन्चार्ज खड्का भन्नुहुन्छ हाल दैनिक पाँचसयको हाराहरीमा ग्राहकहरु आउने गर्नुभएको छ । अत्यन्तै सफा, आफूले चाहेको भेराइटीका लागि लामो समय कुर्नु नपर्ने, काठमाण्डौ र पोखराका फाइव स्टार होटल र थ्रि स्टार होटलमा काम गरिसकेका दक्ष कुकहरुद्वारा तयार पारिएका भेराइटी खान ग्राहकहरु लालयित नहुने कुनै भएन । बजारमा अन्यत्र नपाइने भेराइटीको उपलब्धता, साधारण खानाको रु ५० र चिकेन खानाको रु ९० मै भरपेट खान पाइने भएपछि अधिकांश गाहकहरु यतिबेला गोरखा किचनमा परिवार सहित पुग्ने गरेका छन् ।
गोरखा सिनेप्लेक्स सबैको आकर्षक
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलामा रहेको गोरखा सिनेप्लेक्स आम धरानेहरुका लागि यतिबेला आकर्षणको केन्द्र भएको छ । एउटा सुविधा सम्पन्न एसी जडित सिनेमा हलको धरानमा युवा पुस्ताले मात्र होइन अन्यले समेत आवश्यकता मसुस गरेका थिए ।
झण्डै एक महिना अगाडि सञ्चालनमा आएको सिनेप्लेक्सका दर्शकहरुले अनलाइन सेवाबाट टिकट बुकिङ्गको सुविधा मात्र पाएका छैनन् अत्यन्तै लक्जरियस सिटमा बसेर नेपाली, हलिउड, कलिउडका नयाँ नयाँ फिल्मको आनन्द समेत लिन पाएका छन् । आइतबार गोरखा सिने प्लेक्सबाट निस्कदै गरेकी धरान १९ चौकीबारीकी सुनिता सुब्बाले भन्नुभयो हललाई खोट लगाउने कही ठाउँ नै छैन । फोल्डिङ्ग सिट, एसीको आनन्द, साउन्ड सिस्टम पनि त्यतिकै सफा । उनीसँगै आएकी सुष्मा राईको कथन पनि सुनिताको भन्दा फरक थिएन ।
धरान तथा आसपासका दर्शकहरुले सिनेप्लेक्सलाई अत्यन्तै रुचाएको देखियो । गोरखा सिनेप्लेक्सका सञ्चालक हेमु थापा भन्नुहुन्छ दर्शकहरुले अत्यन्तै मायाँ गरिदिनु भएको छ । आजसम्म कुनै पनि दर्शकले हल भित्रबाट बाहिर निस्कदा यस्तो कमजोरी छ भनेर भन्नु भएको छैन सञ्चालक थापाले भन्नुभयो । दर्शकको सुविधामा कुनै प्रकारको कमजोरी नहोस् भनेर आफू सतर्क रहेको सुनाउदै उहाँले भन्नुभयो कमजोरी औल्याइदिए त्यसमा थप सुधार गर्दै लैजान सकिन्छ । सञ्चालक थापाको कथन छ अब चाँडै नै अर्को हल पनि सञ्चालनमा आउदै छ । हाल हल बाहिर राखिएका विभिन्न प्रकारका स्न्याक्स, कोल्ड ड्रिंग्सहरुका
भेराइटीहरुमा अझ थप गर्दै लैजाने योजना बनाएको थापाले जानकारी दिनुभयो ।

