जुम्ला ÷ चिकित्सा शिक्षाको सुधारको लागि जुम्लामा अनशन बसिरहेका डा. गोविन्द केसीले औषधि लिन अस्बीकार गरेका छन्। सोमवार डा. केसीले गुलकोज लिन नमानेको उपचारमा संलग्न चिकित्सक डा. प्रविणकुमार गिरीले बताए । उनको शरीरमा चीनिको मात्रा कम भएपछि गुलकोज चढाउने तयारी भएको थियो । चिकित्सक गिरीले भने,‘शरीरमा गुलकोजको मात्रा कम हुँदा गुलकोज चढाउन लागेका थियौँ, लिन अस्वीकार गर्नुभयो। त्यसको सट्टा आईभी फलुड दिईरहेको छ ।’
सोमबारको स्वास्थ्य चेकजाँचका क्रममा डा. केसीको मुटुमा अत्याधिक समस्या देखिएको डा. गिरीले जानकारी दिए । उनका अनुसार रगतमा म्याग्नेसियमको मात्रा कम भएको हुँदा, मुटुको चाल तलमाथि भएको र जुनसुकै बेला मुटुको चाल बन्द हुन सक्ने खतरा देखिएको छ । यसैगरी शरीरमा सेतो रक्तकोसिकाको कमी देखिएका कारण उनलाई संक्रमणको अत्याधिक जोखिम रहेको छ ।
डा. गिरीका अनुसार सक्रमणबाट जोगाउन स्पेशल केयर युनिटमा राखेर उपचार भईरहेको छ । डा. केसीको छातिको बीच भागमा दुखाई निकै बढेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।
त्र
