राजधानी÷विविध कारणले पछाडि धकलिदै गएको प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः जम्बो टोलीको नेतृत्व गर्दै मंगलबार ६ दिने औपचािरक चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा सोमबार संघीय संसदको दुवै संसदलाई संयुक्त रुपमा जानकारी गराउनु भएको थियो । उहाँले संसदका दुवै सदनलाई जानकारी गराउदा प्रतिपक्षी दलका प्रमुख नेता एवम् नेपाली काँग्रेसका सभापति लगायत अन्य प्रभावशाली नेताहरु संघीय संसदमा उपस्थित नै थिएनन् । काँग्रेस सभापति शेरबहादुर देउवा नारायणघाट, हेटौडातिर हान्निए भने उनका पिछलग्गुहरु पनि पछाडि पछाडि दौडिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना चिनियाँ समकक्षी लि खछियाङ्गको औपचारिक निमन्त्रणमा त्यसतर्फ जानु भएको हो । आफ्नो चीन भ्रमणका सम्बन्धमा जानकारी दिँदै भन्नुभयो चिनिया राष्ट्रपति सी चीनफिङ्ग, प्रधानमन्त्री लि खछियाङ्ग लगायत उच्च स्तरीय नेताहरुसँग भेटवार्ता हुने छ । पधानमन्त्री ओलीले यस भन्दा अगाडि चीन भ्रमण गर्दा भएको सहमति कार्यान्वयनमा जोड दिने बताउनु भएको थियो । रेलवे पारवहन, यातायात, सडक, पूर्वाधार, ऊर्जा विकास, सीमाको स्तरोन्नति, अन्तरदेशीय सीमापार प्रसारण लाइन, सातै प्रदेशमा विपद्ध उद्धार केन्द्र निर्माणमा चिनिया सहयोग प्रमुख एजेन्डा बनाएर छलफल गर्ने तयारी भएको बताउनुभयो । यसभन्दा अगाडि प्रधानमन्त्रीको चीन भ्रमणको बेला दुई देशका सरकारकाबीचमा वाणिज्य तथा पारवहन क्षेत्रमा सम्झौता हुने भनिए तापनि प्रोटोकलमा सम्झौता हुने नहुने टुगंो लागेको छैन । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो वाणिज्य तथा प्रोटोकलमा गृहकार्य भइरहकोले सम्झौता हुने, नहुने टुंगो भइसकेको छैन ।
स्रोतले दिएको जानकारी अनुसार यस भन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणताका चीनसँग भएको पुरानै १० बुँदे सहमति कार्यान्वयनमा जोड दिइने भएको छ । ट्रान्स हिमालय नेटवर्क अन्तर्गत रेल्वे, सडक मार्ग, क्रस बोर्डर ट्रान्समिसन लाइन, यातायात, पारवहनका विषयमा नेपाली पक्षले जोड दिने भएको छ । चिनियाँ पक्षले पनि नयाँँ सहमति र सम्झौतामा जोड दिनु भन्दा पुरानै सहमति र सम्झौतामा जोड दिने र त्यसलाई कार्यान्वयमा कसरी लैजाने भन्ने मै केन्द्रित रहने बताइसकेको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा यसपटक राज्यकोषको दुरुपयोग हुने गरी ११८ जनाको जम्बोटोली सामेलप्रति सर्वत्र आलोचना भएको छ । सम्बन्धित क्षेत्रका विज्ञहरुको सानो र चुस्त टोली बनाएको भए राम्रो हुने सत्तापक्ष भित्रैका नेताहरुको प्रतिक्रिया रहेको छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जा तथा सिँचाई मन्त्री बर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रमुख सल्लाहकार विष्णु रिमाल,जनसम्पर्क अधिकृत अच्युत प्रसाद मैनाली, सांसद जनार्जन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, पे्रेमबहादुर आले, राजेन्द्रकमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी, नैनकला ओझा, डा.
सुरैन्द्रकुमार यादव, डा. शंकरदाश वैरागी, वाणिज्य सचिव चन्द्रकुमार घिमिरे, भौतिक सचिव मधुसुधन अधिकारी, लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, काठमाण्डौ महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. विद्यासिंह साह, स्वकीय सचिव
राजेश बज्राचार्य, मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी छिरिङ्ग लामा गुरुङ्ग, परराष्ट्रका सह सचिव गणेशप्रसाद ढकाल, दिपक अधिकारी, दिनेशकुमार घिमिरे, कुलमान सिंह घिसिङ्ग, दिपकराज जोशी, कर्णेल विष्णुकुमार खड्का, रोशन खनाल, मेजर हिमालय थापा, क्या. उज्वल केसी, कुलबहादुर मगर, प्रनि हरि खतिवडा, उत्तम घिमिरे, महेन्द्रलाल श्रेष्ठ, श्रीति शाक्य लगायत १ सय १८ जना रहेका छन् ।
