व्यवसाय स“गस“गै सामाजिक उत्तरदायित्व वहनमा वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. अगाडि

धरान÷आजभन्दा २३ बर्ष अगाडि सामान्य सुन पसलबाट व्यवसायिक
कारोबार शुरु गरेको धरान १२ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले २४ बर्षको पूर्व सन्ध्यामा आइपुग्दा आÏनो कारोबारलाई मुलुकभित्र मात्र सीमित नराखी विदेशका आधा दर्जन मुख्य सहरहरुमा समेत विस्तार गरेको छ ।
यतिबेला बराहको नुनदेखि सुनसम्म, धरान, काठमाण्डौ, पोखरादेखि युकेसम्मको नारा बदलिएको छ । अहिले बराह ज्वेलरी इण्डष्ट्रिजको कारबोवारले व्यापकता लिएको छ । धरान हुँदै काठमाण्डौको न्यूरोड, पिपलबोट, सात दोबाटो ताल्छीखेल, पाटन औद्योगिक क्षेत्र, पोखरा, नारायणगढ सम्म विस्तार भएको छ भने विदेशमा चीनको गन्जाउ, जोर्डन हङ्गकङ्ग, वर दुवई, अल्डरसेट युकेबाट समेत ज्वेलरी, डिपार्टमेन्ट स्टोर सञ्चालनमा आएका छन् ।
आफ्नो २३ बर्षे व्यवसायिक यात्राका सम्बन्धमा जनकारी दिन आयोजित पत्रकार समेलनमा बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. धरान शाखाका प्रमुख मानबहादुर विश्वकर्मा दियालीले भन्नुभयो बराहले हाल जति पनि कारोबारहरु सञ्चालन गरेको छ ती सबै २३ बर्ष अगाडिकै योजना हुन् । २३ बर्ष अगाडि पाइपलाइनमा भएका कामहरुलाई
विस्तारै सुचारु गरिएको मात्र हो । हाल बराह ज्वेलरी इण्डष्ट्रिजले दुई वटा
कुरालाई प्राथमिकताका साथ अगाडि बढाएको छ । चलिरहेको कारोबारलाई अझ व्यवस्थित र परिस्कृत गरेर लैजाने, पाटनको ज्वेलरी उद्योबाट उत्पादित
गरहना विदेश निर्यात गर्ने ।
यसैगरी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष शिवकुमार लामिछानेले विगतमा पाइप लाइनमा रहेका आम जनताको सरोकारसँग सम्बन्धित योजनाहरु अपेक्षाकृत समयमै शुरु हुन नसक्नुको प्रमुख कारण देशको तत्कालीन राजनैतिक अवस्था रहेको बताउनुभयो । झण्डै दशबर्षे जनयुद्ध, त्यति नै समयको संक्रमणकालीन अवस्थाले व्यवसायिक आरोह अवरोह निम्त्याए पनि बराह ज्वेलेरीले सुरक्षित लगानी गर्दै निरन्तर व्यवायिक यात्रामा अगाडि बढेकोले नै आजको अवस्थासम्म आइपुेको स्पष्ट पार्नुभयो ।
आफ्नै प्रोडक्सन हाउस
वराह ज्वेलरी इण्डष्ट्रिजको मुख्य व्यवसायिक कारोबार सुन, चाँदी र हिराका पत्थर जडित गरगहना नै होे । यही प्रयोजनका लागि उसले ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आफ्नै प्रोडक्सन हाउस सञ्चालनमा ल्याएको छ । धरान शाखा प्रमुख एवम् सञ्चालक मानबहादुर विक दियालीले दिनु भएको जानकारी अनुसार प्रोडक्सन हाउसबाट
परम्परागत, आधुनिक एवम् साँस्कृतिक महत्वका गरगहना उत्पादन गरी स्वदेशदेखि विदेशसम्म पु¥याउनु नै मुख्य उद्देश्य हो ।
नेपालमा उत्पादन भएका गरगहनाहरु विदेशमा बस्दै आएका नेपालीहरुले ६० प्रतिशत र त्यहीका रैथानेहरुले ४० प्रतिशत प्रयोग गर्ने
गरेको शाखा प्रमुख दियालीले जानकारी दिनुभयो । उत्पादित गरगरहना निर्यातबाट विदेशी मुद्रा आर्जनसँगै प्रोडक्सन हाउसबाट तीन सय नागरिकलाई प्रत्यक्ष रोजगारी समेत उपलब्ध गरेको उहाँले बताउनुभयो । यसका अलावा सुनचाँदीका गरगहना बनाउन दक्ष जनशक्ति उत्पादन गर्न तालिम सेन्टरको रुपमा समेत विस्तार गरेका छ । जसका कारण स्वदेशमै रोजगारीको अवसर सिर्जना भई श्रम र पूँजीको पलायनको अवस्थालाई रोक्न पनि प्रोडक्सन हाउसले महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
बराहको फेमिली किचन
बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले एक बर्ष अगाडिदेखि अत्यन्तै आरामदायी एसी जडित बराह फेमिली किचन सञ्चालनमा ल्याएको छ । आगामी दिनमा बराह किचनको सेवा सुविधालाई अझ परिस्कृत र व्यावहारिक बनाउने उद्देश्यले चाँडै होम डेलिभरीको व्यवस्था गर्न लागेको छ । अब धराने ग्राहकहरुले आफूले चाहेको जुनसुकै परिकारको स्वाद घर बसी बसी लिन सक्ने भएका छन् । यसका लागि बराहको फेमिली किचनले अनलाइन र टेलिफोनबाटै अर्डर गर्न सक्ने भएका छन् । बराह फेमिली किचनमा पाइने हरेक परिकारलाई उपभोक्ताहरुको अर्डर अनुसार निःशुल्क रुपमा धरानको पायक पर्ने स्थानहरुमा होम डेलिभरिीको व्यवस्था गरिने भएको छ ।
दूध उत्पादन र कृषिमा लगानी
बराह ज्वेलरी इण्डष्ट्रिज प्र्रा.लिले विगत केही बर्षदेखि दूध उत्पादन र कृषि अर्थात आर्गनिक तरकारी सागसब्जी उत्पादनमा समेत जोड दिएको छ । मोरङ्गको विराटचौक दक्षिण साढे चार विगाहा जग्गामा बराहले यी दुवै कार्यलाई अगाडि बढाएको छ । बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर विक दियालीले पत्रकार सम्मेलनमा दिनु भएको जानकारी अनुसार एक विगाहा जग्गा आफैले खरिद गरेको हो भने साढे तीन विगाहा जग्गा हाललाई लिजमा लिइएको हो । बराह कृषि उपज तथा पशुपालन प्रा.लि नामको संस्था दर्ता गरेरै शुरु
गरिएको व्यवसायमा हाल उन्नत जातका ७३ वटा गाई रहेका छन् । त्यस मध्ये ३६ वटा गाइले हाल नियमित दूध
दिइरहेका छन् । जसबाट प्रत्येक दिन ३ सय लिटर दूध उत्पादन हुने र उक्त दूध उत्पादन भएकै ठाउँबाट डेरी तथा स्थानीयले रु ५० प्रति लिटरले खरिद गरिरहेका छन् । चाडै नै त्यहाँबाट उत्पादन भएको दूध धरानमा ल्याई प्रतिलिटर रु ८० मा बेच्ने योजना बराहले बनाएको छ । यसैगरी त्यहाँबाट उत्पादन भएका मौसमी तथा वेमौसमी सागसब्जीहरु समेत स्थानीय बजारमै खपत हुदै आएको छ ।
विविध सामाजिक कार्यमा संलग्नता
प्रारम्भदेखि नै बराह ज्वेलरी इण्डष्ट्रिजले मुनाफाको एउटा निश्चित अंश सामाजिक सेवामा समेत छुट्याइ सोही अनुरुपका कार्यलाई अगाडि बढाएको छ । ऐतिहासिक मठ
मन्दिरका जिर्णोद्वार, खानेपानी ट्यांकी निर्माण, रक्तदान, सामुदायिक विद्यालयहरुलाई विविध सहयोग गर्दै आएको छ ।
गरगहना उत्पादन, डिपार्टमेन्ट स्टोर सञ्चालनसँगै बराह बचत तथा ऋण सहकारी संस्था, काठमाण्डौमा अभिमत बचत तथा ऋण सहकारी संस्था, टाइम्स रेमिटेन्स, सव रेमिटेन्स, एम्बुलेन्स सेवा, खानेपानी ढुवानी सेवा, ट्राभल एण्ड टुर्स, एसी तथा नन एसी सुविधा सम्पन्न धरान विराटनगर–काठमाण्डौ बस सेवा, कृपा दृश्य डिजिटल स्टुडियो सेवा, बराह बाल संसार कृपा १६ डी आदि सञ्चालन गरिरहेको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले विगतका बर्षहरुमा झै यस बर्षपनि व्यवसाय विस्तारसँगै सामाजिक
उत्तरदायित्व वहन गर्ने र नयाँ कार्यक्रम लागू गर्ने तथा चालु रहेका व्यवसायलाई परिमार्जित र विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । विगतका बर्षमा जस्तै यसपटक पनि आफ्नो बार्षिकोत्सवका अवसरमा एकजना भाग्यशाली ग्राहकलाई क्गवगपष् न्ष्हहभच द्यष्पभ सहित सामाजिक व्यक्तित्व लगायत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया