विराटचौक/गोरखा डिपार्टमेन्ट स्टोर इटहरीले भाद्र १८ गते मोरङको विराटचौकमा शाखा विस्तार गर्दा केही व्यवसायीहरुको टिप्पणी थियो विराटचौकमा डिपार्टमेन्ट स्टोर चल्दैन । तर छोटो समयमै विराटचौकस्थित शाखा पूर्वेली ग्राहकहरुको रोजाइमा परेको छ । विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ने शाखामा उपभोक्ताहरुको भीड इटहरीको भन्दा कम देखिदैन । जे जति प्रकारका सामानहरु इटहरीमा उपभोक्ताहरुले पाउन सक्छन् त्यति नै सामान विराटचौकमा पाइने भएपछि उपभोक्ताहरुको इटहरीसम्म आउनुपर्ने झन्झटै हराएको छ । उपभोक्ताहरुको बढ्दो मागलाई ध्यानमा राखेर इटहरीमा जस्तै विराटचौकमा समेत गोरखा किचेन यही महिनाभित्रमा प्रयोगमा ल्याउने तयारी भइरहेको सञ्चालक बलराम आचार्यले बताउनुभयो । विराटचौकमा समेत गोरखा किचेन सञ्चालनमा आएपछि उपभोक्ताहरुको संख्या अझ बढ्ने उहााको ठम्याई छ ।
इटहरी/गोरखा डिपार्टमेन्ट स्टोर पूर्वेली उपभोक्ताहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । पूर्वाञ्चलकै व्यवसायिक केन्द्र विन्दुको रुपमा रहेको इटहरीमा आजभन्दा १६ बर्ष अगाडि समाजसेवी एवम् व्यवसायी बलराम आचार्यको एकल भिजनमा स्थापित गोरखा डिपार्टमेन्ट स्टोरमा यतिखेर भारतीय उपभोक्ताहरुको समेत थामिनसक्नुको भीड देखिन्छ । स्थानीय उपभोक्तादेखि लिएर पूर्वाञ्चलको धनकुटा, तेह्रथुम, धरान, विराटनगर, भोजपुर, खोटाङ्गबाट आफूलाई चाहिएका गुणस्तरीय अनि ब्राण्डेड सामान खरिदका लागि दैनिक सैयौ उपभोक्ताहरु आउने
गर्छन् । भारतीय उपभोक्ताहरुको चाप पनि गोरखा डिपार्टमेन्ट स्टोरमा कम छैन । खासगरी आफ्ना आफन्त भेट्न, स–परिवार आफ्नै सवारी साधनमा आएका उनीहरु इलेक्ट्रोनिक्सका सामान, ब्रान्डेड जुत्ता, रेडिमेट कपडाहरु, सजावटका सामानहरु खरिद गर्ने गर्दछन् ।
