धरान १४ पूर्ण खोपमुक्त वडा

धरान÷ धरान उपमहानगरपालिका वडा नं. १४ शनिवारबाट पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ ।्
धरान १४ लाई बालमेत्री घोषणा गर्न चाहिने ३९ सूचिमध्ये पूर्ण खोप सुनश्चिततालाई पनि मानिने गरिएको छ । वडा नं. १४ ले शनिवार दन्तकाली माविको हलमा आयोजना गरेको कार्यक्रममा वडा नं. १४ लाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाकाले गरेको अनुगमनका क्रममा वडा नं १४ पूर्ण खोप सुनिश्चिता वडा हुन सफल भएको अनुगमन समितिका संयोजक घनश्याम सिग्देलले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चिता हुनका लागि भर्खरै जन्मेदेखि ५ बर्ष मुनिका बालबालिकाले ११ वटा खोप पूरा गर्नुपर्ने प्रावधान छ । यो वडामा
रहेका ७५ जना बालबालिकाले खोप पूरा गरेको पाइएकोले १४ नं. वडा पूर्ण खोप सुनिश्चिता वडा हुन सफल भएको उहाले जानकारी दिनुभयो ।
धरान उपमहानगरपालिकाकी उपमेयर तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले खोप बालबालिकाको स्वास्थ्य रहने कडी भएको बताउदै अब धरानका सबै वडा पूर्ण खोप सुनिश्चितता हुन आवश्यक रहेको बताउन्ुभयो ।
धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले यो वडा चाडै नै बालमैत्री वडा घोषणाको तयारीमा रहेको बताउनुभयो । घोषणा हुन केही कुरा बाकी रहेको बताउदै १४ नंं वडा पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितामा सहयोग पु¥याउन गर्ने स्वास्थ्य स्वयम्सेर्वी, स्थानीयहरुलाई कदर स्वरुप सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया