लिम्बुवानको बन्दले पूर्वको जनजीवन प्रभावित

धरान/संविधानमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य उल्लेख गर्नुपर्ने माग राखी केही समय अगाडि एकीकरण भएका पााच लिम्बुवान पार्टी मिलेर बनेको संघीय लिम्बुवान पार्टी नेपालले आइतबार गरेको बन्दका कारण कोशी र मेची अञ्चलको जनजीवन प्रभावित भयो ।
बन्दका कारण पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, मोरङ्ग, झापा, इलाम, पााचथर र ताप्लेजुङ्गको पहाडी जनजीवन पूर्ण रुपले प्रभावित भएको थियो । सुनसरीको इटहरी, इनरुवा, मोरङ्गको
विराटनगर लगायतका तराईका सहरमा बन्दको कुनै प्रभाव परेको थिएन । इटहरी पूर्व र धरानबाट पहाडतर्फ जाने सवारी साधन चल्न नसक्दा यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए । सुनसरीको धरान पूर्ण रुपले बन्द रहयो । यहाा कुनै पनि सवारी साधन चलेनन् भने शैक्षिक संस्था कलकारखाना सबै बन्द रहे । धरानमा बन्दको पूर्व सन्ध्यामा लिम्बुवान कार्यकर्ताले बन्द गरी सहयोग गर्न आग्रह गर्दै माइकिङ्ग र बन्दै दिन मोटरसाइकल र्‍याली समेत निकालेकाले अन्यत्रको तुलनामा धरानमा बन्दको प्रभाव बढी देखिएको थियो ।
संघीय लिम्बुवान पार्टीले गरेको बन्दका क्रममा प्रशासनले दर्जनौ भन्दा बढी कार्यकर्तालाई गिराÏतार गरेको थियो । विगतमा जस्तै त्यसरी पक्रउ परेका कार्यकर्ताहरुले सााझमा छोडिएको प्रहरीले जनाएको छ । प्रहरीले धनकुटाको हुलाक टोलबाट पार्टीका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्ग सहित केन्द्रीय सदस्य चन्द्रसिंह चेम्जोङ्ग, विद्यार्थी नेता जेन्टल लावती, धनकुटाका अध्यक्ष देवनारायण लावती, युवा नेता छत्रबहादुर इङनाम, पूर्ण खजुम, नगेन्द्र तुम्बा, सरकुमारी आठपरिया, इन्द्रकुमारी लिम्बुलाई पक्राउ गरेको
थियो ।

तपाईको प्रतिक्रिया