लिम्बुवानको दुई भातृ संगठनको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

धरान÷संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको भातृ संगठन संघीय लिम्बुवान महिला मञ्चको सोमबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले इन्दिरा मेन्याङ्गबोको अध्यक्षमा ३७ सदस्यीय कार्य समिति चयन भएको छ ।
यसैगरी महिला मञ्चको उपाध्यक्षमा सुनिता केरुङ्ग, सवित्रा गुरुङ्ग, पदममाया लिम्बु, महाचिवमा दिपा लिम्बु, उप महासचिवमा एविस्था लावुङ्ग, सचिवमा विराट चमेली, रिता मादेन, सुष्मा लिम्बु लगायत रहनु भएको छ ।
मञ्चको उद्घाटन विराटनगर र बन्दसत्र धरानको हरियाली सामुदायिक वनको सभाकक्षमा भएको थियो । उद्घाटनका क्रममा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिंगदेनले आÏनो पहिचानका लागि अब रगत बगाउने समय आइसकेको बताउनुभएको थियो । प्रदेश नं. १ लाई पुनः संख्याकरण गरी लिम्बुवान किरात, खम्बुवान दुइवटा प्रान्त निर्माण गर्न
राजनैतिक दवाव दिनका लागि संघीय लिम्बुवान महिला मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन र लिम्बुवान भोलेन्टरी (एल.भी.) को तेस्रो राष्ट्रिय भेलाको उद्घाटन
विराटनगरमा राखिएको लिंगदनेको कथन थियो । उहाँले भन्नुभयो, ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषणा गर्न दबाब लगायत विगतका संघर्षका कार्यक्रमहरु भएपनि सरकारले लिम्बुवानको मुद्दालाई ओझेलमा पार्न प्रदेश नं. १ मा १४ जिल्ला समेटेको लिंगदेनको आरोप थियो । उहाँले भन्नुभयो पहिचान विना कुनै पनि कुरा अस्तित्व
रहँदैन । अझ पनि समय छ हाम्रा मुद्दाहरुमाथि गहन ढंगले सुनुवाई नभए यहाँ रगतको खोला बग्छ ।
एलवि कमाण्डर थाम्सुहाङ्ग लावतीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ग, विसेन्द्र चेम्जोङ्ग, प्रदेश सभा सांसद विष्णु थाम्देन, खसाङ्ग संघर्ष समितिका संयोजक प्रेमबहादुर खाँतीले पनि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश घोषण गर्न सरकारलाई चेतावनी दिनु भएको थियो भने सञ्चालन महासचिव दिव्या आङ्गदेम्बेले गर्नुभएको थियो । यसैगरी हरियाली सामुदायिक वनमै भएको लिम्बुवान भोलेन्टियर्स (एल.वी.) को तेस्रो राष्ट्रिय सम्मेलनले थाङ्गसाङ्ग लावतीको अध्यक्षमा ६९ सदस्यीय कार्य समिति चयन गरेको लिम्बुवान भोलेन्टियर्स अर्जुनराज धामीले जानकारी दिनुभयो ।
त्र

तपाईको प्रतिक्रिया