रोयल स्टन इन्फ्लुडियरको सक्रियतामा जेब्रा क्रसिङ

धरान/रोयल स्टन इन्Ïलुडियर क्लबको सक्रियतामा धरानको भानुचौकको चार दिशासामा जेब्रा क्रसिङ्ग बनाइएको छ ।
धरानको अत्यन्तै व्यस्त भानुचौकमा जेब्रा क्रसिङ्गको अभावमा पैदल यात्रुहरुले सास्ती मात्र व्यहोर्नु परेको थिएन दुर्घटनामा समेत बृद्धि भएको थियो । लामो तथा छोटो दूरीका सवारी साधनहरुको अत्यन्तै चाप रहने भानुचौकको चारै दिशामा जेब्रा क्रसिङ्गका लागि रोयल स्टन इन्Ïलुडियर क्लबले ३० हजार रुपैयाा खर्च गरेको छ । क्लबका अध्यक्ष योगन राईका अनुसार देउसी खेलेर जम्मा गरिएको रकमलाई हामीले जेब्रा क्रसिङ्गमा लगाएका हौा । उहााका अनुसार उक्त कायक्रममा युमा फाइन आर्ट, राइर्डस एम.टि.वी.जोर,
मोरिफिकेशन धरानले समेत सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया