प्रदेश सरकार किसानको हितमा प्रतिबद्ध– मुख्यमन्त्री राई

धरान÷प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार किसानको हितमा कम गर्न सदैव तत्पर रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री राईले उक्त कुरा धरानस्थित बराह कृषि उपज तथा पशुपालन प्रा.लि.को कृषि परियोजना अन्तर्गत मोरङ्ग ग्रामथान तेतरियामा सञ्चालित परियोजना अवलोकन एवम् धान रोपाई कार्यक्रमको समुद्घाटन गर्दै बताउनुभएको हो ।
मुख्य मन्त्री राईले भन्नुभयो किसानलाई कृषि प्रयोजनका लागि अनुदानको नीति प्रदेश सरकारले पहिलो प्राथमिकतामा हुने छ । जस अन्तर्गत कृषि उपकरण, मल विउ, सिँचाई, बजारसम्मको सहज पहुँचको व्यवस्था प्रदेश सरकारले गर्नेछ । उहाँले बराह कृषि तथा पशुपालन प्रा.लिले सघन कृषि पणाली अपनाएको भन्दै त्यसको प्रशंसा समेत गर्नुभयो ।
कार्यक्रममाथि प्रकाश पार्दै बराह इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक तथा बराह कृषि उपज पशुपालन प्रा.लिका अध्यक्ष मानबहादुर विश्वकर्माले भन्नुभयो बराहको एउटा स्लोगन छ नुनदेखि सुनसम्म काठमाण्डौ, पोखरा, चितवन, हङकङ,
बराइन, युकेसम्म । आज भनदा २३ बर्ष अगाडि धरानबाट व्यवसायिक यात्रा शुरु गरेको बराहले पछिल्लो दिनमा कृािमा समेत हात हालेको बताउदै झण्डै साढे चार विगाहा क्षेत्रफलमा माछा पालन, गाइपालन, कुखुरा, पालन र धान उपादनमा लगानी गरेको बताउनुभयो । मोरङ्गको तेत्तरियामा रहेको बराह कृषि उपज तथा पशुपालन प्रा.लिमा प्रत्यक्ष रुपमा १५जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा झण्डै ७० जनाले रोजगारी पाएका छन् ।
अध्यक्ष विश्वकर्मले काठमाण्डौको पाटनमा पत्थर जडित गहना उद्योग सञ्चालन भएको मात्र छैन उत्पादन भएका गरगहना विदेश निर्यात गरेर वैदेशिक मुद्रा आर्जनलाई समेत मुख्य लक्ष्य बनाएको बताउनुभयो । उहाले बराह आफनो आम्दानीको निश्चित प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको, बार्षिक ८०÷९० लाख रुपैयाँ
राज्यलाई राजस्व वापत बुझाउदै आएको समेत बताउनुभयो । राज्यलाई कर तिरिसकेपछि राज्यले व्यापार व्यवसाय निर्धक्कसँग गर्न पाउने र बाँच्ने अधार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । विदेशमा मानिसहरु आÏना नानीहरुहरुकोपालन पोषणम भन्दा पनि राज्यलाई कर तिर्न बढी आतुर
हुन्छन् । त्यसको प्रमुख कारण राज्यले नागरिकको सम्पूर्ण आधारभूत आवश्यकता पूरा गर्छ ।
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिवकुमार लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य सावित्री श्रेष्ठ, उमिता बराइली लगायतले पनि बराह कृषि उपज तथा पशुपालन परियोजनाको प्रशंसा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया