निर्माण सम्पन्न भएको एक महिना नपुग्दै पुल भत्किने अवस्थामा

धरान÷ बर्षाद शुरु हुन नपाउदै धनकुटे रोडमा निर्माण सम्पन्न पुलको छेउमा कटान शुरु भएसंगै भत्किने अवस्थामा पुगेको छ ।
भत्किएको तीन बर्षपछि बनेको पुल निर्माण सम्पन्न भएपश्चात धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले एक महिना अगाडि मात्रै उद्घाटन गर्नुभएको थियो । निर्माण सम्पन्न भएको एक महिना पनि वित्न नपाउदै बर्षाद् शुरु भएसंगै पुलको छेउ छेउमा कटानका साथै सडकको पिच समेत भासिएपछि अहिले डोजर प्रयोग गरेर भत्किएको ठाउ पुर्ने काम शुरु गरिएको छ ।
२०७२ असोज ८ गते धरान अचानक भत्किएको वीपी क्याम्प जोड्ने पुल निर्माण सम्पन्न भएको एक महिना नवित्दै भत्किन शुरु भएपछि धनकुटे
रोडमा बसोबास गर्ने स्थानीयहरु
ठेकेदारको लापारबाहीप्रति आक्रोसित बनेका
छन् ।
आर्थिक बर्ष ०७३÷०७४ मा सकिने गरी पाण्डुकेशर श्याम कन्टूक्सनलाई जिम्मा दिए पनि काम निर्धारित समयभन्दा एक बर्ष पछाडि सम्पन्न हुदा समेत पुल जीर्ण भएको भन्दै सर्वसाधारणले ठेकेदारलाई कारबाहीको माग गरेका
छन् । धरान १९ का तेजबहादुर राईले पुल निर्माणमा ठेकेदारले हेलचेक्र्याई
गरेको आरोप लगाउनु भएको छ ।
पुलका दुवै भाग जोखिमा परेपछि दुवै भागमा ढुंगा लगाएर स्काभेटर मार्फत मर्मत शुरु गरिएको छ । धरान १७, १८, १९ र २० जोड्ने एक मात्र विकल्पको रुपमा रहेको यो पुल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जोड्ने मुख्य मार्ग मानिन्छ । पुल जोखिम भएकै कारण त्यहाबाट गुड्ने एम्बुलेन्ससहित अन्य सवारी आवागनमा समेत समस्या भएको छ । सवारी आवागन समस्या हुदा एम्बुलेन्समा ल्याइएका विरामीहरु बढी मारमा परेका छन् ।
यता ठेकेदार कम्पनीले भने पुल गुणस्तरहीन नभएको दाबी गरेको छ । श्याम कन्ट्रक्सनका ठेकेदार गणेश गुरुङले छेउछेउमा डे«न निर्माण नभएकै कारण पुल भत्किने अवस्थामा पुगेको
बताउनुभयो ।
१ करोड ५ लाख रुपैयाको लागतमा ११ मिटर लम्बाई र ११ मिटर चौडाईको पुलमा दुवै तर्फ ७ फिटको फुटपाथ बनाउने सम्झौता भएको थियो । तर गुणस्तरहीन समाग्री प्रयोग गरेर पुल निर्माण गरिएकै कारण यस्तो अवस्था आएको स्थानीयहरुको भनाई छ । विकासका नाममा हुने यस्ता झारा टार्ने काम
रोक्नुपर्ने र लापारबाही गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्नुपर्ने माग उनीहरुको छ ।
त्र

 

तपाईको प्रतिक्रिया