धनकुटाको कार्कीछापमा यात्रुवाहक बस दुर्घटना हुदा ३० भन्दा बढी घाइते

धरान÷धनकुटाको कार्की छापमा मंगलबार अपरान्ह यात्रुवाहक बस सडकबाट तल खसेर दुर्घटना हुदा ३० जना भन्दा बढी घाइते भएका छन् ।
रौतहट कृषि कार्यक्रमका लागि धनकुटा आउदै गरेको ना ५ ख ३३२८ नम्बरको बस अपरान्ह करिब ३ बजे सागुरीगढी गाउपालिका वडा नं. ६ कार्कीछापमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३० भन्दा बढी घाइते भएको अनुमान प्रहरीले गरेको छ । घाइते सबै रौतहटमा रहेका छन् । घाइतेको हुनेहरुमा दयराम यादव, प्रयाग राउत, विश्वरीलाल साह, रामविश्वास यादव, रामबाबु यादव, त्रिवेणी चौधरी, महावीर चौधरी, जयनारायण यादव, नन्दनलाल साह, विन्दलाल चौधरी, रुपम महरा, किशन चौधरी, निर्मला खरेल, जयराम यादव लगायत रहेको भेडेटार चौकीका असई राजकुमार कट्टेलले जानकारी दिनुभयो । घाइतेको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घ्टनापश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीको नेतृत्वमा भेडेटार चौकीका प्रहरीहरु उद्धारमा खटिएका थिए । धनकुटातर्फ जादै गरेको सो बस ओरालोमा बे्रक फेल भएर दुर्घटना हुदा सडकदेखि १ सय मिटर तल खसेको भेडेटार प्रहरीले जानकारी दिएको छ । बसमा ३७ सवार रहेको अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया