धरान÷धरान १९ स्थित एलोहिम चर्च स्थापनाको २५ औं बर्ष गाँठका अवसरमा साता व्यापी विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।
एलोहिमको २५ औं बर्ष गाँठका अवसरमा फुटसल, व्याडमिन्टन प्रतियोगिता, टेबल टेनिस, मण्डलीहरुद्वारा नृत्य, कविता वाचन तथा सुमधुर गीतको आयोजना भएको थियो । फुड्सल प्रतियोगिताका संयोजक मिलन राईले दिएको जानकारी अनुसार फुटबलसमा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको रुपमा आयोजना गरिएको फुटसलका विजेता, उपविजेता टिमलाई ट्रफीसहित प्रशंसापत्र प्रदान
गरिएको थियो ।
खेलकुद प्रतियोगिताको संयोजक धनबहादुर मगर रहनु भएको थियो । हरेक खेलको छुट्टाछुट्टै सयोजक तोकेर सम्पन्न गरिएको खेलको व्याडमिन्टनतर्फ सिंगल र डबल गरी २० जना खेलाडीको सहभागिता रहेको थियो भने टेबल टेनिसमा समेत २० जना प्रतियोगीको सहभागिता रहेको फुटबसलका संयोजक राईले जानकारी दिनुभयो । एलोहिम चर्चका पास्टर मणि गुरुङ्गले प्रतिष्पर्धीै खेलकुदसँगै अन्य कार्यक्रमहरुको सहजीकरण गरिदिनु भएको संयोजक राइले जानकारी दिनुभयो ।
