मञ्चको २० औं साधारणसभा सम्पन्न

धरान÷विजयपुर अध्यात्मिक मञ्च सुनसरीको २० औं साधारणसभा शनिवार सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष पितरुमल अग्रलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा महासचिव उद्धवप्रसाद अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पञ्कज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार अवइन्द्र निरौला, समाजेवी रामेश राई, सह प्राध्यापक डा.आनन्दप्रसाद आचार्य प्रा.डा भरतप्रसाद भट्टराई लगायतले संस्थाको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
धरान १२ गीता भवनमा सम्पन्न भएको कार्यक्रममा विजयपुरमा अवस्थित दन्तकाली शक्तिपीठ मन्दिरको छानामा ग्रिनाइट हटाई तामाको छाना गाई मन्दिरलाई सुन्दर बनाउनुपर्ने कुरा उल्लेख गरिएको थियो ।

तपाईको प्रतिक्रिया